×

NMB BANK
NIC ASIA

अमेरिकामा सामान्य बन्दैछ विद्यालयमा हुने गोलीकाण्ड

फागुन ४, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

वासिङ्टन, ४ फागुन - अमेरिकामा विद्यालयमा गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्यजस्तो हुदै गएको पाइएको छ । 

यस्ता डरलाग्दा घटनाहरु दोहोरिन थालेका छन् । जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा सोच्नुपर्ने भएको छ । 

अमेरिकाको फ्लोरिडामा अवस्थित एक विद्यालयमा बुधबार बन्दुकधारीले गोली चलाउदा कम्तीमा १७ जना विद्यार्थीको ज्यान गएको समाचार यहाँको पछिल्लो दुःखद समाचार हो । 

यसपछि अमेरिकी सञ्चारमाध्यमहरुले अमेरिकाका विद्यालयहरुमा ज्यान लिनेगरी भएका यस्तै दुःखद घटनाहरुको सूची सार्वजनिक गरेका छन् । 

उनीहरुले यसलाई अत्यन्तै दुःखद भन्दै यसको निराकरण नगर्ने होभने शिक्षण संस्थाहरु नै के कसरी सञ्चालन गर्ने हो भनेर सोच्नुपर्ने अवस्था आएको विश्लेषणसहितका समाचारहरु सम्प्रेषण गरेका छन् । 

स्थानीय प्रहरीले सो विद्यालयमा बुधबार भएको बन्दुक हमलामा परी १७ जनाको ज्यान गएको पुष्टी गरेको छ । प्रहरीकाअनुसार फ्लोरिडा राज्यको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनम्यान स्कुलमा सो गोलीकाण्ड भएको हो । 
यहाँ बन्दुक सजिलै उपलब्ध हुने कारणले गर्दा पनि यस्तो अवस्था आएको बताइन्छ । अमेरिकामा घर घरमा बन्दुक राख्नु पनि एउटा संस्कृतिजस्तै भएको छ । यसका कारण बन्दुक हमलाबाट हुने गरेका हत्याका घटनामा बृद्धि भइरहेको छ । 

कतिपय विश्लेषकहरुले यहाँको हत्या हिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको पनि अन्त्य हुनुपर्ने बताउने गरेका छन् । तर पनि सरकारी उच्च अधिकारी वा सत्तारुढ रिपब्लिकन पार्टीकै नीति निर्माताहरु बन्दुकमाथिको प्रतिबन्ध तत्कालै लगाउन सक्ने अवस्थामा छैनन् । 

यसले गर्दा विद्यालयजस्तो बालबालिका रहने र पवित्र स्थानमा पनि बन्दुकबाट हमला हुने र शिक्षा आर्जन गर्न पुगेका निर्दोष बालबालिकाहरु नै बन्दुकेहरुको शिकार हुने अवस्था आएको उनीहरुको भनाई छ । 

वास्तवमा यही दशकमै अमेरिकाका विभिन्न स्थानमा यस्ता हत्याका घटना भएका छन् । जस्तो कि सन् २००७ मा भर्जिनियामा भएको यस्तै गोलीकाण्डमा बन्दुकधारीले कम्तीमा पनि ३२ जनाको ज्यान लिएको थियो । 

त्यसैगरी सन् २०१२ मा पनि अमेरिकाको स्याण्डी हकमा एकजना बन्दुकधारीले यस्तै विद्यालयमा नै गरेको हमलामा परी २८ जनाको ज्यान गएको थियो । सो घटनामा मारिनेमा अधिकांश बालबालिका नै परेका थिए । 

त्यसैगरी गतवर्षको अक्टोबरमा भएको यस्तै बन्दुक हमलामा परी ६० जनाको ज्यान गएको घटना त विश्वव्यापी रुपमा नै निन्दनीय बन्यो । 

लास भेगासमा भएको सो हमलामा परी ६० जनाको ज्यानै गएको थियो भने अरु करिब ५०० जना नराम्ररी घाइते भएका थिए । यस घटना अमेरिकी इतिहासकै सबैभन्दा क्रुर र दर्दनाक मानिएको छ । 

क्रुजले स्वीकारे हत्या 

यसैबीच उक्त विद्यालयमा गोली हन्ने निकोलस क्रुज नाम गरेका विद्यार्थीले सो हत्याकाण्ड आफूले नै गरेको भनी स्वीकारेका छन् । उनलाई हिजो नै गिरफ्तार गरिएको छ । 

अमेरिकी प्रहरीले बुधबार उनीमाथि थप अनुसन्धान भइरहेको जनाएको थियो । प्रहरीले उनको साथबाट गोली र बन्दुक पनि बरामद गरेको थियो । 

सोही विद्यालयका १९ वर्षीय पूर्व विद्यार्थी रहेका क्रुजले किन गोली हानेका हुन् भन्ने बारेमा भने केही पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती विद्यार्थीलाई यसअघि सो विद्यालयबाट निकालिएको खुल्न आएको छ । तर गोली हान्नुपर्नाको कारणको नजिक भने प्रहरी पुग्न सकेको छैन । 

उक्त विद्यालयबाट निष्कासनमा परेका ती विद्यार्थीले सोही रिस पोख्न यस्तो गरेको हुनसक्ने अनुमान प्रहरीको छ । तर यसको पुष्टी भने भइसकेको छैन । 

पहिलो प्राथमिकता विद्यालय सुरक्षा– राष्ट्रपति ट्रम्प 

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने बताउनुभएको छ । 

उहाँले फ्लोरिडामा बुधबार भएको हत्याकाण्डपछि बिहीबार गर्नुभएको सम्बोधनका क्रममा सो प्रतिबद्धता व्यक्त गर्नुभएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ । 

उहाँले विद्यालयमा देखिएको यो असुरक्षाको अवस्थालाई हटाई शान्त र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्नपाउने अमेरिकी बालबालिकाको अधिकारको संरक्षणका लागि सरकारले सक्दो प्रयास गर्ने बताउनुभएको समाचारमा जनाइएको छ । 

राष्ट्रपति ट्रम्पले उक्त गोलीकाण्डमा परी ज्यान गुमाएका विद्याथीप्रति हिजो नै हार्दिक श्रद्धाञ्जलि व्यक्तगर्दै मारिएका बालबालिकाका परिवारजनमा समवेदना प्रकट गर्नुभएको थियो । 

आफ्नो ट्वीटर अकाउन्टमार्फत उहाँले बिहीबारै सम्प्रेषण गर्नुभएको सन्देशमा राष्ट्रपति ट्रम्पले कुनैपनि बालबालिका, शिक्षक वा अरू कसैले पनि अमेरिकी विद्यालयमा कहिल्यै असुरक्षित महसुश गर्न नहुने बताउनुभएको थियो । 

महासचिव गुथ्रेस स्तब्ध 

यसैगरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले उक्त गोलीकाण्डमा परी विद्यार्थीको ज्यान गएको घटनाले आफूलाई निकै स्तब्ध तुल्याएको बताउनुभएको छ । 

उहाँले बिहीबार प्रकाशन गर्नुभएको विज्ञप्तिमा सो जानकारी दिइएको छ । 

प्राप्त समाचारअनुसार उहाँले विद्यालयमा ज्ञान आर्जन गर्नजाने विद्यार्थीमाथि भएको यो हमलाको जुनसुकै शब्दले निन्दा गर्दा पनि थोरै हुन्छ भन्दै यसबाट आगामी दिनमा विद्यालय सुरक्षाको प्रत्याभूतिका लागि आग्रह गर्नुभएको छ । 

बालबालिका वा जो कोहीले पनि शान्तिपूर्वक बाँच्न वा विद्यालय जान पाउने अधिकार छ भन्दै त्यसको सम्मान गर्नु सबैको कर्तव्य भएको उहाँले बताउनुभयो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x