×

NMB BANK
NIC ASIA

५ सय ६१ दिनपछि ओलीको सिंहदरबारमा पुनरागमन : बहिर्गमनमा नाराबाजी, आगमनमा आशावादी

फागुन ३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ३ फागुन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको दोस्रो कार्यकाल शुरु गरेका छन् । २०७२ साल असोज २५ गते पहिलो पटक प्रधानमन्त्री बनेका ओली २०७४ साल फागुन ३ गते दोस्रो पटक प्रधामनन्त्री बनेका हुन् । 

Muktinath Bank

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ओलीले २०७३ साल साउन १९ गते राजीनामा गरेर सरकारबाट बाहिरिएका थिए । ओलीपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशमा संघीयता कार्यान्वयनको चरणमा रहेको बेला प्रधानमन्त्री बन्ने ओली पहिलो व्यक्ति हुन् । 


Advertisment
Nabil box
Kumari

बिहीवार नै प्रधानमन्त्री नियुक्त भएर ओलीले राष्ट्रपति विद्या भण्डारीबाट शपथ लिएका हुन् । सरकारबाट बाहिरिएको ५ सय ६१ दिनपछि ओली सिंहदरवारमा पुनरागमन भएको छ । 

Vianet communication
Laxmi Bank

पहिलो इनिङ

पहिलो पटक केपी ओली २०७२ साल असोज २५ गते प्रधानमन्त्री नियुक्त हुँदा देशमा भारतीय नाकाबन्दी लागेको थियो । सुशील कोइराला सरकारको अन्तिममा भारतले नेपालमाथि संविधानमा असन्तुष्टि जनाउँदै नाकाबन्दी गरेको थियो । भारतीय नाकाबन्दीकाबीच प्रधानमन्त्री बनेका ओली भारसँग नझुकेको भन्दै वाहावाही पाएका थिए । 

‘नाका सुचारु नगरि भारत भ्रमण जान्न’ भन्दै ओलीले भारतीय प्रधानमन्त्रीको निमन्त्रणा अस्विकार गरेको विषय र भारतसँग नझुकेको भन्दै ओलीलाई राष्ट्रवादी नेता भन्दै उनको व्यापक समर्थन भएको थियो । भलै कतिपयले यसलाई खोक्रो राष्ट्रवाद भन्दै विरोधसमेत गरेका थिए । 

नेपालको इतिहासमै पहिलो पटक प्रधानमन्त्रीको बहिर्गन चर्चित बनेको थियो । ओलीलाई काम गर्न नदिएको र राष्ट्रवादी प्रधानमन्त्रीलाई निकाल्ने काम भएको भन्दै सडकमा ‘आइएम विथ केपी ओली’को नारा समेत लागेको थियो । 

आलोचना

ओली पहिलो पटकको प्रधानमन्त्री बन्दा चर्चासँगै आलोचनामा परे । हावाबाट बिजुली, घर घरमा ग्यासलाइन, आफ्नै पानी जहाज लगायतका ओलीको भाषण र कार्यक्रमको विपक्षीहरुले आलोचना गरेका थिए । हुनै नसक्ने विषयमा ओलीले भाषण गरेर जनतालाई ‘गुमराह’मा राखेको आरोप उनीमाथि लाग्यो । तर समर्थकहरुले भने ओलीले आशाको सञ्चार गरेको र गरे सम्भव छ भन्ने देखाएको भन्दै उनको प्रशंसा गरेका थिए । अबको उनको दोस्रो इनिङ कसरी अगाडि बढ्छ त्यो समयले देखाउने नै छ ।

को हुन् ओली ?

नेकपा एमालेका अध्यक्ष एवं नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा भएको हो । तेह्रथुमबाट झापा बसाइँ सरेका ओली हाल भक्तपुरको बालकोटमा स्थायी रुपमा बस्दै आएका छन् । 

ओली २०७१ साल असारमा सम्पन्न नेकपा एमालेको नवौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा ५ बाट ओली भारी बहुमतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । 

ओली ०७२ साल असोज २५ गतेदेखि २०७३ साल साउन १९ गतेसम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्रीको पहिलोे कार्यकालमा ओलीले छिमेकी मित्रराष्ट्र चीनसँग ऐतिहासिक पारवहन सन्धी गरेका थिए । 
नेपाल–चीन रेल्वे सम्झौता, पेट्रोलियम पदार्थ आयात गर्ने सम्झौता, खनिज उत्खनन् सम्झौता र अन्तर्राष्ट्रिय विद्युत ट्रान्समिशन लाइन लगायतका सम्झौता ओलीको पालामा भएको थियो । 

ओलीको राजनीतिक यात्रा २०२३ सालमा माक्र्सबादी अध्ययन दलमा संगठित भई प्रारम्भ भएको हो । २०२५ सालबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी सम्बद्ध विधार्थी फाँटको फ्रयाक्सन कमिटीमा आबध्द भई ओलीले नेतृत्व गरेका थिए । 

२०२६ सालमा नेकपा कम्युनिष्ट पार्टीको सदस्यता पाएका ओली तत्कालीन झापा विद्रोहका एक जना नेता हुन् । निरंकुश पञ्चायती व्यबस्थाका विरुद्धको आन्दोलनमा ओली २०२७ साल फागुन १६ गते झापाबाट गिरफ्तार भएका थिए । 

२०३० साल असोज २३ बाट ओलीको जेल जीवन प्रारम्भ भएको थियो । ओलीले लगातार १४ वर्ष जेल जीवन विताएका छन् । २०४४ साल असार ११ मा ओली भद्रगोल जेलबाट रिहा भएका थिए । 

२०४४ साल पुस २ गते धादिङको धुसा गाउँ पञ्चायत ७ स्यादुलमा भूमिगत रुपमा बसेको तत्कालीन नेकपा मालेको बैठकबाट ओली केन्द्रीय कमिटि सदस्य बनेका थिए । २०४९ सालमा सम्पन्न नेकपा एमालेको पाँचौं महाधिवेशनदेखि २०७१ सालसम्म ओली स्थायी समिति सदस्य थिए । 

ओली एमाले भातृ संगठन युवा संघ नेपालको संस्थापक अध्यक्ष पनि हुन् । २०४८, २०५१ र २०५६ सालको संसदीय निर्वाचनमा ओली झापाबाट निर्वाचित भएका थिए ।

२०५१ सालमा बनेको एमालेको नौ महिने सरकारको समयमा ओलीले गृह मन्त्रीको जिम्मेवारी पाएका थिए । २०६२–६३ सालको जनान्दोलनपछि स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठित सरकारमा ओलीले उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

यो पनि पढ्नुस्

के हुनेछन् नयाँ सरकारका प्राथमिकता ?

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x