राजपा सांसद यादव प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित

 धनुषा, १ फागुन -प्रदेश २ को सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद सरोजकुमार यादव निर्विरोध निर्वाचित हुनुभएको छ । 

संसद् सचिवालयका सचिव वंशीराज पौडेलले सभामुख पदका लागि यादवको एकल उम्मेदवारी दर्ता भएपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएकोे बताउनुभयो । 

यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा भने बुधबार मात्रै हुनेछ । 

सचिव पौडेलले भन्नुभयो, “सभामुखको उम्मेदवारीका लागि तोकिएको आज २ बजेसम्म यादवले मात्र उम्मेदवार दर्ता गराउनुभएको छ अब बुधबार बस्ने प्रदेशसभा बैठकबाट सभामुखको औपचारिक रुपमा उहाँ निर्वाचित भएको घोषणा गरिनेछ ।” बुधबार प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । रासस

फागुन १, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस