×

NMB BANK
NIC ASIA

जनकपुरधाम - रामनारायण ठाकुर मैथिली रंगमञ्चका एक सशक्त कलाकार हुन् । वरिष्ठ रंगकर्मी ठाकुर हास्य कलाकारका रुपले परिचित छन् । मञ्चमा उनको दृष्य आउने वित्तिकै दर्शकहरु उत्साहित हुन्छन् । उनको अभिनय, सम्वाद तथा बोल्ने प्रस्तुति वा अभिनय गर्ने कलाको जादुमा मन्त्रमुग्ध हुन्छन् दर्शकहरु । मञ्चमा अभिनय गरेर दर्शकलाई हसाउनु उनको खास कला त हुँदै हो तर, गम्भीर प्रकृतिका चरित्रहरुमा पनि उनको अभिनयले दर्शकहरुमा  विशेष किसिमको छाप छोड्न सफल हुन्छन् । 

Muktinath Bank

नाटक प्रति उनको त्याग र समर्पण यति सम्म छ कि नाटकका सामु उनले परिवार वा निजी जिवनलाई कहिल्यै प्राथमिकता दिएनन् । एक पटक धनुषाको पोरताहामा सडक नाटक गरी घर फर्केर आउँदा उनको आमा सत्यादेवी प्यारालाइसिस रोगले थला परेकी थिईन् । आमालाई जनकपुर अञ्चल अस्पतालमा भर्ना गराउँदा चिकित्सकहरुले घर लग्न सल्लाह दिए । अब बाँच्ने सम्भावना न्युन रहेको चिकित्सकले बताएपछि आमालाई घर लगे । उनी र उनका दाई लक्ष्मी ठाकुरलाई पनि लाग्न थाल्यो कि अब आमा वढी दिन रहने छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता आमा थला परेको थियो भने अर्को तर्फ पृथ्वी ज्यन्तीको अवसरमा काठमाण्डौमा प्रत्येक वर्ष हुने नाटक ‘सामा चकेवा’ मा अभिनय गर्नका लागि उनलाई जानु थियो । सबै कलाकारहरु बसमा चढी काठमाण्डौ प्रस्थान गरे तर, उनी आमाको स्याहारका लागि घर फर्के । दुई दिन पछि उनको आमाको देहान्त भयो । दाह संस्कार गरेर घर फर्किएर उनी काठमाण्डौ प्रस्थान गरे । नाटक गर्नकै लागि उनी काठमाण्डौ पुग्दा उनका सहकर्मीहरु पनि आश्चर्य चकित भए । काठमाण्डौमा नाटक गरेर उनी सबै कलाकारसँगै घर फर्किए । यसरी नाटक प्रति उनको समर्पण कति छ भनेर बुझ्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

एक पटक प्रज्ञा प्रतिष्ठानमा नाट्य महोत्सवमा सहभागी हुनु थियो । तर, त्यो बेला उनका बुवा सियाशरण ठाकुर पनि आफ्नो जीवनको उत्तरार्धमा थिए । उनले खानापानी सबै त्यागी सकेका थिए । अवस्था राम्रो थिएन । तर पनि रामनारायण ठाकुरले बुवाको माया मारेर नाटकलाई प्राथमिकता दिएका थिए । काठमाण्डौ पुगी नाटक महोत्सवमा सहभागी भई ‘प्रेत चाहे असौच’ नाटक मन्चन गरी विवाह पञ्चमीका दिन जनकपुर फर्के ।

Vianet communication
Laxmi Bank

फलफूल किनेर घर आउँदा टोलामा पनि सबैले ए रामनारायण आई पुगिस् । धेरै राम्रो गरिस भनेर भन्यो । बास्तवमा उनी घर पुग्दा उनको बुवाको श्वाँस चलिरहेको थियो । उनी पनि आफ्नो छोराको प्रतिक्षामा थिए । रामनारायणलाई हेर्ने वित्तिकै उनको बुवाको आँखाबाट आँसु झर्न थाल्यो । रामनारायणले आफ्नो बुवाको आँसु पुछे । त्यसको केही घण्टा पछि नै उनको देहान्त भयो ।

रामनारायणको भाउजु खजिनी देवी क्यान्सर रोगबाट ग्रस्त थिईन् । उनी विरामी भएका कारण धेरै पीडामा थिईन् । रामनारायणलाई विराटनगरको गुरुकुलमा नाटक मञ्चन गर्नु थियो । त्यस्तो अवस्थामा भाउजुलाई छोडेर नाटक गर्न जाने परिस्थिति थिएन । दाईले पनि नजा भनेर भनिरहेको थियो । तर, उनी विराटनगरका लागि प्रस्थान गरे । जिपमा चढेर जिरोमाईलसम्म पुग्दा उनले आँसुलाई थाम्न सकेनन् । मिनापका कलाकारहरुले रामनारायण रोएको पहिलो पटक देखेका थिए । अर्थात रामनारायण ठाकुरले आफ्नो परिवारका सदस्यहरु जीवन र मृत्युका दोसाँधमा रहेका बेला पनि उनले नाटकलाई नै वढी प्राथमिकता दिएका छन् । यसकारण पनि उनको नाटक प्रतिको लगाव र समर्पण प्रस्ट हुन्छ ।

नेपालको पहिलो मैथिली टेली फिल्म ‘मिथिलाक व्यथा’, काठक लोक, बाबा, शान्ति, कनियाँ पुत्रा, अन्हरजाली, सृष्टी, आमा २ लगायतका टेली फिल्महरुमा उनले अभिनय गरिसकेका छन् । यसका अतिरिक्त मैथिली नाटकहरु पुष जाढ की माघ जाढ, गाम नै सुतैय, ओकरा आँगनक बारहमासा, छुतहा घैल, ओ खाली मुह देखैछै, एक टुक्रा पाप, छमादान, ओरिजनल काम, प्रेत चाहए असौच, एकटा छल गदहा लगायतका दर्जनौं नाटकहरुमा उनले अभिनय गरेका छन् । त्यसैगरी मैथिली फिल्म आउ पिया हमर नगरी, छुटत नै प्रेमक रंग, मुखियाजी आदि फिल्ममा समेत ठाकुरले अभिनय गरेका छन् । 

यसका अतिरिक्त उनले एक हजार भन्दा वढी सडक नाटकहरु धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, रौतहट, पर्सा, सुनसरी लगायतका जिल्लाहरुमा गरेका छन् ।  रेडियो नाटक संगोरमा गहुँमलालको पात्रमा अभिनयमा हे गौ बाउ थेगो रहेको उनको अभिनय अत्यन्तै लोकप्रिय भएको थियो । त्यसै गरी अहिले रेडियो नाटक हिलकोरमा पनि हिला हिलाके भनी थेगो उनको मिथिलाञ्चल क्षेत्रमा निकै लोकप्रिय भएको छ  । 

महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सँगै उनले आमा २ टेलि फिल्ममा समेत काम गरेका छन् । अभिनय गर्न अगाडी आफ्नो डायलोग याद गर्नका लागि उनी खेत र चौरीमा गएर एक्लै रिहर्सल गर्ने गरेको उनले बताए । कमेडियन रोल गर्न रुचाउने उनी सिरियस रोलहरु गर्न पनि पछि पर्दैनन् । उनको अभिनयलाई सम्मान गर्दै रेडियो मिथिलाले चन्द्रकान्त पुरस्कार, रामानन्द युवा क्लबले राजनारायण सरस्वती पुरस्कार, मैथिल ब्राह्मण समाजले मिथिला गौरव सम्मान, मिथिला महोत्सव सम्मानले सम्मानित गरेका छन् । 

श्री कन्टिर झा नमुना मावि बभनगामा, लोहनामा पढ्न जाँदा उनी नाटक प्रति रुचि राख्न थालेका थिए । हुन त उनको बुवा सियाशरण ठाकुर लोक नाँचहरुमा नाच्ने गर्दथे । उनको बुवा पढेलेखेको नभएपनि कन्ठष्थै रामायण बाचन गर्न सक्थे । लोकनाँचको म्यानेजर रहेका उनको बुवालाई मानिसहरुले उस्ताद भन्ने गर्थे ।

त्यसैले पनि गीत गाउन रामनारायण बच्चा देखि नै सिपालु थिए । विद्यालयमा कुनै पनि सांस्कृतिक कार्यक्रम हुँदा उनी गित गाउँथे र पुरस्कारहरु जित्ने गर्थे । तर, सोही विद्यालयका शिक्षक तथा मैथिली नाटककार महेन्द्र मलंगियाले एक दिन रामनारायणलाई नाटकमा अभिनय गर्न हौस्याएपछि उनको रुचि नाटकमा पनि जाग्न थाल्यो । संजोग कस्तो भयो भने विद्यालयमा छमादान नाटक गर्ने तयारी भयो । मलंगिया सर हिरोको रुपमा चुनिए भने रामनारायणलाई हिरोइनको रोल र सुनिल मल्लिकलाई बच्चाको रोल दिइयो । पहिलो पटक नाटकमा उनले अभिनय गरेपछि दर्शकहरुबाट राम्रो फिडव्याक आएपछि उनले नाटकलाई नै अगाडी बढाउन कम्मर कसे । 

गीत र नाटकमा वढी ध्यान दिने गरेका कारण उनी एसएलसी परीक्षामा लगातार चार पटक अनुत्तिर्ण भए । पाँचौं पटकमा भने उनी पास भए । २०३५ सालको व्याचको विद्यार्थी भएपनि २०४० सालमा एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण भए । त्यसपछि काठमाण्डौको पुल चौक क्याम्पसमा सिभिल इन्जिनियरिङ गर्न गएपनि उनी इन्जिनियर त बन्न सकेनन् । पाँच वर्षमा सब ओभरसियर बनेर घर फर्के । सब ओभरसियर भएपछि विभिन्न परियोजनाहरुमा उनले काम त गरे तर नाटककै कारण उनले विभिन्न जागिरहरु पनि त्यागनु प-यो ।

४ भदौ २०१९ मा जन्मिएका रामनारायणको श्रीमती पवन देवी दुई छोरा र एक छोरी छन् । नाटककै लागि जागिरको परवाह नगरेका उनी नाटकबाट जीवन जिविका चलाउन गाह्रो भएको बताउँछन् । उनी भन्छन्, ‘आफ्नो पैत्रिक खेतबाट धान चामल नआएको भए जीवन चलाउन अत्यन्तै धौ धौ हुने थियो । राज्यले कलाकारलाई कहिल्यै पनि प्राथमिकतामा नराखेका कारण नाटककर्मीहरु यस क्षेत्रबाट रोजिरोटीको खोजीमा अन्यत्र पलायन भए । ’ 

अहिले आएर केही अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुले सडक नाटक वा रेडियो नाटकमा राम्रो पारिश्रमिक दिने गरेको भएपनि विगतमा कलाकारहरुको जीवन अत्यन्तै कष्टकर थियो । घरपरिवारले पनि नाटकमा सहयोग गरेको कारण घर परिवारले पैसाका लागि कहिल्यै पनि दवाव नदिएकै कारण आफु नाटकमै रहन सकेको उनी बताउँछन् । जनताले गरेको सम्मान र पहिचान सबै भेटेका कारण आफु मर्दा पनि मञ्चमै मर्न पाए हुन्थ्यो भन्ने उनको इच्छा छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x