कात्तिक २८, २०८०
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
उनलाई भयालेनटाइन डे भन्ने के हो थाह थिएन, सानै उमेरमा बिबाह गरेकी उनले सुगम ठाउँमा भए पनि न उसको कुनै प्रेमी थियो ।
श्रीमानले कुनै डे भनि माया गरेको समझना नै छ उनलाई । त्यो कलिलो उमेरमा अहिले को जस्तो डे अथवा बर्षगाठहरु मनाउने प्रचलन भएको भए सायद कान्छी ले बर्षमा एक दिन माया पाउथिन३ होला !
समयको गतिशिलता तथा घरायशी जीवनसँगै कान्छीको जीवनमा दुई मुना को आगमनले केही हदसम्म मल्हम लगाउने काम गरेको थियो । घरको खस्कदै गएको आर्थिक अवस्था, दुई मुनाको भविष्य ,घरेलु हिंसा र श्रीमान को गैरजिम्मेवारपन ले आजित कान्छी आफना मुनाहरुको उज्ज्वल भविष्य को लागि शहर छिर्छे । शहर पसे लगतै रेडियोमा बैदेशिक समाचार को विज्ञापन सुनेर वैदेशिक रोजगार लैजाने मेनपावर तथा शहरी जीवन बिताइ रहेका शुशील ब्याक्तित्वहरुसँग भेट हुन् पुगछिन् र बैदेशिक रोजगारमा होमीने सुर कस्छिन् ।
वैदेशिक रोजगारमा लैजाने मेनपावरका ढोका घच्घचाउदा केही शहरिया जीवनसँग नजिक भएका साथीभाईहरुसँग भेट हुन पुग्छिन् ।
शहरमा घर हुनेले र पढ्न शहरमा बस्ने अधिकांश युवा युवतीले भ्यालेन्टाइन डे मनाउने कुरा कान्छीले त्यसपछि मात्र थाहा पाउँछिन् ।
यो कस्तो खालको पर्व रहेछ ? कान्छि पहिलो पटक चकित हुन्छिन् र साथीहरुलाई सोध्छिन् ।
आफूलाई कसैले माया वा सहयोग गरेको छ भने आजको दिन उपहार दिनु पर्छ, अनि झन् माया सहयोग बढ्छ ! कान्छीकी साथीले उनलाई सुनाइन् ।
साथीले भ्यालेन्टाइन डे बारे व्याख्या गरेपछि कान्छीले आफूलाई सहयोग गर्ने सहयोगी हातको स्मरण गरिन् । उनको मनमा आफूलाई माया गर्ने भन्दा सहयोग गर्नेको स्मरण बढी भयो ।
गाउँघर आटी छाप्दा होस् या मेला पर्व वा दुर्घटना हुँदा सहयोग गरेको सम्झ्दै कान्छीले त्यस्तै सहयोगीलाई दिनका लागि रातो टिसर्ट किनिन् ।
गाउँमा जस्तै सहयोगी भावना भएका एक युवालाई उनले सम्पर्क गरिन् र साथीलाई लिएर ती पुरुषसँग खाजा खानको लागि निस्किइन् ।
आजसम्म कसैलाई उपहार नदिएकी कान्छी लाजले रातोपिरो भइन् । खाजा खाएपछि उनको साथीले गिफ्ट बारे स्मरण गराएपछि कान्छी झसंग भइन् ।
किनकि नत यो आफ्नो सस्कार मा थियो न त कोहि बाट परिवारमा यस्तो चाड को बारे मा सुनेकी अथवा सिकेकी थिइन् कान्छीले ।
साथीले स्मरण गराएपछि पुरुष साथीपनि अफ्टेरो मानिमानि गिफ्ट लिन तयार भए । पुरुष मित्रलाई थाहा थियो भ्यालेन्टाइ डेमा प्रेम जोडीले गिफ्टको आदानप्रदान गर्छन् भन्ने । आफूहरुबीच प्रेम समबन्ध नभएका कारण उनी पनि अफ्टेरोमा परे ।
आफूहरुबीचको प्रेम प्रणय दिवसमा युगल जोडीले मनाउने भ्यालेन्टाइन जस्तो नभएकोमा युवक स्पस्ट थिए ।
जब प्रणय दिवस आउँछ तब आज भन्दा ११ बर्ष अगाडिको त्यो दिन र त्यो रातो टिशर्ट ले कान्छीलाई गिज्याई रहन्छ अहिले को कान्छीले र त्यो बेला उपहार दिने कान्छीले नबुझेको प्रणय दिवसको आगमनसगै रातो टिशर्ट सम्झीरहन्छे !!
(कसैको वस्तविक जीवनसँग मेल खाए संयोग मात्र हुनेछ ।)
लेखिका सरिस्मा बराल [उमा] हाल इजरायल
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...