×

NMB BANK
NIC ASIA

एमाले–माओवादी एकता शीर्ष मिलाउने, दोस्रो तह भाँड्ने

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

 काठमाडौं, ६ फागुन- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरणको प्रक्रियामा दोस्रो तहका नेताले पार्टीभित्र आफ्नो हैसियत कस्तो हुने भन्ने विषयलाई प्राथमिकतामा राखेका कारण टुंगोमा पुग्न सकेको छैन ।

Sagarmatha Cement
Muktinath Bank

दोस्रो तहका नेताले पार्टी एकता सफल पार्नुभन्दा पनि पार्टी एकतापछि आफ्नो ‘पोजिसन’ के रहने भन्नेबारे टुंग्याउनुपर्ने भन्दै सैद्धान्तिक तथा वैचारिक विषय अघि सारेर एकतामा अड्को थापेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई पार्टीबीच एकताका लागि आधारभूत विषय टुंगो लाग्न नसक्दा माओवादीले सरकारमा मन्त्रीहरू पठाउन रोकेर राखेको छ । गत बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली माओवादीको समर्थनमा प्रधानमन्त्री हुँदै सानो आकारको मन्त्रिपरिषद् विस्तार गरे पनि एकताको विषय नटुंगिएको भन्दै माओवादी केन्द्र सहभागी भएन ।


Advertisment
Nabil box
Kumari

एकताको विषय टुंगो लागेपछि मात्रै सरकारमा सहभागी हुने माओवादीले अडान राखेपछि दुई अध्यक्षबीच शनिबार पुनः गोप्य छलफल भएको छ । दुई अध्यक्षले आज (आइतबार) एकता संयोजन समितिको बैठकबाट सहमति खोज्ने प्रयास गरेका छन् ।

Vianet communication
Laxmi Bank

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच गत सोमबार र मंगलबार भएको समझदारी बुधबार बसेको पार्टी संयोजन समितिको बैठकमा भने दोस्रो तहका नेताकै कारण टुंगोमा पुग्न सकेन ।

दुई अध्यक्षबीच दुवै जना पार्टीको हिस्सा बराबर रहने गरी संयन्त्र बनाउने र एकले सरकारको नेतृत्व गर्दा अर्को स्वतः पार्टीको कार्यकारी अध्यक्ष रहने, त्यसमा आलोपालो सरकारको नेतृत्व गर्ने, जनताको बहुदलीय जनवाद (जबज) र माओवाद दुवैलाई सम्मान गर्दै मिलेका विषय अहिले टुंग्याउने र बाँकी विषय महाधिवेशनमा संश्लेषण गरेर जाने समझदारी भएको थियो ।

पार्टी संयोजन समितिको गत बुधबार बसेको बैठकमा भने एमाले दोस्रो तहका नेताले जबजलाई छाड्न नसकिने भन्दै मार्ग निर्देशक सिद्धान्तका रूपमा उल्लेख गर्नुपर्ने अडान राखेका थिए ।

एमाले नेताले जबजलाई मार्ग निर्देशक राख्नुपर्ने मागमा माओवादीले अस्वीकार गरेको थियो । माओवादी नेताले जबज राख्ने भए माओवाद पनि मार्ग निर्देशक सिद्धान्तका रूपमा राख्नुपर्ने अडान राखेका थिए ।

दुई अध्यक्ष निरन्तर छलफल जारी राख्दै एकताको टुंगो लगाउने पक्षमा देखिए पनि दोस्रो तहका नेता भने एकतापछि आफ्नो पोजिसन अहिले नै मिलाउन भन्दै असहयोगी भूमिकामा देखिएका हुन्, राजधानी दैनिकमा खबर छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x