चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
काठमाडौं, ४ फागुन — नेपालको ४१ औं प्रधानमन्त्रीका रूपमा बिहीवार केपी शर्मा ओली नियुक्त भएसँगै संघीयताको कार्यान्वयनको महत्त्वपूर्ण समय शुरू भएको रूपमा हेरिएको छ ।
पहिलो कार्यकालमा भारतीय नाकाबन्दीका विरुद्ध बलियो रूपमा उभिएको भन्दै चर्चामा रहेका ओली र उनको नेतृत्वमा बनेको केन्द्रीय सरकारले संघीय नेपालको आर्थिक व्यवस्थापन कसरी गर्लान् भन्ने धेरैको चासो छ ।
स्थानीय तहलाई बाटो आवश्यक दीपेन्द्रबहादुर क्षेत्री
स्थानीय तहको चुनाव सम्पन्न भएकै करीब एक वर्ष भइसकेको छ । स्थानीय जनप्रतिनिधिहरूको कार्यावधि छोटिन लाग्दा आफूले गर्ने कामबारे प्रस्ट हुन सकेका छैनन् ।
स्थानीय तहलाई बाटो देखाउने काम गर्न ओली सरकार लाग्नुपर्छ । स्थानीय तहलाई स्पष्ट मार्गदर्शन गर्नसके संघीयता र संघीय अर्थव्यवस्थाले एक खुट्किलो सफल रूपमा उक्लिएको मान्न सकिन्छ ।
संघीयताको सफल कार्यान्वयनमा यही सरकारको महत्त्वपूर्ण हात रहेकाले कैयौं चुनौती रहेका छन् । स्थानीय स्तरमा रहने विभिन्न कार्यालयहरू कसले बनाउने वा निर्माण गर्ने भन्ने अन्योल देखिन्छ ।
संघीयताको कार्यन्वयन अघिसम्म जिल्लाको मातहतमा रहेका विभिन्न सरकारी भवनहरू निर्माण तथा व्यवस्थापन अहिलेसम्म जिल्लाले गरिरहेको छ । ती सबै कार्यालयहरूलाई स्थानीय तहमा कसरी लैजाने, कसले लैजाने र कसरी निर्माण गर्ने भन्ने सबैभन्दा ठूलो चुनौती देखिन्छ ।
स्रोत पहिचानका चुनौती
पूर्वाधार निर्माणका लागि आगामी तीन आर्थिक वर्षमा आठ खर्बभन्दा बढी रकम खर्च हुने प्रक्षेपण गरिएको छ । यो आठ खर्ब रकमको स्रोतका लागि पनि सरकार गम्भीर भएर लाग्नुपर्छ ।
यो खर्च खासगरी स्थानीय तहमै लाग्ने खर्च हो, स्थानीय तहकै पूर्वाधार निर्माणमा लाग्ने खर्च हो ।
यो खर्चको स्रोत जुटाउन पनि गम्भीर चुनौती देखिन्छन् । स्थानीय तहले स्रोत पहिचान गर्नसक्ने अवस्था छैन । यो पनि यो सरकारको गम्भीर चुनौतीको रूपमा लिन सकिन्छ । यसबेलामा स्थानीय तह निर्माणका लागि स्पष्ट नीति निर्माणका लागि एक बलियो मध्यस्तकर्ताको रूपमा केन्द्र सरकारले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ ।
बोलेर मात्र पुग्दैन– हरि रोक्का
नेपाली राजनीतिमा काम गर्नेभन्दा बोल्नेहरू हाबी छन् । यसबाट केपी ओली पनि अछुतो छैनन् । सरकार गठनको तयारीमै रहेका बेला उनले कालोधनलाई सेतो बनाउने कुरा गरे । यसमा धेरैको ध्यान गयो । यसले एक हिसाबले उद्योग क्षेत्रमा एक किसिमको तरंग ल्यायो । कालो धनलाई सेतो बनाउने भन्ने कुरा गैरजिम्मेवार छ ।
यस्तो कुरा दोहो–याए उनको कार्यकालमा नराम्रो असर पर्नेछ । मनी लाउन्डरिङसम्बन्धी कानूनमा हामीले हस्ताक्षर गरेका छौं । त्योसँग बाझ्ने कुरा गरे हामी विश्व समुदायबाट बाहिरिन्छौं । यसले नेपाली अर्थतन्त्रमा ठूलो असर पर्नेछ ।
कुनै कुरा बोल्दा त्यो कुराको असर कस्तो पर्छ भन्ने कुरा ख्याल गर्नुपर्छ ।
ओलीले घोषणापत्रमा आधारित भएर काम गर्नुपर्छ किनभने घोषणापत्र हेरेरै जनताले उनलाई प्रधानमन्त्री कुर्सीसम्म पु–याएको सत्य हो ।
खुला बजार नीतिमा नेपाल अगाडि बढिरहेका बेला खुला बजारलाई कसरी विस्तारै नियन्त्रणमा ल्याउने र सरकारी लगानी बढाउने भन्ने कुरा निकै महत्त्वपूर्ण छ ।
यसका लागि गम्भीर अध्ययन भएको छैन । सरकारले मिथ्यांकमा भन्दा तथ्यांकमा विश्वास गर्नुपर्छ । त्यही आधारमा आर्थिक व्यवस्थापन गर्न सजिलो हुन्छ ।
समाजवादतिर उन्मुख हुन शिक्षा र स्वास्थ्यको पहुँचमा विशेष ख्याल गर्नुपर्छ ।
वाम घोषणापत्रमा भनिए जस्तै सहकारी र सामाजिक सहकार्यको विकास र विस्तारका लागि स्पष्ट योजना छैन । यसका लागि अध्ययन अनुसन्धानका लागि संस्थाहरू निर्माण भएका छैनन् । यसमा ख्याल गर्नैपर्छ ।
वाम दलहरुको घोषणापत्रमै भनिएको छ, आगामी पाँच वर्षमा १० लाख युवालाई रोजगारी दिइनेछ । यो पनि चुनौतीपूर्ण छ । अहिले नेपाली श्रमबजारमा वार्षीक पाँच लाख मानिस आइरहेका छन् । यिनीहरूलाई व्यवस्थापन गर्न औद्योगिक उत्पादनमा जोड दिनुपर्छ ।
कृषि उत्पादनमा वृद्धि र युवाहरूको सहभागितामा जोड दिनुपर्छ । यसका लागि कृषि पेशाको सम्मान र यो पेशामा गर्व गर्ने वातावरणको निर्माण गर्दै कृषिमा आधुनिकीकरणमा जोड दिनुपर्छ । विकास निर्माणमा नेपाली कम्पनीहरूलाई सहभागी बनाउनका लागि जोड दिनुपर्छ ।
नेपाली उद्योग क्षेत्रको उत्पादनलाई प्राथमिकता दिनुपर्छ । त्यस्ता सामाग्रीको बिक्रीवितरण तथा प्रयोग गर्ने नैतिक बाध्यता राख्नुपर्छ । नेपालका विभिन्न संघसंस्थाहरूमा नेपाली उत्पादन प्रयोगमा जोड दिने काम गर्नुपर्छ ।
तर यसो गर्दा बाहिरको लगानी कम आउने सम्भावना हुनसक्छ, यो पनि चुनौती हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...