कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
–भरत केसी
बुटवल, २ फागुन - प्रदेश नं ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल विसं २०१९ फागुन १५ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १९, बिजौरीमा बुबा केशवराज शर्मा र आमा तिलका देवीको कान्छो सन्तानका रुपमा जन्मनु भएको हो । उहाँ हाल नेकपा (एमाले)को स्थायी कमिटी सदस्य हुनुहुन्छ ।
मुख्यमन्त्री पोखरेलकी श्रीमती एमाले नेत्री सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुनुहुन्छ । उहाँहरुका दुई छोरी छन् ।
वैचारिक दक्षता
विद्यार्थी छँदै राजनीतिमा प्रवेश गर्नुभएका मुख्यमन्त्री पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्य कुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीको नेताको रुपमा उनीहरुको हकअधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी वहन गर्नुभएको छ ।
जननेता स्व मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । विसं २०३६ मा भएको विद्यार्थी आन्दोलन, २०४५÷४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका खेल्नुभएका पोखरेलले २०६२÷६३ को जनआन्दोलनमा काठमाडौँको मोर्चाबाट आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।
हाल पार्टीमा पोखरेलले पार्टी स्कूल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा पोखरेल निकै सक्रिय हुनुहुन्छ ।
एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट वैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरुमध्ये एक मानिनुहुन्छ ।
माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उहाँले शान्ति पदयात्राको नेतृत्व गर्नुभएको थियो ।
जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा पार्टीमा संविधानसभाको प्रस्ताव लैजाने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ । अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उच्चस्तरको वैचारिक क्षमता र कुशल वक्ताको रुपमा उहाँले संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्नुहुन्छ ।
‘मिनि नेपाल’ मुख्यमन्त्रीको सपना
राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेतामध्ये हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गर्नुभएका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुनुहुन्छ ।
आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात् गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलतापछि अब मुलुक आर्थिक–सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नु पर्दछ भन्ने उहाँ ५ नं प्रदेशको योजनावद्ध विकास गरेर ‘मिनि नेपाल’ बनाउन सकिने धारणा राख्नुहुन्छ ।
साहित्यिक सिर्जना
विगतमा पार्टी सचिवको रुपमा काम गरिसक्नुभएका पोखरेलले सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । पोखरेलका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचना प्रकाशित छन् । उहाँले साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाउनुभएको छ । पोखरेलले ‘युगलहर’, ‘सिमानापारिको हुङ्कार’, ‘राष्ट्रिय विकल्प’, ‘राष्ट्रिय सङ्कल्प’ लगायत पत्रिका र साहियित्क रचना संग्रहको सम्पादन पनि गर्नु भएको छ । रासस
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...