आईएमई पे को बी टु बीसेवा शुरु

फागुन १, २०७४

काठमाडौं - आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा निर्मित तथा सञ्चालितमोबाइल वित्तीय सेवामा आधारितआईएमई पे ले आफ्नो बी टु बी सेवा सुरुवात भएको घोषणा गरेको छ । आईएमई पे मूलतस् एजेन्टको मदतबाट अथवा सेवाग्राही स्वयंले विभिन्न किसिमका भुक्तानी गर्न सहयोग गर्ने लक्ष्य सहित निर्मित  मोबाइल वित्तीय सेवाभए तापनि, आईएमई पे ले देशव्यापी रूपमा सम्भावित व्यवसायहरूलाईआईएमई पे का टच पोइन्टहरूको सञ्जालमा जोडिनका लागिूआईएमई पे गरौँ, व्यवसाय बढाऔूँ भन्नेनारा सहित आफ्नो बी टु बी सेवालाई सेवा सञ्चालन गर्ने उद्घोष गरेको हो ।


बी टु बी सेवाको सुरुवातसँगै, आईएमई पे टच पोइन्टको सञ्जालले थोरै मात्रामा रकम ट्रान्सफर गर्ने कार्यदेखि लिएर बिजुली, इन्टरनेट, डिटिएच इत्यादिको बिल भुक्तानी गर्ने अनिसमय र पैसाको वचत गर्दै सेवाग्राहीहरूको दैनिक जीवनलाई सहज तुल्याउन मदत गर्ने तथारिचार्ज गर्ने लगायतका सुविधाहरू समेत थुप्रै भुक्तानी सम्बन्धी सेवाहरू उपलब्ध गराउन सक्नेछन् ।

आईएमई पे का टच पोइन्टले वालेट दर्ता गर्ने, क्यास इनर क्यास आउट जस्ता मोबाइल मनी सम्बन्धी सेवाहरू पनि आफ्ना सेवाग्राहीहरूलाई उपलब्ध गराउन सक्नेछन् । आईएमई पे को टच पोइन्टले कम्प्युटरको प्रयोग गरेर आईएमई पे वेब पोर्टल मार्फत् अथवा स्मार्ट फोनको प्रयोग गरेर मोबाइल एप मार्फत् पनि यस्ता सेवाहरू प्रदान गर्न सक्दछन् । जी टु पी, पी टु जी, र पी टु पी सम्बन्धी भुक्तानीहरूका साथै ग्रामीणरसेवामा न्यून पहुँचयुक्त स्थानमा रहेका सेवाग्राहीहरूलाई सामाजिक सुरक्षा सम्बन्धी रकमको वितरण प्रभावकारी रूपमा सिधै भुक्तानी गर्न समेत आईएमईपे सक्षम छ । 
 

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस