कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं, ३ फागुन– वीरेन्द्र स्कुल भक्तपुर क्षेत्रमा १४ घण्टाको फरकमा पीएम २.५ को धुलोको प्रदूषण दुई सय ५१ माइक्रोग्राम परमिटर क्युले वृद्धि भयो । मंगलबार बिहान ६ बजे १२ माइक्रोग्राम परमिटर क्यु मात्र भएको वायुप्रदूषण राति ८ बजेसम्म वृद्धि भएर दुई सय ६३ पुग्दा वायुप्रदूषण स्तर वर्षकै उच्च भएको तथ्यांकले देखाएको छ ।
वातावरण विभागको तथ्यांक हेर्दा भक्तपुरमा राति १० बजेसम्म पनि प्रदूषणको दर दुई सय ३० कायम छ । २४ घण्टालाई आधार बनाएर विभागले वायुप्रदूषणको अवस्था जाँच गर्दै आएको छ । मंगलबार मापदण्ड एक सय २२ कायम छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डले २५ र राष्ट्रिय मापदण्डमा ४० माइक्रोग्राम परमिटर क्यु तोकेको छ । रत्नपार्क क्षेत्रमा राति ८ः३५ बजे पीएम २.५ आकारको धुलो दुई सय ३९ माइक्रोग्राम परमिटर क्यु पुगेको थियो यहाँ दिउँसो २ः३० बजे २७ मात्र थियो । ६ घण्टाको फरकमा उपत्यकामा दुई सय १२ माइक्रोग्राम परमिटर क्यु वृद्धि भयो ।
महाशिवरात्रि भएकाले विभिन्न स्थानमा खुला क्षेत्रमा आगो बाल्ने काम तीव्र भएकाले प्रदूषणको अवस्था उच्च भएको हुन सक्ने वातावरण विभागकी प्रवक्ता सफला श्रेष्ठले बताइन् । अन्य दिनभन्दा बढी प्रदूषण बढ्नुमा खुला क्षेत्रमा आगो बाल्दा निस्कने धुवाँ नै पहिलो कारण भएको उनी बताउँछिन् ।
अमेरिकी दूतावासले राखेको फोरा दरबार क्षेत्रमा मंगलबार राति १२ बजे दुई सय २७ पुगेको छ। प्रदूषणको दर दुई सय माइक्रोग्राम परमिटर क्युभन्दा माथि पुगेपछि मानवस्वास्थ्यका लागि खतराजनक भएको वातावरणविद्ले बताएका छन्। पीएम २.५ धुलोको कण आँखाले नदेख्ने मसिनो हुँदा श्वासनली हुँदै रक्तनलीसम्म पुग्ने भएकाले श्वासप्रश्वासमा समस्या हुनुका साथै क्यान्सरजस्ता रोगको मुख्य कारण बन्ने गरेको भनेर स्वास्थ्यकर्मीले सचेत गराएका छन् ।
वातावरणमैत्री भनी हरियो स्टिकर टाँसिएका ४१ प्रतिशत सवारी प्रदूषित भएको वातावरण विभागको अनुगमनले देखाएको छ । सवारी प्रदूषण नै मुख्य भए पनि मंगलबार खुला आगो बाल्दा प्रदूषणले डाँडा काटेको हो, अन्नपूर्ण पोस्टमा खबर छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...