×

NMB BANK
NIC ASIA

देउवा सरकारका मन्त्रीले गाडी फिर्ता गरेनन्, ‘थुतेरै’ ल्याउने गृहको तयारी

फागुन ६, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ६ फागुन– इतिहासकै सबैभन्दा बढी (६४ सदस्यीय) मन्त्रिमण्डलको नेतृत्व गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेका छन् । देउवाले राजीनामा दिएको घोषणा गरेको केही समयमै नयाँ प्रधानमन्त्रीका रुपमा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिबाट शपथ ग्रहण गरेर कार्यभार समेत सम्हालिसकेका छन् । 

Muktinath Bank

ओलीले शुक्रवारै २ मन्त्रीलाई पनि शपथ ग्रहण गराएका थिए । एमाले र माओवादी केन्द्रको (वाम गठवन्धन)ले एक–दुई दिनमै नयाँ मन्त्रीको पनि टुंगो लगाउने तयारी गरेको छ । अबको एक सातामा मन्त्रिमण्डलले पूर्णता पाउने एमाले–माओवादीका नेताहरुको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिंहदवारमा नयाँ मन्त्रीको स्वागतका लागि विभिन्न मन्त्रालयका कर्मचारीहरु तयारी अवस्थामा छन् । तर गृह मन्त्रालयका कर्मचारीमा भने अलग्गै छटपटी छ, नयाँ मन्त्रीका लागि गाडी व्यवस्था गर्न । 


Advertisment
Nabil box
Kumari

देउवा सरकारका ४४ जना मन्त्रीमध्ये अधिकांशले गाडी फिर्ता गर्न नमान्दा गृहका कर्मचारीहरु नयाँ मन्त्रीलाई कसरी सवारी साधनको व्यवस्था गर्ने भन्ने अन्यौलमा छन् । 

Vianet communication
Laxmi Bank

‘सवै निवर्तमान मन्त्री ज्यूहरुलाई शुक्रवार नै गाडी फिर्ता गर्न नोटिस दिइसकेका छौं,’ गृहमन्त्रालयका सह–सचिव इश्वर पौडेलले भने, ‘नोटिसमा ७ दिन भित्रको म्याद दिएका छौं । उहाँहरुले समयमै फिर्ता गर्नुभएन भने थुतेर पनि ल्याइन्छ ।’

मन्त्रीले प्रयोग गर्ने मुख्य (झण्डावाल) गाडीको व्यवस्थापन गृह मन्त्रालयले गर्छ । मन्त्रीले आफ्नो मन्त्रालयबाट समेत गाडी लिने गरेका छन् । 

‘आफ्नो मन्त्रालयबाट लिएका गाडीहरु उहाँहरुले मन्त्रालयमा नै फिर्ता गर्नु हुन्छ,’ सह–सचिव पौडेलले भने, ‘गृह मन्त्रालयले दिएको (झण्डावाल) गाडी अनिवार्य रुपमा गृह मन्त्रालयमा नै ७ दिनभित्र फिर्ता गर्नुपर्छ । नभए हामीले जहाँ भेट्टायो त्यतैबाट थुतेर ल्याउँछौं ।’

मन्त्रीको झण्डावाल गाडीमा गृह मन्त्रालयले नै खटाएका चालक हुने भएकाले निर्वातमान मन्त्रीले नचाहेमा पनि गाडी फिर्ता गर्न कुनै अप्ठेरो नभएको उनको भनाइ छ । 

मैल त फिर्ता गरिसके: केसी 

निर्वतमा युवा तथा खेलकुद मन्त्री एवम् कांग्रेस नेता राजेन्द्र केसीले शुक्रवार नै गाडी फिर्ता गरिसकेको बताए । ‘अरुको थाहा भएन, मैले भने प्रधानमन्त्री ज्यूले राजीनामा दिएको दिन नै मन्त्रालयमा गाडी बुझाइ सकेको छु,’ केसीले लोकान्तरसँग भने, ‘अहिले क्वार्टरबाट घरमा सामान सार्दै छु । भोलि (सोमवार)सम्म घरमा सरिसक्छु ।’

कांग्रेस नेता केसीले पदबाट हटिसकेपछि गाडी ओगटेर बस्नु राम्रो नभएको पनि बताए । ‘पदबाट हटिसकेपछि गाडीको लोभ गर्नु राम्रो हैन,’ केसीले भने, ‘मन्त्री हुँदा प्रयोग गरेको गाडी सधैंभरिलाई पनि हैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x