×

NMB BANK
NIC ASIA

किसानको पैसामा कृषिका हाकिमको विदेशमा रजाइँ, अर्को टोली उड्ने तयारीमा

प्रशान्त ओझा

फागुन २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, २ फागुन- नेपाली किसानको क्षमता अभिवृद्धि गर्न भनेर विभिन्न दातृ निकायले दिएको पैसा बोकेर कृषि विकास मन्त्रालय अधिकारीहरु विदेश सयरमा छन् ।  

Sagarmatha Cement
Muktinath Bank

कृषि विकास मन्त्रालका सचिवसहित १० जनाको टोली अहिले अष्ट्रेलियाको भ्रमणमा छ ।  माघ २५ गते अष्ट्रेलिया उडेको उक्त टोली फागुन ३ गते स्वदेश फर्किने छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टोलीमा कृषि विकास मन्त्रालय सचिव डा. सुरोज पोखरेल सहित कृषि विभागका महानिर्देशक डिल्लीराम शर्मा, कृषि विकास मन्त्रालयका सह-सचिव योगेन्द्र कार्की लगायत छन् । 


Advertisment
Nabil box
Kumari

किसानका लागि उन्नत जातको बिउ बिजन उत्पादन गर्ने, सिफारिस गर्ने लगायतका लागि सञ्चालित (किसानका लागि उन्नत बिउ विजन) कार्यक्रमको खर्चमा सचिवसहितको टोली अष्ट्रेलिया गएको हो । 

Vianet communication
Laxmi Bank

अन्तर्राष्ट्रिय कृषि विकास कोष (आईएफएडी)को ऋण तथा अनुदान सहयोगमा सञ्चालित उक्त परियानाको मुख्य उद्देश्य उन्नत जातका बिउ बिजनबारे अध्ययन गरी उत्पादन गर्ने र किसानका लागि सिफारिस गर्ने हो । ५ अर्ब २० करोड रुपैयाँ बजेट भएको उक्त योजना आर्थिक वर्ष २०६९/७० देखि शुरु भएको थियो । योजनाको म्याद आर्थिक वर्ष ०७५/७६ सम्मका लागि छ । 

भ्रमणमै ५० लाख स्वाहा

कृषि सचिव पोखरेलसहित १० जनाको टोलीले अष्ट्रेलिया भ्रमणमा ५० लाख रुपैयाँ सक्ने छ । किसानका लागि उन्नत बिउ विजन कार्यक्रमका उप–निर्देशक तुल्सी राम भण्डारीले भ्रमणका लागि ५० लाख रुपैयाँ छुट्याइएको बताए । 

उन्नत जातका बिउ विजन उत्पादनका लागि अष्ट्रेलियामा भएका प्रयासको अध्ययन गरेर टोली फर्कने उनको भनाइ छ । 

तर कृषि विकास मन्त्रालयका एक अधिकारी सचिवसहितको टोली विना उद्देश्य विदेश भ्रमणमा निस्किएको बताउँछन् । ‘अष्ट्रेलियामा भएका प्रयास नेपालमा लागू गर्न सकिने अवस्था नै छैन । अष्ट्रेलिया र नेपालको हावा–पानी नै मिल्दैन । हावा–पानी नै नमिल्ने ठाउँमा अपनाइएको विधि अपनाएर यहाँ के नतिजा निस्किन्छ ?’ ती अधिकारीले लोकान्तरसँग भने, ‘यो भ्रमण रामाइलो गर्ने उद्देश्यले मात्रै गरिएको हो । भ्रमणबाट किसानका लागि आएको बजेटको दुरुपयोग भएको छ ।’

४० लाख सक्न अर्को टोली तयार !

सचिव पोखरेलसहितको टोली अष्ट्रेलियामै रहेको बेला कृषि विकास मन्त्रालयकै अर्को टोली विदेश उड्ने तयारीमा छ । १० जना सदस्य रहेको यो टोली पनि अष्ट्रेलिया नै जाने छ । 

यो टोली जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाको बजेटमा अष्ट्रेलिया जान लागेको हो । टोली अष्ट्रेलियाको सिड्नी र मेलबर्नका विभिन्न कार्यक्रममा सभागी हुने जनाइएको छ । 

फागुन ७ र ८ तथा १० र ११ गते हुने दुई छुट्टा–छुट्टै कार्यक्रममा सहभागी हुन कृषि विकास मन्त्रालयका सह–सचिव लेखनाथ आचार्य नेतृत्वको टोली अष्ट्रेलिया उड्न लागेको हो । टोलीमा उपसचिव खिमानन्द भुषाल, क्षेत्रीय कृषी निर्देशनालय दिपायलका बरिष्ठ योजना अधिकृत पशुपति पोख्रेललगायत १० जना छन् । 

यो टोलीको भ्रमणमा ४० लाख रुपैयाँ खर्च हुने छ । जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाका निर्देशक शिवनन्दन सााहले नियमित कार्यक्रम अन्तर्गत नै कृषि विकास मन्त्रालयको टोली विदेश भ्रमणमा जान लागेको बताए । 

‘जलवायु परिवर्तनले कृषिमा पारेको असर र त्यसबाट बच्न अपनाउनुपर्ने उपायबारे जानकारी हासिल गर्न कृषि विकास मन्त्रालयको टोली विदेश भ्रमणमा जान लागेको हो,’ निर्देशक साहले लोकान्तरसँग भने, ‘यो भ्रमणबाट कृषि क्षेत्रमा जलवायु परिवर्तनको असर कम गर्ने उपायबाट विभिन्न जानकारी हासिल हुने छ ।’

विश्व बैंकको ६० करोडको अनुदानमा आर्थिक वर्ष ०६९/७० देखि शुरु भएको यो परियोजना आगामी आर्थिक वर्ष ०७४/७५ मा सकिदै छ । जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको असर कम गर्न शुरु भएको परियोजनाको धेरै रकम भने कर्मचारीको विदेश भ्रमणमै सकिएको छ । 

परियोजना शुरु भएयता विदेश भ्रमणमा मात्रै ४ करोड खर्च भइसकेको छ । परियोजनाको खर्चमा अहिलेसम्म कृषि विकास मन्त्रालयक कर्मचारीले भारत, थाइल्याण्ड, अमेरिका, स्वीट्जरल्याण्ड लगायत देशको भ्रमण गरिसकेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x