×

NMB BANK
NIC ASIA

फ्लोरिडामा गोलीकाण्ड : विद्यालयबाट निकालिएकोले रिसाएका थिए आक्रमणकारी निकोलस

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ फागुन — अमेरिकाको फ्लोरिडामा रहेको एक विद्यालयमा बिहीवार बिहान भएको आक्रमणका विषयमा नयाँ खुलासा भएको छ । आक्रमणकारी विद्यार्थी निकोलस क्रूजलाई अनुशासन तोडेकोमा स्कूलबाट केही समयअघि निकालिएको रहेछ । 

स्कूलबाट निकालिएपछि रन्थनिएका क्रूजले सेमीअटोमेटिक एआर–१५ राइफलले जथाभावी गोलीप्रहार गर्दै १७ जनाको हत्या गरे । 

नेपाली समयअनुसार बिहीवार बिहान १ बजेर २५ मिनेट जाँदा भएको यो घटनामा विद्यार्थी र कर्मचारी गरी १७ को मृत्यु भएको छ भने थुप्रै गम्भीर घाइते छन् । 

मायामीभन्दा लगभग ७२ किलोमिटर पर रहेको पार्कल्यान्ड इलाकाको मार्जरी स्टोनम्यान डग्लस हाईस्कूलमा यो गोलीकाण्ड भएको थियो । 

ब्रोवार्ड काउन्टीका शेरिफ स्कट इजरायलले बताएअनुसार, आरोपित क्रूजले पहिला स्कूलबाहिर फायरिङ गरे जसमा परी तीनजनाको मृत्यु भयो । त्यसपछि उनी भवनमा घुस र १२ जनाको हत्या गरे । दुई घाइतेले अस्पतालमा ज्यान गुमाए । 

प्रहरी अधिकारीहरूका अनुसार, क्रूजले स्कूल छुट्टी हुनुभन्दा केही समयअघि घटना गराएका थिए । उनले पहिले स्कूलको फायर अलार्म बजाए । त्यो सुनेर भागदौड मच्चियो । अनि उनले क्लासरूमदेखि लिएर भवनबाहिरसम्म प्रहार गरे । 

आक्रमणपछि निकोलस क्रूज भागे । उनलाई केही घन्टापछि नजिकैको शहर कोरल स्प्रिङबाट पक्राउ गरियो । 

गोलीकाण्डपछि भागिरहेको विद्यार्थीमाझ लुकेर उनी भागेका थिए । प्रहरीका अनुसार, उनीसँग थुप्रै हतियार छन् । 

आक्रमणको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यसमा एक विद्यार्थी आत्तिएर चिच्याइरहेको सुनिन्छ । भिडियोमा ४० चोटिभन्दा बढी फायरिङको आवाज सुनिन्छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x