×

NMB BANK
NIC ASIA

जब निवर्तमान प्रधानमन्त्री देउवा केपी ओलीको कुर्सीमा बसिरहे...

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 
काठमाडौं, ४ फागुन-  एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन। ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्ताव गर्दै गर्दा प्रधानमन्त्री देउवाले फोन गरे। ‘म राजीनामा गर्छु, मैले राजीनामा गरेपछि मात्र त्यता प्रक्रिया अघि बढाउनुहोला’, टेलिफोनमा देउवाले ओलीलाई भने। त्यसपछि एमाले अध्यक्ष ओलीसहित पूर्वसभामुख सुवास नेम्बाङ देउवालाई कुरेर बसे।

Muktinath Bank

केहीबेरमा देउवा आए, राष्ट्रपतिलाई राजीनामा बुझाए र एमाले नेताहरूसँग भेट नहुँदै राष्ट्रपति कार्यालयबाट बाहिरिए। ‘देउवा पुग्नुभन्दा पहिल्यै हामीले प्रधानमन्त्रीका लागि दाबीपत्र पेस गरिसकेका थियौं’, एमाले नेता नेम्बाङले भने, ‘त्यहाँ देउवाजीसँग हाम्रो भेट भएन।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवा बाहिरिएलगत्तै अर्को कोठामा पुगेर राष्ट्रपति भण्डारीले ओली प्रधानमन्त्रीमा नियुक्त भएको पत्र दिइन्। राष्ट्रपति कार्यालयमा ४ बजे शपथ गर्ने तयसँगै ओलीसहितका एमाले नेताहरू राष्ट्रपति कार्यालयबाट बाहिरिए र पार्टी कार्यालयतर्फ लागे। देउवाले राजीनामा नदिए पनि सरकार गठनमा अप्ठ्यारो नपर्ने भन्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा ओली नियुक्त भएको पत्र त थमायो, तर मिति गलत लेखेर। एक वर्षअघिको मिति राखेर राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिको पत्र थमाएपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो। राष्ट्रपति कार्यालयबाट बाहिरिएका ओली एमाले पार्टी कार्यालयमा पुगेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइयो।

Vianet communication
Laxmi Bank

संसदीय दलको नेता चयन भएपछि प्रधानमन्त्रीमा दाबी गर्नुपर्नेमा उल्टो भएको एकथरी एमाले नेताहरूको भनाइ छ। तर, दुई दलको समर्थनमा प्रधानमन्त्री हुन संविधानले दलको नेता नतोकाले संसदीय दलको नेता अघि वा पछि भन्ने कुराको अर्थ नहुने पूर्वसभामुख नेम्बाङले बताए। संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई पोसाकमा ध्यान दिन र ‘इमान’ मा रहन निर्देशन पनि दिए।

ओलीले पुरुष सांसदलाई दौरा सुरुवाल र महिला सांसदलाई सारी चोलो लगाउन निर्देशन दिए। विगतमा ओली संसदीय दलको नेता भएपछि एमालेका सांसदहरूलाई यस्तो निर्देशन दिइएको थियो।

ओलीले सांसदहरूलाई राष्ट्रिय झन्डा भएको लोगो लगाउन पनि निर्देशन दिएका थिए। एमाले दलको बैठकपछि ओली शपथका लागि राष्ट्रपति कार्यालय पुगेका थिए। दिउँसो ४ बजे शपथको समय निर्धारण गरिए पनि उपराष्ट्रपति नन्दबहादुर पुन आउन ढिला भएपछि शपथ समारोह एक घण्टा ढिलो भएको थियो।

शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री देउवाले कुर्सी हस्तान्तरण गर्न बिर्सेका थिए। शपथपछि प्रधानमन्त्रीको कुर्सी नयाँ आउने प्रधानमन्त्रीलाई छाडनुपर्नेमा देउवाले कुर्सी नछाडेर प्रधानमन्त्रीकै कुर्सीमा बसेका थिए। केहीबेर अलमलजस्तो देखिएपछि राष्ट्रपति कार्यालयका मर्यादापालकले देउवालाई नयाँ प्रधानमन्त्रीका लागि कुर्सी छाडन र अर्को कुर्सीमा बस्न आग्रह गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x