अफ्रिकन नेशनल कंग्रेसद्वारा राष्ट्रपतिको राजीनामा माग

फागुन १, २०७४

काठमाडौं, १ फागुन– दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकन नेशनल कंग्रेसले भ्रष्टाचारको आरोप लागेका राष्ट्रपति जेकोब जुमाको राजीनामा माग गरेका छन् । जुमाको राजीनामाबारे छलफल गर्न राती अबेरसम्म चलेको अफ्रिकन नेसनल कांग्रेस एएनसीको बैठकमा राजीनामा माग गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१ सयभन्दा बढी वरिष्ठ नेताहरूले १३ घण्टा बैठक गरेका थिए । बीबीसीका अनुसार छलफल मंगलबार पनि हुने छ । गएको डिसेम्बरमा पार्टीको प्रमुखमा सिरिल रामापोसा चुनिएपछि जुमाको राजीनामाको कुरा चल्दै आएको थियो । 


ADVERTISEMENT

बैठकपछि नेताहरुले औपचारिक प्रतिक्रिया नदिए पनि स्थानीय सञ्चारमाध्यमले नेताहरुको भेलाले जुमालाई राजीनामा दिन औपचारिक रूपमा आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ ।

७५ वर्षीय जुमा सन् २००९ पछि राजनीतिको नेतृत्व तहमा सक्रिय रहे पनि उनलाई पटक पटक भष्ट्राचारको आरोप लाग्दै आएको छ । पार्टीको प्रमुखका रूपमा सिरिल रामापोसा गएको डिसेम्बरमा चुनिएपछि राजीनामाका लागि परेका दवाबको जुमाले बेवास्ता गर्दै आएका छन् ।

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस