प्रचण्डको दावी - केपी ओलीले ‘जनयुद्ध’ स्वीकारिसके

काठमाडौं, १ फागुन –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘माओवादी जनयुद्ध’को अस्थित्व स्वीकारी सकेको दाबी गरेका छन् ।

२३ औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले माओवादी जनयुद्धले मुलुकको सामाजिक तथा राजनीतिक जागरणमा महत्वपूर्ण योगदान दिएको सच्याईलाई एमाले अध्यक्ष ओलीले स्विकार गरेको बताएका हुन् । 

प्रचण्डले सिंगैं मुलुकलाई एकतावद्ध गरेर शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्ने अभियानमा आउन मोहन बैद्य, नेत्रविक्रम चन्द विप्लवलगायतका कम्युनिष्ट क्रान्तिकारीहरुलाई आह्वान पनि गरे ।

प्रचण्डले आजै पार्टी एकता प्रक्रिया निश्कर्षमा पुग्ने संकेत समेत गरे । मंगलवार नै ओली प्रचण्डबीच वान टु वान भेटवार्ता हुने तयारी छ । 
 

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस