×

NMB BANK
NIC ASIA

दमकल नहुँदा समस्या, आगलागीबाट वर्षेनी करोडौंकाे क्षति

फागुन ६, २०७४

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

कपिलवस्तु, ६ फागुन- स्थानीय तहमा दमकल नहुँदा समस्या देखिएको छ । जिल्लाको दश स्थानीय तहमध्ये तीन वटा नगरपालिकामा मात्र दमकल छन् भने तीन नगरपालिका र चार गाउँपालिकामा दमकल नहुँदा समस्या देखिएको हो । 

हावाहुरीको मौसम शुरु भएकोले हुन सक्ने आगलागी नियन्त्रणका लागि दमकलको अभाव खड्कीएको छ । जिल्लामा वर्षेनी आगलागीका सयौँ घटना हुने गरेका छन् । आगलागीबाट वर्षेनी करोडौं मूल्य बराबरका सम्पत्तिसमेत नष्ट हुने गरेको छ भने मानवीय क्षतिसमेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । 

वाणगंगा, कृष्णनगर र कपिलवस्तु नगरपालिकाबाहेक अन्यमा दमकल छैनन । ९३ हजार घरधुरी र ६ लाखभन्दा बढी जनसंख्या रहेको यस जिल्लामा दमकल भने जम्मा तीन वटा मात्र छन् । हावाहुरी चल्ने, आगलागी हुने समय शुरु भएको हुँदा स्थानीय तहमा दमकल नहुँदा कतै आगलागी भएको खण्डमा समयमै नियन्त्रण गर्न नसक्दा थप क्षति हुने देखिन्छ ।

Muktinath Bank

गत वर्ष मात्र कपिलवस्तुमा आगलागीबाट ४५० भन्दा बढी घरगोठ जलेर नष्ट भएका थिए भने ६ जना भन्दा बढीको मृत्यु भएको थियो । गत साल सबैभन्दा बढी शिवराज, महाराजगञ्ज नगरपालिका, विजयनगर गाउँपालिकामा आगलागीका घटना भएका थिए । हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गर्दछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले पुनः गर्मीयामसँगै हावाहुरीको मौसम शुरु भइसके पनि स्थानीय तहले यसबारे आवश्यक चासो लिएका छैन । जननिर्वाचित प्रतिनिधिहरूसमेत आगलागीका सम्भावित घटना न्यूनीकरणतर्फ गम्भीर देखिएको पाइएको छैन । 

आगलागी नियन्त्रणका लागि स्थानीय तहमा पर्याप्त स्रोत साधनको अभाव छ । कुल ९३ हजार घरधुरीमा जम्मा ३ वटा दमकल सञ्चालनमा छन् । विलासी गाडी खरिद गर्ने, भाडामा लिएर चढ्ने र अन्य सवारी खरिद गरेका स्थानीय तहले दमकल खरिदमा भने त्यति चासो देखाएको पाईँदैन् ।


Advertisment
Nabil box
Kumari

सबैभन्दा बढी फुसको कच्ची घर भएका विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकाले दमकल खरिद गरेका छैनन् । कृष्णनगर, कपिलवस्तु र वाणगंगामा सञ्चालित दमकललाई आवश्यक सेवा लिनका लागि कुनै सम्झौता वा आर्थिक अनुदानसमेत उपलब्ध गराएका छैनन । 

निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरेका छन् भने कतिपयले दैनिक चारदेखि ६ हजारसम्म भाडामा गाडी चढिरहेका छन् तर विगतदेखि नै ठूलो समस्याका रूपमा रहेका आगलागी तथा अन्य प्राकृतिक प्रकोप न्यूनीकरणतर्फ भने कुनै बजेट विनियोजन गरेको पाईदैन् । 

आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागी घट्ना न्यूनीकरणका लागि नगरपालिकाहरूले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप छ । दमकल खरिद गर्न शिवराज, महाराजगञ्ज, बुद्धभूमि नगरपालिकाले चासो नदेखाएको स्थानीयवासी बताउँछन् । 

शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आवश्यक बजेट तथा जनशक्ति अभावले खरिद गर्न नसकेको बताउनुभयो । दमकल खरिद गरेर परिचालन गर्ने र राख्ने स्थानसमेत नभएकाले तत्काल योजना नबनाएको उहाँले बताउनुभयो । ‘आगलागीका घटना हुँदा छिमेकी कृष्णनगर नगरपालिकाको दमकलबाट सेवा लिइरहेका छौँ’, उहाँले भन्नुभयो । 

तर कृष्णनगरले सेवा दिएवापत शिवराज नगरपालिकाले हालसम्म केही नदिएको बताएको छ । कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले दमकल व्यवस्थापन र मर्मतका लागि विजयनगर गाउँपालिका तथा शिवराज, महाराजगञ्ज नगरपालिकाले रकम सहयोग नगर्दा सञ्चालनमा समस्या परेको बताउनुभयो ।

Vianet communication
Laxmi Bank

कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विमल आचार्यले बजेट अभावले दमकल सञ्चालनमा समस्या आएको बताउनुभयो ।  दमकलका लागि चाहिने इन्धन मर्मत खर्च पर्याप्त नहुँदा समस्या परेको उहाँको दाबी छ । बुद्धभूमि महाराजगञ्ज नगरपालिका तथा यशोधरा, शुद्धोधन र मायदेवी गाउँपालिकाहरूले समेत दमकल प्रयोग गर्ने तर मर्मत र इन्धन खर्च दिएका छैनन । 

वार्षिक बजेट विनियोजन गर्दा दमकल सञ्चालनमा रकम छुट्याउने गरे पनि पछि अन्य शीर्षकमा खर्च गरिने स्रोतको दाबी छ । ठूलो नगरपालिका क्षेत्रमा एउटा दमकल व्यवस्थापनका लागि वार्षिक रु २० लाख आवश्यक पर्ने आचार्यले बताउनुभयो । 

जिल्ला समन्वय समितिले पनि दमकल खरिद गर्न तथा आगलागीका घटना न्यूनीकरण गर्न स्थानीय तहले आवश्यक योजना बनाउनुपर्ने बताएको छ । सबै नगरपालिका तथा गाउँपालिकाले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्नी नियन्त्रण योजना, आपतकालीन सन्देश प्रवाह पद्धतिबारे नयाँ योजना ल्याउन आवश्यक रहेको स्थानीय समन्वय अधिकारी चन्द्रकान्त न्यौपानले बताउनुभयो । 

नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत रहेकाले सबै स्थानीय तहलाई तत्काल दमकल खरिदको प्रक्रिया थाल्न न्यौपानेले आग्रह गर्नुभयो । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x