×

NMB BANK
NIC ASIA

‘अक्षम’को धब्बा पखालेर घर फर्के देउवा, तर रहेनन् विवादमुक्त

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ३ फागुन– प्रधानमन्त्रीको रुपमा २ सय ५५ दिनको कार्यकाल पूरागरी कांग्रेस सभापति शेरबहादुर देउवा घर फर्केका छन् । नेपालको ४० औ प्रधानमन्त्रीको रुपमा २०७४ जेठ २३ गते संसदबाट निर्वाचित देउवा झण्डै नौ महिनाको कार्यकाल पूरागरी बिहीवार घर फर्केका हुन् ।

Muktinath Bank

माओवादी केन्द्रसँग भएको सहमति अनुसार देउवा चौथो पटक प्रधानमन्त्री बनेका थिए । विगतमा पटक पटक अक्षमताको आरोपमा पदच्युत भएका देउवा यसपटक भने जिम्मेवारी कार्यकुशलतापूर्वक सम्पन्न गरेर घर फर्किएका छन् । विगतमा आफू सत्ताच्युत हुनु परेको प्रसंङ्ग देउवाले राजीनामा सम्वोधनका क्रममा पनि कोट्टाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधान कार्यान्वयनको महत्वपूर्ण कडी मानिएको स्थानीय, प्रदेश, प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचन सम्पन्न गराएर देउवाले यसपटक प्रशंसा बटुलेका छन् । पार्टीको शर्मानक पराजय भएपनि देउवाले चुनाव गराएर देशलाई निकाश दिएका छन् ।


Advertisment
Nabil box
Kumari

स्थानीय तहको पहिलो चरणको चुनाव माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा वैशाख ३१ गते सम्पन्न भएको थियो । देउवाको नेतृत्वमा असार १४ गते स्थानीय तहको दोस्रो र असोज ३ गते तेस्रो चुनाव सम्पन्न भएको थियो ।

Vianet communication
Laxmi Bank

यस्तै मंसिर ११ गते प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो तथा मंसिर २१ गते दोस्रो चरणको चुनाव सम्पन्न भएको थियो । देउवा नेतृत्वको सरकारको नेतृत्वमा माघ २४ गते राष्ट्रिय सभाको चुनाव सम्पन्न भयो । 

किन परे विवादमा ?

चुनाव सम्पन्न गरेर प्रशंसा कमाएपनि ‘कामचलाउ’ हैसियतमा पुगेको सरकारले गरेका कतिपय निर्णयका कारण देउवाको आलोचना भयो । देउवा सरकारले गरेका केहि विबादास्पद निर्णयले उनले चुनावमा कमाएको प्रशंशालाई केही हदसम्म बिर्षाइदियो । 

चुनावको नतिजा आइसक्दा पनि ‘प्राविधिक’ कारण देखाएर सरकारमा टिकिराख्ने तिकडम देउवाले गरे । नयाँ बन्न लागेको सरकारलाई बोझ पर्नेगरी केही लोकप्रिय कार्यक्रम घोषणा गरे । त्यसले पनि देउवाको आलोचना भयो । 
बृद्धभत्ताको उमेरहद घटाएर ६५ बर्षमा ल्याउने तथा भूकम्प पीडितका लागि आवास बनाउन एक लाख अनुदान बढाउने निर्णय विबादमा परेको देखियो । चुनावी घोषणा पत्रमा गरेको प्रतिबद्धता कार्यान्वयन गरेको भनेर देउवाले स्पष्टीकरण दिएपनि सो निर्णय विबादको भूमरीम पर्र्यो । 

शहीद घोषणा र कार्यकर्तालाई उपचार खर्चका नाममा रकम बाढ्ने निर्णयले पनि देउवा विबादमा परे । देउवा सरकारका निर्णयले उनलाई मात्र नभइ नेपाली कांग्रेसलाई समेत विबादमा पार्ने काम भयो । 
नयाँ जनमत प्राप्त भइसकेपनि देउवा सरकारले प्रदेश प्रमुखको नियुक्तिमा दलहरुसँग परामर्श गरेनन् र एकलौटी गरे भने राष्ट्रिसभा सदस्यका लागि सरकारले सिफारिस गर्ने तीन जनाका बारेमा पनि उनले नयाँ बन्ने सरकारको नेतृत्वकर्ता दलसँग छलफल गर्नु उचित ठानेन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x