×

NMB BANK
NIC ASIA

'मतियार' बने प्रहरीका हाकिम, यस्तो छ बलात्कारी–प्रहरी साँठगाँठ

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्ला दिनमा दुई वटा घटना चर्चामा छन्, एउटा काठमाडौंको दरबारमार्ग बलात्कार प्रकरण र अर्को इटहरीको बलात्कार प्रकरण । यी दुई घटना चर्चामा आउनुको पछाडि एउटै कारण छ । त्यो हो, प्रहरीको संलग्ना । बलात्कारजस्तो जघन्य अपराधको दुईवटै घटनामा प्रहरीको मिलेमतो देखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

दरवारमार्ग बलात्कार प्रकरण


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माघ ७ गते राति, काठमाडौंको दरवारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवती बलात्कारको शिकार बनिन् । त्यो पनि आफ्नै प्रेमी शैलेस कार्की र उनकै अरु तीनजना साथीहरुबाट । घटना पछि मोटो रकमको डिल गर्दै घटना लुकाउने प्रयास भयो । 


Advertisment
Nabil box
Kumari

केही दिनसम्म घटना गुपचुप नै राख्न अभियुक्तहरु सफल भएपनि अन्ततः घटनाको बास्तविकता बाहिरियो । घटनाको बास्तविकता बाहिरिएसँगै दोेषीलाई उन्मुक्ति दिन प्रहरीकै मिलेमतो भएको रहस्य खुल्यो । 

Vianet communication
Laxmi Bank

प्रहरी प्रवक्ता मनोज नेउपानेका अनुसार प्रहरीले नै घटना गुपचुप राखेको आरोपमा अहिले, महानगरीय प्रहरी वृत्त दरबारमार्गका ईन्सपेक्टर लक्ष्मणसिंह ठकुरी र सई चन्द्र भण्डारी निलम्बनमा परिसकेका छन् । 

इन्सपेक्टर र सई मात्र होइन, बृत्तका इन्चार्ज डिएसपी तिलक भारतीलाई पनि बृत्तबाट हटाएर प्रहरी प्रधान कार्यालयले अनुसन्धान गरिरहेको छ । यो घटनामा सहयोगीको भूमिका निर्वाह गरेको अरोपमा ल्याण्डमार्क होटलका दुई कर्मचारी पक्राउ परेका छन् भने मुख्य अभियुक्त सहित चार जना अझै फरार छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुक उनिहरुको खोजी भइरहेको बताउ“छन् । 

घटना नम्बर २ – इटहरीमा बलात्कार प्रकरण

दरवारमार्गको बलात्कार घटनाको अनुसन्धान चलिरहेकै बेला इटहरीको हलगढाबाट अर्को घटना बाहिर आयो । १४ वर्षीया बालीका आफ्नै प्रेमी र उनको साथीबाट बलात्कृत भएको इटहरीको घटना पनि दरवारमार्ग स“ग मिल्दो जुल्दो देखियो ।

पुस १६ गते नै ईटहरी २ हलगढास्थित रोयल रिसोर्टमा बालीका आफ्नै प्रेमी जोकम लिम्बु र साथी मनिष श्रेष्ठबाट बलात्कृत भएकी थिइन् । लगत्तै यो घटना प्रहरीमा पुगे पनि प्रहरीले मिलेमतोमा गुपचुप राखेको थियो । योे घटना बाहिरिएपछि प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विद्यानन्द माझी र इलाका प्रहरी कार्यालयका इन्सपेक्टर चिरञ्जीवी दाहाललाई निलम्बन गरिसकेको छ । प्रहरी प्रवक्ता मनोज नेउपाने भन्छन्, ‘प्रहरी नै बलात्कारजस्तो जघन्य अपराधका अभियुक्त जोगाउनतर्फ लाग्नु सामान्य घटना होइन त्यसैले दोषीलाई नियम अनुसार कारवाही हुन्छ ।’

‘बलात्कारी जोगाउने प्रहरी हर्कत विडम्वनापूर्ण’

दरवारमार्ग र इटरहरीका दुई घटनामा देखिएको प्रहरीको मिलेमतोले प्रहरीको शाखमाथि नै हिलो छ्याप्ने काम गरेको छ । पूर्वडिआइजी केशव अधिकारी भन्छन्, ‘७३ हजार भन्दा बढी जनशक्ति भएको प्रहरी संगठनको सदस्यहरुबाट यस किसिमका हर्कत हुनु कदापी स्वभनिय होइन । यसले प्रहरीमाथिको जनविश्वास घटाउँदै लैजान्छ । अर्कातिर प्रहरी भित्रको कमजोरीपनि उदाङ्गो पारेको छ ।’ दुईवटै घटनमा संलग्न प्रहरी अधिकारीहरुलाइ राजनीतिक संरक्षण रहेको उनको दावी छ । ‘जब सम्म राजनीतिक संरक्षण हाबी हुन्छ तव सम्म प्रहरीको काममा सुधार आउँदैन,’ अधिकारी भन्छन्, ‘त्यसैले यसतर्फ प्रहरी नेतृत्वको ध्यान पुग्नु जरुरी छ ।’
 
प्रत्येक बर्ष ९ सय ४६ जना बलात्कारको शिकार

गएको ७ वर्षमा मात्रै ६ हजार ६ सय २७ जना बलात्कारको शिकार भएको नेपाल प्रहरीको तथ्याङ्क छ । जसमध्ये ४ हजार ५ सय ८९ जनाको बलात्कारपछि उद्धार गरिएको छ भने २ हजार ३८ जनाको बलात्कारपछि हत्या गरिएको रेकर्डमा उल्लेख छ । 

प्रत्येक वर्ष ९ सय ४६ जना बलात्कारको शिकार हुन्छन् भने प्रत्येक महिना ७८ जना पीडित हुने प्रहरी अनुसन्धान रिपोर्टमा उल्लेख छ । 

तथ्याङ्कअनुसार पूर्वी नेपालमा सबैभन्दा धेरै १ हजार ३ सय ४३ जनाको बलात्कार तथा ५ सय ८९ जनाको  बलात्कार पश्चात हत्या गरिएको छ । त्यस्तै पश्चिम नेपालमा २ सय ७७ जना बलात्कारको शिकार भएका छन् भने १३८ जनाको बलात्कार पछि हत्या भएको छ । 

काठमाडौं उपत्यकामा मात्रै ६ सय १० जनाले बलात्कारको उजुरी दर्ता गरेका थिए । १ सय ५५ जनाको बलात्कार पछि हत्या भएको छ । 

बलात्कारमा संलग्न व्यक्तिलाई कानून अनुसार अभियोग प्रमाणित भएको र पीडित १० वर्षभन्दा मुनीको छ भने १० देखि १५ वर्ष जेल सजाय हुन्छ । पीडित १० वर्षभन्दा माथि र १६ वर्ष भन्दा मुनीको छ भने ७ देखि १० वर्ष जेल सजाय हुने प्राबधान  छ । त्यस्तै, १६ वर्षभन्दा माथिको हकमा ५ देखि ७ वर्ष सम्म जेल सजाय हुने प्राबधान रहेको छ । 

कानून जति नै कडा भए पनि घटना भने झन् झन् बढीरहेका छन् । विशेष गरी तराई तथा दुरदराजका ग्रामिण भेगमा बलात्कारको घटना बढ्दै गएपनि यस्ता धेरै घटनाहरु गुपचुप रहने गरेका छन् । बलात्कारको घटनामा पीडित आफैले पनि सामाजिक प्रतिष्ठा विग्रने डरले सूचना लुकाउने गरेका छन् । 

पूर्व डिआइजी केशव अधिकारीका अनुसार घटना न्यूनीकरणका लागि प्रहरी अनुसन्धान बलियो र निश्पक्ष मात्र होइन, पीडित स्वयम पनि जागरुक हुनुपर्छ ।  बलात्कारका घटना न्यूनिकरणका लागि पीडित पक्ष पनि सतर्क हुनुपर्छ । तर, रक्षक नै भक्षक बनेको अवस्थामा भने घटना न्यूनिकरणको अपेक्षा गर्न सकिदैन । त्यसैले यस तर्फ कानुन कार्यान्वय गर्ने जिम्मेवारी लिएर बसेकाहरुको ध्यान पुग्नै पर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x