ओली र प्रचण्ड मानभवनमा, 'वान टू वान वार्ता' शुरु

फाइल फोटो
फागुन १, २०७४

काठमाडौं, १ फागुन-पार्टी एकताका विषयमा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच 'वान टू वान' वार्ता शुरु भएको छ ।

ललितपुरको मानभवनस्थित व्यवसायी शारदा अधिकारीको घरमा छलफल शुरु भएको हो ।


ADVERTISEMENT

दुई अध्यक्ष पार्टी एकताका विषयमा सहमति नजिक रहेको खबर आइरहेका बेला आजको छलफललाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।

यसअघि जनयुद्ध दिवसका अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आजै सहमति होस् भन्ने प्रयास आफूहरुको रहने बताएका थिए ।

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस