×

NMB BANK
NIC ASIA

प्रमुख समाचार : ओली-प्रचण्ड वार्ता ‘सहमतिनजिक’, १९ हजार कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

फागुन ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ७ फागुन– प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनयता पार्टी एकता र सत्ता समीकरणका बारेमा दैनिक वार्ता भएको छ । दुई अध्यक्षबीच भएका वार्ता सहमति नजिक पुगेको बताइएको छ । 
दुई अध्यक्षबीचको एकल छलफल वैचारिक विवादलाई थाती राख्दै तत्काल अन्य विषय मिलाएर जानेतर्फ सकारात्मक देखिएको हो । एमाले र माओवादी केन्द्र वैचारिक विवादलाई महाधिवेशनसम्म छलफल गर्दै लैजाने सहमतिको नजिक पुगेका हुन् ।
सोमबार वाम एकता संयोजन समितिले निष्कर्ष निकाले माओवादीले मंगलबार आफ्नातर्फबाट सरकारमा मन्त्री पठाउने सम्भावना छ । पछिल्ला छलफलमा आधारित रहेर निष्कर्षमा पुग्न सोमबार एकता संयोजन समितिको बैठक बस्ने सम्भावना छ । त्यही बैठकमा औपचारिक सहमति भए माओवादी मंगलबार सरकारमा सहभागी हुनेछ । 
एमालेले अघि सार्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको एक्काइसौं शताब्दीको जनवादको विषयमा दुई दलबीच कुरा मिल्न सकेको छैन । प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डले आइतबार व्यापारी दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा झन्डै ४ घण्टा छलफल गरेका थिए । 
छलफलमा दुवै अध्यक्षले सरकार विस्तारमा ढिलाइ भए नकारात्मक सन्देश जाने भन्दै सकेसम्म छिटो टुंग्याइहाल्नुपर्ने धारणा व्यक्त गरेका थिए । ओलीले माओवादीबाट मन्त्री नपठाउँदासम्म मन्त्रिपरिषद् विस्तार नगर्ने भन्दै दाहाललाई सहमति गरिहाल्न आइतबारको बैठकमा जोड दिएका थिए ।

Muktinath Bank

कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण– भ्रष्टाचार निवारण ऐन २०५० को दफा ५० बमोजिम १९ हजार १३४ कर्मचारीले तोकिएको समयमा सम्पत्ति विवरण बुझाका छैनन् । निजामती कर्मचारी चार हजार ५२५, शिक्षक ११ हजार ४५५, नेपाली सेना एक हजार ४४५, नेपाल प्रहरी ११३ तथा अन्य क्षेत्रका एक हजार ५९६ कर्मचारीले तोकिएको समयमा आफ्नो र परिवारको नाममा भएको सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । 
ऐनमा आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र कर्मचारीले आफ्नो र परिवारका नाममा भएको सम्पत्ति विवरण केन्द्रमा बुझाउनुपर्ने व्यवस्था छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश ६ मा मन्त्रिपरिषद् विस्तार– प्रदेश नं ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता साझेदार दल नेकपा (एमाले) र (माओवादी केन्द्र)बीच मन्त्रालयको भागबण्डा नमिल्दा रोकिएको मन्त्रिपरिषद् विस्तारलाई मुख्यमन्त्री शाहीले मुख्यमन्त्री नियुक्त भएको चार दिनपछि आइतबार विस्तार गरेका हुन् ।
मुख्यमन्त्री शाहीले नेकपा (माओवादी केन्द्र)का तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयमा जुम्लाका सांसद नरेश भण्डारी र भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयमा रुकुमकी सांसद विमला केसीलाई मन्त्री पदमा नियुक्त गरेका छन् । त्यस्तै नेकपा एमालेका तर्फबाट सल्यानका सांसद प्रकाश ज्वालालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुर्खेतका सांसद खड्ग खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, डोल्पाका सांसद नन्दसिंह बुढालाई उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र हुम्लाका सांसद दल रावललाई सामाजिक विकास मन्त्रालयको मन्त्रीमा नियुक्त गरिएको छ । 


Advertisment
Nabil box
Kumari


आदेशको स्वागत– नेपाल पत्रकार महासंघले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सर्वोच्च अदालतले सरकारका नाममा दिएको अन्तरिम आदेशको स्वागत गरेको छ । पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न सरकारका नाममा आदेश माग गर्दै दिएको रिट निवेदनमाथि आइतबार प्रधानन्यायाधीश गोपाल पराजुलीको इजलासले अन्तरिम आदेश दिएको हो । 
सर्वोच्च अदालतले ‘विज्ञापनको समानुपातिक वितरण प्रणालीसम्बन्धी निर्देशिका, २०६९’ अविलम्ब कार्यान्वयन गर्नु, गराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको छ । 

Vianet communication
Laxmi Bank

औषधि आपूर्ति प्रभावकारी भएन– मानव अधिकार आयोगले सस्तो र सुलभ दरमा औषधि आपूर्तिको व्यवस्था प्रभावकारी रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले विज्ञप्ति जारी गर्दै औषधि आपूर्तिको व्यवस्था प्रभावकारीरूपमा सञ्चालन गरी भविष्यमा उपभोक्ता अधिकारलाई सीमित गर्ने किसिमको बजार गतिविधिलाई तत्काल नियन्त्रण गरेर उपभोक्ताको अधिकारको पूर्णतः सम्मान र संरक्षण गर्ने प्रभावकारी व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् । 
आयोगले आवश्यक हस्तक्षेप तथा नियमन गर्न सरकारलाई निर्देशनसहितको पत्राचार गरिसकेको छ । 

पूर्व राजाको प्रश्न– पूर्व राजा ज्ञानेन्द्र शाहले निर्वाचन गर्नु मात्र प्रजातन्त्र नभएको भन्दै वर्तमान राजनीतिक व्यवस्थामाथि नै प्रश्न उठाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले २०६३ बैशाख ११ पछि भएको राजनीतिक परिवर्तनको समीक्षा गर्ने बेला आएको बताए ।
प्रजातन्त्रलाई संस्थागत गर्ने वा समस्या समाधान खोज्ने क्रममा भएका सहमति, समझदारीमा देशको गौरव बढाउने विषयले प्रथमिकता नपाएको उनको गुनासो छ । 

प्रदेश खबर– प्रदेश नं ६ को मन्त्रिपरिषद्को पहिलो बैठकले २१ वटा निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले कर्णालीका डोल्पा र हुम्ला जिल्लामा सडक पु¥याउने पहिलो प्राथमिकता बनाएको छ । 
प्रदेश ५ को उपसभामुखमा पूर्वकम्लहरी कृष्णी थारु निर्वाचित भएकी छन् । थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् । उपसभामुख पदमा थारुसँग नेपाली काँग्रेसकी रिना नेपाल विकले पनि उम्मेदवारी दिएकी थिइन् । प्रदेश ५ मा सभामुखले कार्यव्यवस्था समिति गठन गरेका छन् ।
प्रदेश नं ७ को उपसभामुखमा निर्वाचित निर्मला बडाल (जोशी) ले  पद तथा गोपनीयताको शपथ लिएकी छिन् । 
प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसहित अन्य मन्त्रीले पदबहाली गरेका छन् । 
प्रदेश नं ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा (एमाले)का प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित भएकी छन् । शर्मासँग नेपाली काँग्रेसका तर्फबाट मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाका तर्फबाट पियारी थापाको उम्मेदवारी परेको थियो ।

वडाध्यक्षको मृत्यु– पूर्वी चितवनको रत्ननगरस्थित शान्तिचोकमा आइतबार साँझ सवारी दुर्घटना हुँदा खैरेनी नगरपालिका वडा नं ५ का वडाध्यक्ष ४० वर्षीय विश्वविजय बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा परी सोही नगरपालिका वडा नं ४ का वडाध्यक्ष ४५ वर्षीय नरेन्द्र अधिकारी र सोही नगरपालिका वडा नं १२ निवासी नगरपालिकाका गाडी चालक २८ वर्षीय राजकुमार अधिकारी गम्भीर घाइते भएका छन् । 
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनकारीअनुसार पूर्वबाट रत्ननगरतर्फ आउँदै गरेको ना ३ च ९८४० नं को तरकारी बोकेको पिकअप भ्यानले टाँडीबजारबाट पूर्वतर्फ जाँदै गरेको खैरेनी नगरपालिकाको बा २ झ १३४४ नंको सरकारी गाडीलाई ठक्कर दिएको हो ।

विदेशका खबर– इरानको मध्यभागमा रहेको पहाडी क्षेत्रमा विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु भएको छ । विमानमा ४ जना चालक दलका सदस्य, दुई सुरक्षाकर्मी र ६० जना यात्रु सवार थिए । 
राजधानी तेहरानबाट यासुज जाँदै गरेको एसमान एअरलाइनस्को विमान दुर्घटना भएको हो । विमान २० बर्ष पुरानो रहेको बताइएको छ । 

खेल खबर– नेपाल प्रहरी हेटौँडामा जारी तेस्रो हेटौँडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । विजय युथ क्लबलाई ३–० ले पराजित गर्दै प्रहरीले अन्तिम चारमा स्थान पक्का गरेको हो । 
प्रहरीका लागि अविशेक रिजालले ११ औँ र ४० औँ मिनेटमा गरी दुई गोल गरे भने तेस्रो गोल रवि पासवानले ५९ औँ मिनेटमा गरे । मनोज विष्ट रातो कार्ड पाउँदै बाहिरीएपछि विजय युथ १० खेलाडीमा सिमित भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x