×

NMB BANK
NIC ASIA

दक्षिण अफ्रिकाका राष्ट्रपतिले मन नलागी नलागी दिए राजीनामा

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ३ फागुन — दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकब जुमाले बुधवार पदबाट राजीनामा दिएका छन् । उनको अफ्रिकन नेसनल कंग्रेस पार्टीले उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याएर हटाउने तयारी गरिरहेको थियो । 

राजीनामा दिँदै जुमाले भने, ‘म पार्टीको निर्णयसँग सहमत छैन तर आफ्नो दलको अनुशासित सदस्य हुँ ।’

भ्रष्टाचार मुद्दामा भारतीय मूलका व्यापारीहरू अजय, अतुल र राजेश गुप्ता पक्राउ परेपछि जुमा अप्ठ्यारोमा परेका थिए । गुप्ता दाजुभाइलाई जुमाले गलत तरिकाले फाइदा पु–याएको आरोप लगाइएको थियो । 

जुमाले सरकारी टीभीमा राजीनामाको घोषणा गरे । उनले भने, ‘म तत्कालै लागू हुने गरी दक्षिण अफ्रिकाको राष्ट्रपति पदबाट राजीनामा दिन्छु ।’ राजीनामा दिएपछि जुमाको नौ वर्षे शासनकालको अन्त्य भयो । सन् २०१९ मा उनको
दोस्रो तथा अन्तिम कार्यकाल सकिन्थ्यो तर त्यसअघि नै उनी राजीनामा दिन बाध्य भए । 

जुमाको स्थानमा साइरिल रामाफोसालाई अन्तरिम राष्ट्रपति बनाइनेछ । रामाफोसालाई राष्ट्रपति बनाउने निर्णय गर्नु सही नभएको जुमाले बताए । रामाफोसा यसअघि नै एएनसी पार्टीका अध्यक्ष बनेका थिए । 

राष्ट्रपति जुमाले राष्ट्रपति पद छोडेपनि पार्टीको सेवा गरिरहने बताएका छन् । 

विपक्षी दलहरूले जुमाविरुद्ध यसअघि थुप्रैचोटि अविश्वासको प्रस्ताव ल्याएका भएपनि सफल भएका थिएनन् । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x