कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
सुर्खेत, २ फागुन– गत माघ २६ गतेदेखि शुरु भएको प्रादेशिक मेलामा ऊनबाट बनेको कोट प्रदर्शनीमा राखिएको छ ।
मुगुका ७५ वर्षीय मानसिंह रोकायाले हातबाटै बनाएको उक्त कोट महोत्सवको स्टल नम्बर एच ३ मा राखिएको छ । स्टलमा ऊनबाट बनाइएका गलैंचाहरु, लिऊ, महिलाहरुले कम्मरमा बाँध्ने धडो, मौलर, कोटपाखी, बाख्राको उनबाट बनेको राडीलगायतका धेरै सामाग्रीहरु रहेका छन् । रोकाया ऊन कात्ने काम गर्छन् भने श्रीमती सीता रोकायले बुन्नमा सहयोग गर्ने गरेकी छिन् ।
पहिले पहिले धेरै विक्री हुने राडी पाखीहरुको यो वर्ष भने विक्रीमा कमी आएको छ । उनी भन्छन्, ‘केही वर्ष पहिले मैले ग्राहकले माग गरे बमोजिमका सामाग्रीहरु बनाउनै गाह्रो हुन्थ्यो ।’ रोकायाले भने, ‘तर अहिले भने ग्राहकहरुले किन्नै मान्दैनन् ।’
ऊनबाट बनेका कपडाहरु लगाएमा शित नपस्ने, जाडोबाट बचिने, ढाड दुख्ने समस्या समाधान हुने रोकायको भनाइ छ । ‘पहिले ढाड दुख्ने बिरामीका लागि ओख्तोको रुपमा राडी तथा ऊनबाट बनेका सामाग्रीहरु लगाउने वा प्रयोग गर्ने चलन थियो ।’ उनी थप्छन्, ‘अहिले विदेशबाट बनेका कपडाहरुले हातबाट बनाउने कपडा तथा सामाग्रीहरुको माग घटाईदियो ।’
रोकायाले स्थानीय उत्पादनलाई बढी प्रयोग गरेको खण्डमा गाँउमै रोजगारी सिर्जना पनि हुने र त्यसले पैसा पनि गाँउमै रहने हुँदा आर्थिक परिवर्तन हुने बताए ।
मूल्य कति ?
स्टलमा राखिएका विभिन्न सामाग्रीहरुको मूल्य फरक फरक रहेको छ । सबैभन्दा महँगो फेरेको मुल्य १० हजार रहेको छ । फेरे बनाउन करिब ७ दिन लाग्छ ।
यस्तै कोटपाखीको मुल्य ६५०० पर्छ भने यो बनाउन करिब ५ दिन लाग्ने गरेको रोकाया बताउँछन् । लिउको मुल्य ५ हजार देखि ५ हजार ५ सय, धडोको मुल्य २ हजार (११ हाते) रहेको छ ।
रोकायाको पसलमा मौफलर, गलैँचा आदि ऊनबाट बनेका सामाग्रीहरु रहेका छन् ।
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...