×

NMB BANK
NIC ASIA

मुस्लिम मुख्यमन्त्रीले जुराए हिन्दू धर्मअनुसार शपथ र गृहप्रवेशको साइत !

फागुन २, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम २ फागुन– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले हिन्दू धर्म अनुसारको साइतमा शपथ गर्ने भएका छन् । बुधवार मुख्यमन्त्री बनेका राउतको शपथ ग्रहण समारोह बिहीवारका लागि तय गरिएको छ । 

Muktinath Bank

पण्डित सन्तोष पाण्डेले शपथको लागि बिहीवार दिउँसो १२ बजेर १९ मिनेटदेखि देखि १ बजेर १३ मिनेटको साइत जुराइदिएका हुन् ।  हिन्दूधर्म अनुसार नै उनलाई गृहप्रवेशको साइत अपरान्ह ४ देखि ४ बजेर ४५ मिनेटकोबीचमा जुरेको पाण्डेले लोकान्तरलाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुरमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मुख्यमन्त्री राउतलाई शपथ गराउने छन् । बहुसंख्यक हिन्दू सांसदको सुझाव अनुसार उनले साइत हेराएका हुन् ।


Advertisment
Nabil box
Kumari

शपथपछि राउत जनकपुरको जानकी मन्दिर जान्छन् कि जानकी मन्दिर पछाडि रहेको मस्जिदमा जानेछन् भन्नेमा जनकपुरमा कौतुहलता बढेको छ । 

Vianet communication
Laxmi Bank

शपथ समारोहमा उपेन्द्र सहभागि हुने

मुख्यमन्त्रीको शपथ समारोहमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायत राजपाका नेताहरु सहभागि हुनेछन् । राजपा अध्यक्ष महन्थ ठाकुरलाई पनि निमन्त्रणा गरिएको छ । 

मुख्यमन्त्री राउतले बिहीवार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् । राजपाका जितेन्द्र सोनल र शैलेन्द साह तथा फोरमका विजय यादवलाई समावेश गरेर मन्त्रीमण्डल गठनको तयारी गरेका हुन् । 

भोजपुरीमा गर्नु पर्ने शपथ हिन्दीमा 

प्रदेश सभाका सभामुखमा राजपाका सरोजकुमार यादवले हिन्दी भाषामा शपथ लिएका छन् । भोजपुरा क्षेत्र भनिने बाराबाट निर्वाचित यादवले भोजपुरी भाषामा नभइ हिन्दीमा शपथ लिएको भनेर जनकपुरमा विरोध भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x