×

NMB BANK
NIC ASIA

काकाकुल सेती–कर्णाली, पाँच वर्षयता पानी सम्म नपर्दा जंगलमा सिस्नुसमेत छैन

फागुन १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 बाजुरा, १ फागुन-हुम्ला ताँजाकोट गाउँपालिका–३ की मनसार रोकायासहितको एउटा टोली बाजुरा र हुम्लाको सिमानामा पर्ने कवाडी नदीको उकालोमा भेटिए । उनीहरू घरबाट तीन दिन हिँडेर बाजुराको दानसाँगु बजारबाट खाद्यान्न लिएर फर्कंदै थिए ।

Sagarmatha Cement
Muktinath Bank

‘पाँच वर्ष भो पानी छैन, खेती लगाएर केही हुँदैन, पेट पाल्न बूढा भारत लगाएकी छु, पठाएको पैसाले यहाँ बालबच्चालाई हातमुख जोड्न चामल ल्याएँ,’ चामलको भारी बिसाउँदै मनसराले भनिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही गाउँका खड्के सार्कीलाई १३ जनाको परिवार पाल्न अझै कठिन छ । उनी पनि चार कट्टा (बोरा) चामल लिएर घर फर्कंदै थिए । ‘एक महिना पनि खानलाई पुग्दैन, रामबहादुर शाहीसँग ऋण मागेर चामल ल्याएँ, अब गाउँमा केही योजनामा काम गरेर ब्याजसहित तिर्नुपर्छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

प्रदेश ७ कोे बाजुरा र प्रदेश ६ को हुम्ला, मुगु र कालिकोटमा ४० वर्षपछि दोहोरिएको ठूलो खडेरीले नछोडेको पनि पाँच वर्ष बित्यो । खडेरीको पहिलो र दोस्रो वर्ष सरसापट गरेर हातमुख जोड्ने जोहो गरे ।

Vianet communication
Laxmi Bank


खडेरीले खेतबाट अन्न आउन छोडेपछि केही योजना गाउँमा आउला र काम गरेर त्यसको रकमले चामल किनेर खाउँला भन्ने योजना बनाउनुबाहेक अर्को विकल्प सेती र कर्णालीवासीमा छैन ।

खडेरीले बाजुराका स्वामीकार्तिक, हिमाली र जगन्नाथ गाउँपालिका अति प्रभावित छन् । यस क्षेत्रका जुकोट, साप्पाटा, वाई, गोत्री, जगन्नाथ, बाँधु, रुगिनलगायतका गाउँ बढी प्रभावित छन् ।

प्रदेश ६ को कर्णालीका कालिकोटका साथै मुगु र हुम्लामा पनि यो समस्याले सताएको छ । खडेरीले तत्कालीन वाई गाउँ विकास समितिमा यस वर्ष रोपाइँसमेत भएन । खडेरीले पानीका मुहान नै सुकेपछि स्थानीयले खेतमा राखेको बीउ नै सुक्यो । वाई–६ का ७६ वर्षीय रणबहादुर कठायत भन्छन्, ‘२०२२ सालमा परेको खडेरीमा पनि बाली लगाउन पाएका थियौं तर बाली नै लगाउन नपाउनेगरी यसै वर्ष खडेरी प¥यो ।’

घरमा भएको अनाज सकिएपछि खाद्यान्न जोहो गर्न दानसाँघुको हाटबजारमा भेटिएका स्वामीकार्तिक–२ सप्पाटाका बिभरभान सार्की खडेरीले बीउसमेत जोगाउन नसकेकाले परिवार पाल्न समस्या भएको गुनासो गर्छन् । ‘नौ जनाको परिवार छ तर एक दाना अनाज छैन,  दुई–चार किलो चामलका दाना लिएर छोराछोरीलाई खुवाउने योजना बनाएर बजार आएको हुँ ।’

अर्काको स्वामित्वको जग्गामा सामान्य खेती गर्दै आएका स्वामीकार्तिक–३ जुकोटका कृषानी चदारा खडेरीले बाली उब्जनी नभएपछि आठ जनाको परिवार कसरी पाल्ने भन्ने चिन्तामा छन् ।खडेरीले पानीको मुहानसमेत सुकेपछि जंगलको सिस्नोसमेत सुकेको उनी बताउँछन्, राजधानी दैनिकमा खबर छ  ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x