२८ फोटोमा हेर्नुहोस् पशुपतिमा गाँजाको तालमा लठ्ठ बाबाजी

फागुन १, २०७४

काठमाडौं, १ फागुन-आज 'महाशिवरात्रि', हिन्दू समुदायले भगवान शिवको पूजा आराधना गरी मनाइँदै छ ।

शिवरात्रिका अवसरमा हिन्दूहरूका आराध्यदेव पशुपतिनाथमा भक्तजनहरुको घुइँचो लागेको छ । सिमसिमे पानी परे पनि बिहानैदेखि पशुपतिमा भक्तजनहरूको भीड लागेको थियो ।

बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३:१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिए ।

पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

पशुपतिमा अन्य भक्तजनहरुसँग साधुसन्तहरूको पनि घुइँचो छ । बाबाहरू गाँजाको तालमा लठ्ठभएर मन्दिर आसपासमा बसिरहेका छन् ।

हेर्नुहोस्, पशुपतिमा जम्मा भएका साधुसन्त र भक्तजनका केही तस्बिर : 

फागुन १, २०७४ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस