×

NMB BANK
NIC ASIA

म झण्डा हल्लाउने मन्त्रीमा सीमित रहन्नँ : लालबाबु पण्डित [अन्तर्वार्ता]

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

विगतमा सामान्य प्रशासन मन्त्री बनेको समयमा गरेको कामका कारण लालबाबु पण्डित इमान्दार र स्वच्छ छवीका नेताको रुपमा परिचित छन् । प्रधानमन्त्री केपी ओलीले लालबाबुलाई पहिलो रोजाइको मन्त्री बनाएका छन् । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा पाएका पण्डितले यसपटक पनि आफूले केही नयाँ काम गर्ने सोच बनाएको बताएका छन् । मन्त्री पण्डितसँग लोकान्तरका लागि रिता लम्साल ले  छोटो कुरा गरेकी थिइन् ।

Muktinath Bank

प्रस्तुत छ कुराकानीको अंश


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री ओलीको पहिलो रोजाईंमा पर्नुभयो कस्तो अनुभूति गर्नु भएको छ ?


Advertisment
Nabil box
Kumari


मैले खुसी व्यक्त गरेको छु । बिहीवार ४ बजे  प्रधानमन्त्रीको शपथ कार्यक्रममा सहभागि हुन बोलाइएको थियो । म प्रधानन्त्रीको शपथ कार्यक्रममा जाने तयारी गर्दै थिए । मलाई मन्त्री बनाइदैछ भनेर मैले ४ बजेर १० मिनेटमा थाहा पाएको थिए । 

Vianet communication
Laxmi Bank

जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउँनु भयो, तपाईंको चाहना यहि थियो ?
 

आफ्नो चाहनाले हुँदैन । प्रधानमन्त्रीले विश्वास गरेर जे जिम्मेवारी दिनुभयो त्यसबाट यात्रा शुरु गर्दैछु ।

वातावरण मन्त्रालयमा बसेर कस्ता काम गर्ने योजना बनाउनु भएको छ ? 

अहिले पर्यावरण बिग्रिएको छ, जनसंख्या पनि असन्तुलनको स्थीतिमा छ । त्यसैले जनसंख्यालाई नेपालको आवश्यकता अनुसार सन्तुलनमा राख्दै मानव जीवनको निम्ति प्रकृति मैत्री वातावरण बनाउँने योजना बनाएर अगाडि बढ्छु । 

तपाई आफै कूचो बोकेर काठमाडौंको धूलो सफा गर्न निस्कनु भएको थियो । अब काठमाडौंको धूलोधूवा र प्रदूषण नियन्त्रणका लागि के गर्नु हुन्छ ? 

मैले भर्खरै जिम्मेवारी पाएको छु । अवश्य पनि काठमाडौंको प्रदूषण नियन्त्रणका लागि म काम गर्छु । यसको बारेमा मन्त्रालयको ब्रिफिङ लिन बाकी छ । अहिले रहेका नीतिहरुको अध्ययन गरेर विज्ञहरुसंग सरसल्लाह पनि लिन्छु, अनि नयाँ निर्णयहरु गर्छु ।

विगतमा गरेको कामका कारण सामाजिक सञ्जालहरुमा तपाइको प्रसंशा भयो, यसपटक नयाँ के गर्नु हुन्छ ? 

म अरु मन्त्रीले जस्तो झण्डा मात्रै हल्लाउदिन । जनताले अनुभुति गर्नेगरी कार्यको शुरुवात गर्छु ।

गृहमन्त्रीको जिम्मा पाए गुण्डागर्दी तह लगाउछु भन्नुभएको थियो, अब ‘भ्रष्ट’ कर्मचारीलाई कसरी तह लगाउनु हुन्छ ? 

मैले भनेकै हो गृहमन्त्रीको जिम्मेवारी पाएभने ५० प्रतिशत अपराधलाई ६ महिना भित्र कम गर्छु भनेकै हो । अब मेरो मन्त्रालयमा पनि इमान्दारी पूर्वक उत्साहित भएर काम गर्ने कमर्चारीलाई प्रोत्साहित गर्छु र काम नगर्ने र गलत काममा हात हाल्नेलाई दण्डित गर्छु ।

नयाँ सरकारको प्राथमिकताहरु के के छन् ?

हाम्रो पहिलो प्राथमिकता जनचाहना अनुसार सामाजिक सद्भाव कायम गर्दे राजनीतिक स्थिरताको साथमा सबैलाई साथ लिएर समृद्धि र विकासको दिशातर्फ अगाडि बढ्ने हो । यसका लागि योजनाहरु केही दिनमा सार्वजनिक हुन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x