यी ३ दलको समानुपातिक सूची मिलेन

फागुन १, २०७४

काठमाडौँ, १ फागुन  समानुपातिकबाट विजयी हुने उम्मेदवारको नाम प्रस्तावित गरेका ५ राजनीतिक दलमध्ये निर्वाचन आयोगले ३ दललाई कानुनअनुसार समावेशी समूह र क्रमआबद्धता नमिलेको भन्दै सच्याएर नाम दिन पत्राचार गरेको छ । आयोगले नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीलाई कानुनी व्यवस्थाअनुसार सूची मिलाएर पठाउन भनेको हो । एमाले र संघीय समाजवादी फोरमले बुझाएको सूचीलाई भने आयोगले स्वीकार गरेको छ, कान्तिपुरमा खबर छ । 


ADVERTISEMENT

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस