×

NMB BANK
NIC ASIA

सन्दर्भ- प्रजातन्त्र दिवस

प्रजातन्त्र स्थापना गर्न गुरिल्ला तालिम लिएर यसरी रेल गाडी कब्जामा लियौं

फागुन ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

निरगुन यादव

Muktinath Bank

मेरो जन्म विक्रम सम्बत १९७२ सालमा धनुषाको नरहिया मनिपट्टी गाउँमा भएको हो । मेरो बुवाको नाउँ लगनी यादव र आमाको नाउँ सम्ती यादव हो । मेरो तीन जना छोराहरु र एक छोरी छन् । जेठो छोराको नाउँ हिमालय यादव, माइलो छोराको नाउँ साहित्यानन्द यादव र छोरीको नाउँ विणा यादव हुन् । तेस्रो कान्छो छोराको नाउँ क्रान्ति यादव हो । क्रान्ति नाम किन परेको हो भने २०१७ सालको क्रान्तिको बेलामा उसको जन्म हिन्दुस्तानमा भयो । त्यहाँ सुवर्ण शम्सेरजीले क्रान्ति नाम राखिदिनु भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रामचन्द्र अधिकारी, मनमोहन अधिकारी र नरोत्तम अधिकारीको बुवा हुनुहुन्थ्यो । रामचन्द्र अधिकारी सरकारी काठमहलको सुब्बा भएको हुनाले सरकारी कामको लागि अर्थात रेलको पटरी निर्माण र मकान निर्माणका लागि जंगलका सखुवा कटाउने जिम्मा थियो । उहाँले मेरा बुवालाई चौधरीको पद दिएर लकडी कटवाउने कामको सम्पुर्ण जिम्मा दिनु भयो । सुब्बा साहव आफ्नो परिवारसाथ सधै मेरा बुवाको घर आउनुहुन्थ्यो । मेरा बुवा  र सुब्बा साहवको राम्रो मित्रता थियो । त्यसैकारण सुब्बा साहव म संग राम्रो कुरा गर्नूृ हुन्थ्यो । मेरा बुवा जयनगरमा काठको ओहरदोहर गराउने काम गर्नुहुन्थ्यो । म पनि आफ्नो बुवासँग ओहरदोहर गर्थे ।


Advertisment
Nabil box
Kumari

त्यही समयमा राजनीतिले गर्दा भागेर आएका रुद्र प्रसाद गिरी र सरोज प्रसाद कोइराला जयनगरमा बस्नुभएको थियो । उहाँहरुसँग मेरो बराबर राजनीतिक कुराहरु हुनथाल्यो । सरोज कोइरालाको हातबाट २००४ सालमा राष्ट्रिय कांग्रेसको सदस्यता लिएँ । त्यसपछि मैले पार्टी संचालनका लागि चन्दा संकलन गरी रुद्र प्रसाद गिरीलाई सहयोग गर्ने काम गर्थे । केही महिना पछि सरोज प्रसाद कोइरालाजी जेल पर्नु भयो । रुद्र प्रसाद गिरी बराबर मसंग पत्र व्यवहार गर्नूहुन्थ्यो । एक समयमा रुद्र प्रसाद गिरीको पत्र आयो, तुरुन्त तपाई रुपैयाँ लिएर जयनगर आउनुस । मिटिङ हुन्छ । म पत्र पाउनासाथ जयनगर जाने क्रममा खजुरी स्टेशन पुगें । त्यहाँ गाडीमा धेरै पुलिसहरु थिए ।

Vianet communication
Laxmi Bank

म रेल गाडीको डिब्बामा गएर बसें । म वसेको ठाउँमा पुलिस पटक पटक आउन जान लागेकोले शंका लागिसकेको थियो कि मलाई पुलिसले समात्ने छ । हिम्मतले सहास गरेर बसीरहें । खजुरी स्टेशनमा गाडी पुग्दा पुलिस इन्सपेक्टर बद्री प्रसादले मलाई रेलबाट ओरालेर स्टेशनमा लग्यो । कहाँ जान लागेको भनेर उनले म सँग सोधे ? मैले भने जयनगर । म तपाईको खोज तलासी गर्छु भनेर भन्यो । मैले भने गर्नुस् । खोज तलासी गर्दा रुद्र प्रसाद गिरीले मलाई पठाएको चिठ्ठी, २ सय रुपैयाँ मसँग फेला प-यो । चिठ्ठीले गर्दा मेरो दिमाग वडा गम्भीर भयो । म अच्चभित भएँ । मलाई के विश्वास थियो भने मैले त्यो चिठ्ठी घरमै छोडेर आएको छु । मेरो साथमा त्यो चिठ्ठी छैन् । पुलिस इन्सपेक्टरले त्यो चिठ्ठी हेर्दा मलाई धेरै नराम्रो सँग व्यवहार ग¥यो । अब यो चिठ्ठीले तपाईलाई त जलेश्वर जेल पुगाउँछ भनेर उनले भने । मैले भने ठिक छ पठाइदिनुस् । 

जलेश्वर जेलबाट फरार

मलाई जलेश्वर जेल पु-यायो । त्यहाँ वडा हाकिम राम शम्शेर रहेछन् । मलाई उहाँको जिम्मा लगाईदियो । चिठ्ठी हेरेर मलाई तुरुन्त जलेश्वर जेल पठाइदियो । जेलमा तलमाथि हात खुट्टामा नेल (जंजिर) हालेर मलाई जलेश्वर जेलमा पठाइदियो । जेलमा मलाई सोरा भएको ठाउँमा राखिदियो । त्यसकारण केही दिनमै मेरो जिउमा फफोला निस्कयो । त्यो हेरेर कैदीहरुपनि आश्चर्यचकित थिए । उनीहरुलाई पनि के थाहा थियो भने म राजनीतिको कारण जेलमा आएको हो । कतिपय कैदीले मलाई पहिलेदेखि पनि चिनेका थिए । त्यसैले जेलका कैदीहरुले मसँग धेरै राम्रो व्यवहार ग¥यो । जेलमा तुल्सीको बोट रोपेर पूजा पाठ पनि गर्थे ।

२००४ सालको जेलपछि २००६ सालमा म जेलबाट भाग्छु, जेलमा बसेर केही फाइदा छैन् । बाहिर गएर प्रजातन्त्र विरोधी दुश्मनहरुलाई परास्त पार्छु भन्ने अठोट लिएर भाग्ने मन बनाएँ । अब भाग्ने कसरी ? धेरै बेला सम्म सोचें । होलीको दिन थियो । जेलका सबै कैदीलाई रुपैयाँ खर्च गरेर रक्सी र मासुको व्यवस्था गरिदिएको थिएँ । किन भने मलाई भाग्नु थियो । मस्तसँग सबै खाएर सुते । त्यही राति १२ बजे डिएन परियारको सहयोगमा हामी दुवै जना १८ फिट उचाई भएको जेलको पर्खालबाट धोतीको डोरी फन्याएर जेलबाट फरार भयौं । हामी भागेको खबर पाएर जेलका पहरेदारहरुले आकाशमा बन्दुकको गोली छोड्न थाल्यो । ती बेला हामीहरु खेतै खेत लुकदै सडकको छेउमा सुरसंडसम्म पुग्यौं ।

बन्दुकको राजनीतिको शुरुवात

सितामढीमा हथकडी कटाएर हामी दरभंगा पुग्यौं । त्यहाँ गएपछि हामी आफ्नो साथी रुद्र प्रसाद गिरीसँग भेट ग¥यौं । हामी उनको घरमा दुई दिन वास बस्यौं । पछि हामी विश्वेश्र प्रसाद कोइरालासँग भेट गर्न जोगबनी पुग्यौं । त्यहाँ मात्रिका बाबु हुनुहुन्थ्यो । तर, विशेश्वर प्रसाद कोइरालाज्यू भेट हुनुभएन । बाहिर जानुभएको थियो । मात्रिका बाबुले भन्नुभयो यहीं बस्नुस, दुईचार दिन पछि उहाँ आउनुहुन्छ । दुई चार दिन पछि पनि उहाँ नआएपछि मात्रिका बाबुको फोन आयो । खबर आयो कि हाम्रो पार्टी राष्ट्रिय कांग्रेस र डेमोक्रेटिक पार्टी महेन्द्र बीर विक्रम साहको कलकतामा मिटिङ हुन्छ ।

त्यसैले आफ्नो आफ्नो पार्टीको प्रतिनिधि लाई लिएर कलकता पुग्नुस भनेर फोन मार्फत उहाँले भन्नुभयो । त्यसपछि म र गिरीजी जयनगर पुगें । तर, जयनगरमा हामीलाई कुनै साथी फेला परेनन् । निराश भएर म कलकतामा पुगें । कलकतामा जम्मा साथीहरुमध्ये ५०/६० जना साथीहरु मात्र रहेछन । महाविर शमशेरको घरमा मिटिङ भयो । साथीहरुको व्यवस्था सुवर्ण शमशेरज्यूले गर्नुभएको थियो । तिन चार दिनसम्म मिटिङ चल्यो । तिनमा निर्णय भयो कि दुबै पार्टी हटाएर नेपाली कांग्रेस पार्टीको नाउँ राख्नु प¥यो । उक्त निर्णय सर्वसम्मतले पारित भयो ।

उक्त पार्टीको सभापति मात्रिका प्रसाद कोइराला र डेमोके्रटिक पार्टीको अघिकै झण्डा चार तारा राख्ने निर्णय भयो । त्यहाँबाट आ(आफ्नो इलाकामा फर्कि आदेश अनुसार काम गर्ने निर्देशन भयो । मसँग विपी कोइरालाले कुरा गर्नूभयो । मैले भने अब म झण्डा लिएर काम गर्दिनँ । बन्दुक लिएर काम गर्छु । 

भारतीय समाजवादी नेता लोहियासँगको सम्पर्क

कलकताबाट फर्केर जयनगर आएँ । बन्दुक अनुसार संगठन गर्न थाले । १५ दिन पछि विपी कोइराला जयनगर पुग्नुभयो । उहाँले म सँग भेटेर सोध्नुभयो । तिम्रो संगठन कस्तो छ मलाई देखाऊ । मैले भने महिनाथपुर जानुपर्छ । उहाँले भन्नुभयो म जान्छु । मैले आफ्नो घरबाट हात्ती मगाएँ । विपी कोइरालालाई हात्तीमा चढाएर म र रुद्र प्रसाद गिरी रातोरात महिनाथपुर पुगें । पंडित गुनेश्वर झाको घरमा बास बस्यौं । त्यहाँ मैले आफ्नो साथीहरुलाई बोलाएर विपी कोइराला समक्ष लडाईको कुरा गरें । साथीहरुको कुरा सुनेर विपी कोइराला धेरै खुसी हुनुभयो ।

विपी कोइरालाले भन्नुभयो निरगुन जीले जस्तो भन्नु हुन्छ त्यसतै गर्नु । त्यहाँबाट विपीले मलाई लिएर दिल्ली पुग्नुभयो । भारतीय समाजवादी नेता डा.राममनोहर लोहियासँग सम्पर्क गराउनु भयो । विपीले लोहियासँग मेरा बारेमा लडाई लडने तरिका, बम बनाउने तरिका र गोली गठ्ठा चलाउने सम्बन्धमा प्रशिक्षणको लागि भन्नु भयो ।

बम्बईमा गुरिल्ला युद्धको तालिम

 त्यसपछि लोहिया र विपी सँगै म पटना पुगें । पटनामा उहाँहरुले मलाई सोसलिस्ट पार्टीका नेता बसावन सिंहको जिम्मा लगाइदिनु भयो । लोहिया जीले वसावन सिंहलाई भन्नुभयो( निरगुन जीलाई गोरिल्ला युद्ध गर्ने तरिका, बन्दुक चलाउने र बम बनाउने तरिका सिकाउन के के गर्नुपर्छ गर्नुस् । बसावन सिंहले मलाई बम्वई टे«निङहलमा लग्नुभयो । उहाँले ट्रेनिङ दिने साथीहरुलाई मेरो बारेमा भन्नुभयो कि उहाँलाई राम्ररी तालिम दिएर म कहाँ फर्काइ दिनुहोला । मैले चार महिना सम्म त्यहाँ तालिम लिएर निपुण भएँ ।

तालिम सकेपछि म फर्केर पटना आएँ । बसावन सिंहलाई आफ्नो टेूनिङका कुरा सुनाए र देखाएपनि । उहाँ धेरै खुशी हुनुभयो । मलाई भन्नु भयो अब जाउ, विपी कोइरालासँग भेटेर जे गर्नुपर्छ गर । म जयनगर आएँ । पार्टीको आदेशको प्रतिक्षामा थिएँ । जयनगरबाट दरभंगा र पटना साथीहरुसँग भेटन बारम्बार जान्थे । 

सशस्त्र जनक्रान्ति गर्ने घोषणा

२००७ साल कार्तिक २६ गते पार्टीले देशैभरी प्रजातन्त्र स्थापनाका लागि सशस्त्र जनक्रान्ति गर्ने घोषणा ग¥यो । विपी कोइरालाले पटनामा मलाई भन्नुभयो पार्टीले निर्णय गरेको छ । तपाई बोर्डर किनारमा जे जे गर्नुपर्छ गर्नुस् । अब क्रान्ति गर्नुप¥यो । फर्केर आउँदा सोसलिस्ट पार्टीका नेता देवनारायण यादव गृहमन्त्री मसँगै जोकि आइपुग्यौं त्यहाँका साथीहरुलाई बोलाएर सम्झाई बुझाई भन्नुभयो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यानको बाजी लगाउने निरगुन जीलाई तपाईहरु सहयोग गरेर नेपाल भित्र क्रान्तिमा भाग लिनुस् । साथीहरुबाट सहयोगको आश्वासन पाएपछि देवनारायण यादव आफ्नो घर जानुभयो । 

खजुरी थाना माथि आक्रमण

भोली पल्ट नै म त्यहाँबाट १२/१३ जना साथीहरुलाई लिएर खजुरी थाना माथि आक्रमण गरें ।  मैले त्यहाँको इन्सपेक्टरलाई थाना भित्र पसेर ७ नाल राइफल र धेरै गोलीहरु (कारतुस) फेला पारें । साथीहरुले त्यो बन्दुक लिएर गोली फायर गर्न थाले । मैले इन्सपेक्टरको रिभलबर झिकेर आफ्नो हातमा राखें । त्यहाँ भएको पुलिसहरु भाग्यो । साथीहरु त्यहाँ नारा लगाउन थाल्यो । नाच्न गाउन थाले । गाउँलेहरु पनि आए । हामीलाई लाग्यो प्रहरी आउँदैछ र हिन्दुस्तान तर्फ लाग्यौं । सुरक्षित ठाउँमा बन्दुक र गोलीहरु राखेर म सानदाई विपीसँग  भेटन पटना पुगें । सबै कुराहरु उहाँलाई बताए । विना हातहतियार लडाई लडेर प्रहरीको हतियार लुटेकोमा उहाँले मलाई बधाई दिनुभयो । कलकताबाट विद्यार्थीहरु त्यहाँ आए । विद्यार्थी मध्ये सुरेशमान जोशी, नारायण प्रसाद, बनारसी महत्तो, मनमोहन अधिकारी सहित सात जनालाई विपीले मेरो साथ लगाईदिनुभयो । 

रेल गाडी कब्जा

हामी जयनगर आयौं । खजुरी थाना लुट्दा जिल्ला भर जय जयकार  भएको थियो । मैले उक्त कुरा थाहा पाएपछि धेरै खुसी भए र मेरो जोश झन बढ्यो । म र रुद्र प्रसाद गिरीले नेपाली रेल गाडीलाई कब्जा गर्ने विचार गर्यौं । म जोंकी महिनाथपुर पुगें । हामीलाई भेटन जिल्लाबाट धेरै साथीहरु आउन थाल्यो । म र गिरी विचार गरें कि भोली रेल गाडी आफ्नो अधिनमा लिनुपर्छ । नेपालका साथीहरुलाई भेट गर्न पठाएँ । साथीहरु आइपुग्नु भो । खजुरी थाना लुट्ने साथीहरुले कलकताबाट आएका विद्यार्थीहरुलाई लिएर महिनाथपुर स्टेशन नजिक बोर्डर किनारमा बसेका थिए । उनीहरु रेल आउने बाटो कुर्न लागे ।

ठिक समयमा रेल गाडी स्टेशनमा आईपुग्यो । मैले एक जना साथीलाई रेलमा कति जना पुलिस छन् हेर्न पठाए । दुई जना पुलिस रेलमा रहेको कुरा थाहा पाएँ । सबैलाई साथ लिएर मैले आफ्नै नेतृत्वमा रेलका पुलिस, गार्ड, टिटी र डूाइभरलाई आफ्नो कब्जामा लिए । मैले भने तिमीहरु मेरो कुरा मान नत्र गोली हान दिन्छु । मेरो हातमा रहेको रिभलवर देखेर सबैले हात माथि उठाएर समर्पण गरे । उनीहरुले भने हजुरको आदेश मानेर म रेल चलाउछु । मैले भने ठिक छ । अब तिमीहरु स्टेशनको कोठामा गएर बस भनेर मैले भने पछि तिनीहरु सबै जना स्टेशन घरमा गए । जनताहरु इन्कलाव जिन्दावाद ! राणा शाही मुर्दावादको नारा लगाउन थाले ।

यात्रुहरुलाई मैले भने तपाईहरुलाई अहिले निकै कष्ट भइरहेको होला तर, जनतालाई शोषण गर्ने प्रजातन्त्रको हत्यारा निरंकुश जहानिया राणा शासनलाई जरैबाट उखेलेर फ्याक्ने र देशमा प्रजातन्त्रको बहाली गरी समाजवादी व्यवस्था ल्याउने मेरो उद्देश्य रहेको छ । मेरो संघर्ष तपाईहरुसँग नभएर राणा सरकार सँग छ । त्यसैले तपाईहरु चित्त नदुखाउनुस् । त्यसपछि यात्रीहरुलाई मैले आग्रह पुर्वक भने तपाईहरु आफ्नो आफ्नो घर गइहाल्नुस् । यो गाडी अब कहिँ जाँदैन । यात्रीहरु आ(आफ्नो घर तिर लागे । 

रेल गाडीको इन्चार्ज काजी साहवलाई बनाइयो

रेल गाडीलाई मैले कब्जामा लिएका कारण जिल्लाभरि नै मेरो चर्चा हुन थाल्यो । मैले साथीहरुसँग विचार गरे कि रेललाई यहाँ राख्न ठिक हुँदैन । खजुरी लिएर जानुपर्छ । दुई घण्टा पछि रेल गाडीलाई खजुरी लगे । रुद्र प्रसाद गिरीसँग बिचार गरेको थिए कि खजुरी पुगेर तपाईलाई फोन गर्छु र अनि तपाई आउनु होला । फोन गरेपछि तुरुन्तै गिरी जी टूली चढेर खजुरी आउनु भयो । नारायण काजी साथीसँगै आए । उहाँले रेल कब्जाको कुरा सुनेपछि हातमा लामो तलबारको साथ आइपुगेका थिए । इन्कलाव जिन्दावाद ! नेपाली कांग्रेस जिन्दावाद ! राणा साही मुर्दा वाद ! नाराका साथ जुलुस लाग्यो । म सँग काजी साहवले हातमा हात मिलाए । मैले भने काजी साहव अब तपाई रेल गाडीको इन्चार्ज बन्नुस र उहाँले स्वीकार गर्नु भयो ।

जनकपुरमा मनेजरी अड्डामा आगजनी

जिल्ला भरी नै राणा विरोधी आवाजहरु गुञ्जिन थाल्यो । चौकीहरुबाट पुलिसहरु आ(आफ्नो सामान लिएर जलेश्वर भाग्न लागे । क्रान्तिकारी साथीहरुसँग विचार गरी रेललाई जनकपुर लग्ने निधो भयो । रुद्र प्रसाद गिरीले सबै साथीहरुलाई लिएर रेलमा चढ्नु भयो । गाडी खजुरी स्टेशनबाट खुल्यो र जनकपुर पुग्यो । म आफ्नो हातमा बन्दुक लिएर क्रान्तिकारी साथीहरुसँगै जनकपुर बजारमा पुगें । दोकानदारहरु हामीलाई देखेर धेरै खुशी भए । हामी जनकपुर घुमेर मनेजरी अड्डा पुग्यौं । र अड्डा पनि कब्जामा लियौं ।

गरिब जनता, मजदुर, किसान कर्जा लिन बाध्य हुन्थे । समय समयमा राणा सरकारले मालपोत पनि वृद्धि गथर््यो । जनताको आर्थिक अवस्थालाई कमजोर पारी त्यस्ता मालपोत तिर्ने कागजातहरु त्यही अड्डा भित्र रहेका कारण ती सबै कागजसहित अन्य सरसमानहरुमा पनि मैले आगो लगाई दिए । सबै जलेर भष्म भयो । अड्डाको सुब्बा हेमबहादुर रहेछ । उहाँलाई समाति पेस्तोल देखाई मैले भने तिमीलाई गोली हान दिन्छु । उहाँ रुन थाल्नु भयो । मैले उनलाई राणा साही मुर्दावाद ! भन्न लगाए । उसले त्यो कुरा भन्यो पनि । 

जनसरकारको प्रहरी प्रमुखमा नियुक्त

यस किसिमले देशैभरी २००७ सालमा जनक्रान्तिको लहर फैलियो । र, राणाहरुको निरंकुश शासन समाप्त भयो । जनक्रान्तिमा जनकपुरलाई कब्जा गरेपछि नेपाली कांग्रेसले स्थानिय जनसरकारको स्थापना ग¥यो । जनसरकारको प्रहरी प्रमुख मलाई बनाइयो । देशमा राजाले २०१४ सालसम्म सम्पुर्ण अधिकारहरु आफ्नो हातमा लिएका थिए । देशमा संविधान बनेको थिएन । राजाले शासनका बागडोर आफ्नो हातमा लिएका थिए । राजाको नियत खराब थियो । 

टिकट लिन इन्कार

२०१४ सालमा नेपाली कांग्रेसले भद्र अवज्ञा आन्दोलन शुरु ग¥यो । देशमा आन्दोलनको गति तिब्र भएपछि राजाद्वारा २०१५ सालमा महा निर्वाचन गर्ने तिथीको घोषणा गर्नुभयो । राजाद्वारा २०१५ साल फागुन ७ गते चुनाव गराउने घोषणा भयो । चुनावमा पार्टीको उम्मेदवारी तय गर्न विपी कोइरालाको अध्यक्षतामा एउटा संसदीय समिती बनेको थियो । चुनावको लागि कसलाई टिकट दिने निर्णय गर्न विपीले सरोजवाबुको घर ब्रह्मपुरीमा कार्यकर्ताहरुको मिटिङ बोलाउनु भयो । त्यस मिटिङमा करिब ५०÷६० जना कार्यकर्ताहरु उपस्थित भएका थिए । विपीले भन्नुभयो, यस क्षेत्रबाट कसलाई टिकट दिने ? रामनारायण मिश्रले भन्नुभयो, धेरै बलियो विरोधि सँग मुकाविला गर्न हामीले तराईकै मान्छेलाई उठाउनु पर्छ । यो यादवहरुको बाहुल्य क्षेत्र रहेकोले कुनै यादवलाई नै टिकट दिनु पर्छ ।

विरोधीहरुले सामन्ती प्रभावशाली राजपुत जमुना प्रसाद सिंहलाई उठाएको थियो । त्यसैले यादवलाई नै टिकट दिने कुरा उठ्यो । त्यसैले टिकटको लागि मेरो नाम सिफारिस गरियो । मैले आफ्नो नाउँ सुन्ने वित्तिकै भने सरोजबाबुको ही टिकट मिल्ना चाहिये । क्यँुकि हमलोग जितने भि कार्यकर्ता हैं उनके ही बनाए है । जातके आधार पर टिकट देना है तो नेपाली कांग्रेसको क्यूँ बनाया आपने ? विपीले विचार गरेर सरोजबाबुलाई नै टिकट दिनुभयो । चुनाव भयो र देशमा नेपाली कांग्रेसको पुर्ण बहुमत भन्दा वढी सिट आयो । विपी प्रधान मन्त्री बन्नु भयो । 

राउत गुवारबाट यादव

हिन्दुस्तान प्रवेश गर्दा मेरो नाउँ निरगुन राउत गुवार थियो । हिन्दुस्तानका मान्छेहरु त्यो नाउँ सुनेर हाँस्थे । त्यसैबेला देखि म राउत गुवार हटाएर आफ्नो नाउँमा यादव राखें । हिन्दुस्तान बाट नेपाल आएपछि जिल्लाका सम्पुर्ण राउत गुवारहरुको सम्मेलन गराई केही निर्णयहरु गराएँ । राउत गुवार हटाएर थरमा यादव राख्ने, मासिक कर्म एक महिना गर्दा धेरै कष्ट हुने हुनाले त्यसलाई द्वादश कर्म १५ दिनमा गर्ने, विवाहमा दाइजो नलिने, रु.२ लिएर विवाह गर्ने,विवाह भइसके पश्चात आफ्नो इच्छाले दाइजो दिन सक्ने, विवाहमा ११ जना ज्यन्ती मात्र जाने, विवाहमा नाच गान वाजाहरु नगर्ने, यादव महिलाहरु दुध वेच्न नजाने लगायतका निर्णयहरु गरें । मैले अखिल नेपाल यादव संघको गठन गरें । उक्त संघको महाधिवेशनका लागि विपीलाई बोलाउने विचार गरें । परवाहा रेल्वे स्टेशनमा महाधिवेशन गर्ने निर्णय भयो । विशेश्वर बाबु रेल चढेर परवाहा स्टेशन आउनु भयो । विशेश्वर बाबुको भाषण पछि यादव समुदाय खुशी भए ।

राजा महेन्द्र विरुद्ध आन्दोलन 

२०१७ सालमा राजा महेन्द्रले नेपाली कांग्रेसका नेताहरुलाई समातेर जेलमा राख्न थाले । देशमा हाहाकार मच्यो । मैले आफ्नै गाउँ नरहियामा अखिल नेपाल यादव संघको मिटिङ राखें । मिटिङ पुराना पोखरको डिलमा पिपलको रुख मुनि राखिएको थियो । त्यसैबेला जनकपुरबाट रुद्र प्रसाद गिरीले एकजना साथीलाई म कहाँ पठाएका थिए । त्यो साथीले मलाई एकान्तमा लगेर देशको अवस्थाबारे जानकारी गराए । सुनेर म आश्चर्य चकित भएँ । मुझे जरुरी काम से जनकपुर जाना होगा भनेर मिटिङ छोडेर जनकपुर आए । जनकपुरमा गिरीजीसँग भेट भयो । अरु साथीहरु बाहिर गइसकेकाले भेट हुन सकेन । 

मैले गिरीसँग सोधे ‘अब क्या करना होगा ? जल्द से जल्द कहिये । हमलोग भी भाग चले’ भनेर गिरीले भन्नुभयो । मैले भने ठिकै छ । 

विपी, सुर्यप्रसाद उपाध्याय र गणेशमान सिंह लगायतका नेताहरु गिरफ्तार भए । सुवर्ण जी सैनिक काण्ड हुनुभन्दा पहिले भारत गईसक्नुभएको थियो । गिरीले मलाई भन्नुभयो, आप तबतक चलिए, फलाने जगह पर रहियेगा । मै श्याम गिरीसे भेट करकर आता हु । मैले रुद्र गिरीले भनेको ठाउँमा धेरैसमयसम्म प्रतिक्षा गर्दा पनि उनी आएनन । मलाई लाग्यो उहाँले मलाई धोका दिनु भयो । रात परिसकेको थियो । म बोर्डर क्रश गरी जोंकी गाउँमा साथी पशुपति झाको घरमा वास वसे । विहानै पख म जयनगरका लागि प्रस्थान गरे । जयनगरको उछाल टोलमा हाम्रो परिवारहरुसँग रामनाथ यादवको दोस्ती थियो । म उहाँकै घरमा पुगिहाले । रामनाथ ज्यूले मलाई देख्नेवित्तिकै आँलिङगन गरी भन्नुभयो रातमे कहाँ ठहरे थे ? मैले सबै कुरा सुनाए । 

भारतको जयनगरमा मिटिङ

२००६ सालमा जेलबाट भागेर भारत गएको थिए । मेरो दाई महन्थ यादवले उहाँँकै घरमा मेरो लागि एउटा कोठा बनाउनु भएको थियो । त्यतिबेला पनि म त्यही रहने गर्थे । खाना पनि रामनाथजीमै खान्थे । 

जयनगर स्टेशन जाने मेरो दैनिक काम थियो किनभने नेपालबाट आउने साथीहरुसँग भेट गर्थे । साथीहरुलाई पनि मलाई देखेपछि साहस र हिम्मत वढ्छ । यस प्रकारले दुई र तिन नम्बरका पहाडका साथीहरु आउन लागे । आउने साथीहरुमा पदम शंकर अधिकारी, बलबहादुर राई, सवर्धन राई, रिवान मनि, भिम वहादुर तामाङ, उदयपुरको डम्बर बहादुर थापा गरी ५०/६० जना साथीहरु थिए । सबै साथीहरुको वस्ने र खाने व्यवस्था गरें ।

महोत्तरी जिल्लाबाट चिन्ता हरन सिंह, महेन्द्र नारायण निधि, बलराम नायक, बोध प्रसाद,ठाकुर प्रसाद ढुङगाना, दिगम्बर झा, मकेश्वर सिंह, महाविर शर्मा, योगेश्वर शर्मा, ज्ञानी शंकर गिरी, भोज राज घिमिरे, देवनारायण झा, कपिलेश्वर झा, राजेन्द्र झा, राजेन्द्र पाण्डे, रुद्र नारायण झा, जलन्धर यादव, रामचन्द्र सिंह, नागेन्द्र सिंह, दुर्गा नन्द झा, अरविन्द ठाकुर, मदन सहगल, मुरली भुषण, कृष्ण वहादुर कार्की, र काठमाण्डौबाट तिन चार दिनमा सरोज प्रसाद कोइराला,सुरेशमान जोशीहरु जयनगर आइपुग्नुभयो । जयनगर स्टेशनमा यसरी साथीहरु आ(आफ्नो इलाकाबाट आउनु भयो । 

महेन्द्र नारायण निधि पुर्वाञ्चल क्षेत्रको कमाण्डर नियुक्त

केही दिनमै जनरल सुवर्ण शमशेर जीले सबै साथीहरुलाई पटनामा मिटिङ गर्न बोलाउनु भयो । नेपालबाट भागेर आउनुभएका सबै साथीहरु पटना पुग्नु भयो । खाना र वस्ने व्यवस्था सुवर्ण जीले मिलाउनु भयो । मिटिङ तिन दिनसम्म चल्यो । मिटिङमा उहाँले राजाका बारेमा बताउनु भयो । सुवर्ण पक्राउ हुनुभन्दा तिन दिन अगाडी नै कलकता आइपुग्नुभएको थियो । मिटिङमा राजा सँग संघर्ष गर्ने कुरा भयो । विशेश्वर बाबुले नेपाली कांग्रेसको सभापति सुवर्ण शमशेरजीलाई बनाई दिनु भयो । तत पश्चात सभापतिले केन्द्रिय कार्यसमितिको गठन गर्नु भयो ।

राजा सित लडाई लडनको लागि संघर्ष समिति बनाउनु भयो । जो सर्वसम्मतिबाट स्वीकृत भयो । ५ क्षेत्रबाट ५ वटा कमाण्डर चुनियो । जसमा मध्य पुर्वाञ्चल क्षेत्रबाट कमाण्डर महेन्द्र नारायण निधिलाई बनाइयो । मलाई पुलिस कमाण्डरको जिम्मा दिइयो । वैठक पुर्ण रुपले सम्पन्न भइ हाल्यो । सभापति सुवर्ण शमशेरज्यूले साथीहरुलाई तपाईहरु आफ्नो इलाका वा क्षेत्रमा गएर कुराहरुलाई इमान्दारी पुर्वक पालना गर्नुस, भनेर भन्नुभयो । साथीहरु वडो खुशीका साथ आफ्नो इलाकामा जानुभयो । 

महेन्द्र नारायण निधि ज्यान बचाउन स्वदेश फिर्ता

राजा महेन्द्रलाई पटनामा नेपाली कांग्रेसले गरेका मिटिङको बारेमा थाहा भइहाल्यो । राजा महेन्द्रले आह्वान गर्नुभयो । जो व्यक्ति देश छाडेर वाहिर जानुभएको छ त्यो १५ दिन भित्र आफ्नो ठाउँमा फिर्ता आएर शान्तिपुर्वक बसे उनीहरुमाथि कारवाही मुद्दा माफ गरिदिन्छु । राजा महेन्द्रको आदेश सुनेर पटना वैठकमा रहेका साथीहरु मध्ये केही साथीहरु नेपालमा प्रवेश गर्नु भयो । मैले जयनगर स्टेशनमा जनकपुर तर्फ जाने रेल गाडीमा महेन्द्र नारायण निधिलाई चढेको देख्दा भने, निधिजी कहाँ जा रहे है ? उनहो ने कहाँ नेपालके भितर घर जा रहा हुँ । मैले भने पटना मिटिङ के वात भुल गए आप ।

निधि जीले भन्नु भयो आप नेपाल नहि चलेगे । नेपाली कांग्रेसको छोडकर मै नेपाल नहि जाउँगा भनेर मैले भने । ठिक है आप रहिये । निधिजीले भन्नु भयो र उहाँ जानु भयो । निधिजीलाई हेरेर बोध प्रसाद जी, दिगम्बर झाजीहरु पनि नेपाल जानुभयो । नजाने साथीहरुमा सरोज प्रसाद कोइराला, सुरेशमान जोशी, चिन्ताहरन सिंह, दुर्गा नन्द झा, अरविन्द ठाकुर, ज्ञानी शंकर गिरी, मदन सहगल, मुरली भुषण, महाविर शर्मा, जुगेश्वर शर्मा, लगायतका व्यक्तिहरु हुनुहुन्थ्यो । 

नरहियामा राजा महेन्द्रको पुतला दहन

केही दिन पछि नेपाली कांग्रेसले नेपालमा निमुख दिन कालो दिवस मनाउने निर्णय ग¥यो । उक्त निर्णय पछि साथीहरु नेपाल आए । म र साथी ठाकुर प्रसाद ढुङगाना नेपालमा आएँ । नरहियामा हामी दुवैजना पुग्यौं । त्यहाँ पुरना पोखरीको डिलमा चार गाउँबाट आएका मानिसहरुसँगै राजा महेन्द्रको पुतला कालो रंगमा रंगिएको थियो । 

ठिक चार बजेको समयमा हामीले पुतलामा मट्टीतेल छर्केर आगो लगाई दियौं । राजा महेन्द्र मुर्दावाद ! विशेश्वर बाबुको रिहा करो ! आदि नारा लगाइएको थियो । म र ठाकुरजीले राम्रो संग भाषण पनि ग¥यौं । 

नरहियामा प्रहरीद्वारा लुटपाट

दुई दिन पछि मान वहादुर एसपी मिलेटूी लिएर नरहिया गाउँलाई धेराउ ग¥यो । पुरै गाउँमा नेपाल कांग्रेसको झण्डा फहराइरहेको थियो । पुलिसले गाउँका मानिसलाई समातेर मारपिट शुरु गरेको थियो । मानिसहरु भाग्न थाल्यो । मेरो परिवार पनि बच्चाहरुलाई लिएर जयनगर भाग्यो । एसपीले तीन चार दिनसम्म मेरो गाउँलाई घेराउ गरेको थियो । मेरो घरको सम्पुर्ण सम्पत्तिहरु प्रहरीले लुटेर वैल गाडीमा लादेर जनकपुर लग्यो ।

मेरो घरमा ताला लगाइदियो । मेरो घरमा कोइ पनि प्रवेश नगर्ने भनेर सूचना टाँसि दियो । ५÷६ जनालाई समातेर परवाहा स्टेशन लगियो । जदु यादव र सुखदेव यादवलाई पिपलको रुखमा उल्टा लटकाएर खुट्टामा डोरीले बाँधेको थिया । झुन्डीरहेका यादवको मुखको मुनि आगो लगाई दियो । टाउकोको कपाल जलेर मुखबाट -याल निस्किरहेको थियो । त्यतिकै बेला रेल गाडी स्टेशनमा आइपुग्यो । दुवैजनाको पुलिसले गरिरहेको निरममता पुर्वक यातनालाई हेरेर रेलका यात्रुहरुमा हाहाकार मच्यो । मरनासन्न अवस्थामा पुगेपछि दुवैजनालाई जनकपुर अस्पतालमा भर्ना गराइयो । दुई महिना पछि घाँउ निको भएपछि उनीहरुलाई प्रहरीले छोडि दियो ।

सबैला थानामा आक्रमण

 नेपाली कांग्रेसले कलकताको मिटिङमा निर्णय ग¥यो कि जो साथी नेपालको जुन इलाकामा छन् त्यही ठाउँबाट राजा विरुद्ध लडाई लडेर थाना चौकीहरु जलाउने र बन्दुकहरु लुटेर लग्ने । लडाई सुरु भईहाल्यो । म पनि साथीहरुलाई लिएर नेपालमा प्रवेश गरी हाले । साथीहरु सुरेशमान जोशी, मदन सहगल, जंगली नदाफ, दाजु महन्थ यादव, जलन्धर यादव, परशुराम मानन्धर र बाहिरका साथीहरुलाई लिएर सबैला थाना पुगें । राति १२ बजेको समय थियो । १२÷१३ जना पुलिसहरु कोठामा थिए । 

म बडो होसियारी पुर्वक उनीहरुको कोठा बाहिरबाट बन्द गरेर पुलिसहरुलाई थुनिदिए । अर्को कोठामा बन्दुकहरु थियो । बन्दुक रहेको कोठाको गेट बन्द थियो । मैले गेट तोडेर उक्त कोठामा प्रवेश गरे । ४ बन्दुक र एक रिभलबर गोली सहित लुटेर बाहिर आए । त्यतिकैमा पुलिसहरु जागिहाल्यो । मेरो साथीहरु सावधान भईहाल्यो । साथीहरु मेरो नाम लिएर हल्ला गर्न थाल्यो । किनभने पुलिस निरगुनको नाउँ सुनेर डराउँछन् भन्ने साथीहरुलाई लागेको थियो । र, भयो पनि त्यस्तै । मेरो नाउँ सुन्ने वित्तिकै पुलिसहरु डरले बाहिर निस्केनन् । मैले सोचे, पुलिसलाई मार्नु हुँदैन । पुलिसलाई मैले छोडिदिएँ । लुटेको बन्दुक र रिभलवर लिएर साथीसँगै हिंडिहाले । र, जयनगर पुग्यौं ।

(नेपालको १ सय ४ वर्षको जहानियाँ राणा शासन विरुद्ध २००७ सालको क्रान्तिका तत्कालिन धनुषा महोत्तरी कमाण्डर ‘निरगुन यादव’ को ९८ वर्षको उमेरमा ६ माघ २०७० मा निधन भयो । नेपाली कांग्रेसका संस्थापक नेता निरगुनले तत्कालिन राजा महेन्द्रको ‘शाही कू’ का विरुद्ध ०१७ सालको जनक्रान्तिमा समेत अग्र स्थानमा भुमिका निर्वाह गरेका थिए । दुवै क्रान्तिमा उनले कसरी लडाई लडे ? निरगुनले आफ्नै हातले लेखेको स्मरण जस्ताको तस्तै प्रस्तुत गरिएको छ । प्रस्तुती : अजय अनुरागी 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x