×

NMB BANK
NIC ASIA

माल्दिभ्सका विषयमा चीनले भारतलाई फेरि दियो चेतावनी

फागुन १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ फागुन — माल्दिभ्समा चलिरहेको राजनीतिक संकटमा त्यहाँका पूर्वराष्ट्रपति मोहम्मद नशीदले भारतलाई लगातार सैन्य हस्तक्षेप गर्ने आह्वान गरेपनि चीनले भने त्यहाँ विदेशीको हस्तक्षेपविरुद्ध चेतावनी दिएको छ । 

चीनले सोमवार माल्दिभ्समा चलिरहेको राजनीति त्यहाँको आन्तरिक विषय भएको अनि देशका सबै दलहरू मिलेर कुराकानीमार्फत समस्या समाधान गर्नुपर्ने बतायो । 

चीनले जारी गरेको बयानमा भनिएको छ, ‘हामीलाई माल्दिभ्स सरकार र त्यहाँका जनताको बुद्धिमत्तामा विश्वास छ र उनीहरूसँग वर्तमान समस्याको सही समाधान अनि देशमा विधिको शासन स्थापना गर्ने क्षमता छ ।’

भारतमा रहेको चिनियाँ राजदूतावासले बयान जारी गरेको हो । मोहम्मद नशीदले माल्दिभ्सका जमीनमाथि चीनले कब्जा गरेको आरोपको जवाफमा यो बयान जारी भएको हो । 

अघिल्लो साता नशीदले एक अन्तर्वार्तामा चीनले गर्ने जमीन कब्जाका घटनासँग लड्नका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताएका थिए । चीनले माल्दिभ्सका द्वीपसमूहमध्ये १७ वटा साना टापुमा कब्जा गरेको उनको भनाइ छ । 

नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले नशीदमाथि राजनीतिक उद्देश्यका साथ यस्तो टिप्पणी गरेको आरोप लगाएको छ । माल्दिभ्सलाई आफूले गरेको सहयोग व्यावहारिक भएको बताउँदै दूतावासले नशीदको बयान झुटो र आधारहीन भएको टिप्पणी ग–यो । 

नशीदको माल्दिभियन डेमोक्रेटिक पार्टीका अनुसार, चीनको धेरैजसो लगानी र परियोजनामा पारदर्शिताको कमी छ । 

नशीद राष्ट्रपति हुँदा नै चीनले केही महत्त्वपूर्ण परियोजना शुरू गरेको थियो अनि अहिले आएर उनले जमीनमा कब्जा गरेको आरोप लगाउनु राजनीतिक उद्देश्यले प्रेरित भएर गरेको चीनको भनाइ छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x