×

NMB BANK
NIC ASIA

रियालिटी शोको अडिसनमा महिलालाई भनियो यस्तो, भयो हंगामा

फागुन १, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १ फागुन — एउटा रियालिटी शोको अडिसनका क्रममा आपत्तिजनक प्रश्न सोधेको आरोप लगाउँदै प्राइभेट च्यानलविरुद्ध सयभन्दा बढी सहभागीले आइतवार कडा विरोध प्रदर्शन गरेका छन् । 

विरोधकर्ताहरूले अडिसनमा घिनलाग्दा प्रश्न गरिएको बताए । भारतको बेंगलुरुमा रहेको मल्लेश्वरको एक कलेजमा अडिसन भएको थियो र त्यसमा धेरै महिलाहरू पुगेका थिए । 

महिलाहरूको आरोप छ, ‘अडिसनका क्रममा सोधियो, तपाईंलाई सेक्सका बारेमा थाहा छ ? तपाईंअघि उभिएका पुरुषलाई किस गर्नुस् । लौ, कपडा खोल्नुस् ।’

यस्ता किसिमका भद्दा प्रश्न र आदेश सुनाइएको महिलाहरूको आरोप छ । 

अडिसनमा यस्ता आपत्तिजनक कुरा सोधिएको कुरा सामाजिक सञ्जालमा लीक भएपछि हंगामा मच्चियो । अडिसन भएको ठाउँमा युवकहरू तथा महिलाका मातापिताहरू पुगे अनि आयोजकहरूलाई यसका बारेमा प्रश्न गर्न थाले । झगडा बढ्ने स्थिति आएपछि आयोजकहरूले तुरुन्तै अडिसन बन्द गरे । 

स्थिति नियन्त्रणमा लिनका लागि प्रहरी पनि घटनास्थल पुग्यो । 

अडिसन दिन गएकी एक युवतीले भनिन्, ‘पहिलो राउन्डमा नै हामीलाई कपडा खोल्न र किस गर्न भनियो । यस्ता काम गरेर हामी रियालिटी शोमा भाग लिन चाहँदैनौं ।’

तिमीलाई के गर्न आउँछ भनी सोधिएको प्रश्नमा युवतीले गीत गाउन र नाच्न आउँछ भनिन् । त्यसपछि उनीहरूले यो डान्स रियालिटी शो नभएको बताए । अनि उनीहरूले सोधे, ‘तिम्रा कतिवटा प्रेमी र ब्वाईफ्रेन्ड छन् ? त्यसपछि उनीहरूले सेक्सका बारेमा थाहा छ भनी सोधे । नजिक रहेका युवकलाई किस गर ।’

‘तिमीले सबैका अगाडि कपडा खोल्यौ भने तुरुन्तै अर्को राउन्डमा पुग्छौ,’ उनीहरूले यसो भनेपछि मलाई रिस उठ्यो अनि त्यहाँबाट हिँडें, युवतीले थपिन् । 

आयोजकका तर्फबाट उषा गौडाले यी आरोपहरूमाथि प्रतिक्रया दिँदै भनिन्, ‘नछानिएका केटीहरूले यस्तो आरोप लगाएका हुन् । हामीहरू कुनै हालतमा पनि यस्ता प्रश्न गर्दैनौं । केही केटीहरूले माथि पुग्न हामी जे गर्न पनि तयार छौं भन्छन् अनि उनीहरूलाई परीक्षण गर्न यस्ता प्रश्न गरिन्छ ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x