सेयर जारी नहुँदा मासिक २.६४ करोड घाटा

फागुन १, २०७४

दोलखा, १ फागुन–माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि समयमै सेयर जारी हुन नसक्दा मासिक पौने तीन करोड रुपैयाँ व्ययभार थपिएको छ । 

आयोजनामा सर्वसाधरणको २५ प्रतिशत अर्थात् २ अर्ब ६४ करोड ७५ लाख रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापन भए पनि निर्माण सम्पन्न हुने बेलासम्म सेयर जारी हुन सकेको छैन ।


ADVERTISEMENT

सर्वधरणमा सेयर जारी नहुँदा आयोजनाले ऋण गरेर निर्माण कार्य अघि बढाइरहेको छ । आयोजनामा ऋण लगानी गर्ने संस्थाहरुसँग वार्षिक १२ प्रतिशत व्याज तिर्ने सम्झौता छ ।

यो हिसावले वार्षिक ३१ करोड ७७ लाख रुपैयाँ सर्वसाधरणबाट उठ्ने सेयरको व्याज तिर्नुपर्ने अवस्था आएको छ । आयोजना प्रभावित दोलखा जिल्लावासीको १ अर्ब ५ करोड ९० लाख र देशभरका सर्वसाधरणबाट १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको रकम सेयरबाट उठाउनु पर्छ । तर, अहिलेसम्म आयोजनाका लागि यो रकम उठेको छैन, कारोबारमा खबर छ । 


 

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस