×

NMB BANK
NIC ASIA

*'मोस्ट वान्टेड' मनोज पुन भारतको गोवाबाट पक्राउ

फागुन ७, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

*क्षमायाचना
नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका गुण्डा नाइके मनोज पुन पक्राउ परेको समाचार असावधानीबस र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) तथा नेपाल प्रहरी स्रोतले दिएको गलत सूचनाका आधारमा सम्प्रेषण भएकोप्रति हामी क्षमाप्राथी छौं । प्रहरीको आधाकारिक निकायले पुन अहिले पक्राउ नपरेको र खोजी कार्य जारी रहेको जानकारी दिएको छ । सिआईबी प्रमुख प्रहरी नायव महानीरिक्षक (डिआईजी) पुष्कर कार्कीले पुन हालसम्म पक्राउ नपरेको लोकान्तरलाई बताए ।

Muktinath Bank

असावधानीबस प्रहरीका जिम्मेवार अधिकारीबाट प्राप्त गलत सूचनाका आधारमा सम्प्रेषण भएको समाचारले आम पाठकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्राथी छौं ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

–सम्पादक


Advertisment
Nabil box
Kumari

काठमाडौं, ७ फागुन– प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका मनोज पुनलाई प्रहरीले पक्राउ गरेको छ । 

Vianet communication
Laxmi Bank

हत्या, चन्दाअसुली लगायतका अभियोग लागेका पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टालीले भारतको गोवाबाट सिआइबीले नियन्त्रणमा लिएको हो । 

पुनलाई फागुन ६ गते गोवाबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जानकारी दियो । रुपन्देहीका  डीएसपी पवन कुमार भट्टरार्इले भने आफूलाई पुन समातिएको बारे जानकारी नभएको बताएका छन् । 

पुनले रुपन्दैहीमा दुई व्यवसायीको हत्या गरेका थिए । त्यस्तै उनले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए । 

को हुन् मनोज ?

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी र एमाले कार्यकर्ता बसन्त पौडेलको हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा राजनीतिक कार्यकर्ता थिए । 

सुरुमा माओवादी कार्यकर्ता रहेका उनी केही समय युवा संघमा प्रवेश गरेका थिए । युवा संघमा प्रवेश गरेर पनि उनी नसुध्रिएको भन्दै युवा संघले करिब ५ महिनामै कारवाही गरेर उनलाई निकालेको थियो । सोही बेलाको रिसिवि फेर्न यसरी हत्या गरेको हुनसक्ने केहीको अनुमान छ । 

देवदह न।पा। ६ का बर्ष २९ को मनोज पुन भन्ने मनोज बुढा मगरको समुहले पछिल्ला वर्षहरुमा चन्दा आंतक मच्चाउदै आएको गुनासो बढ्दै गएको थियो । मनोज यी हत्या भन्दा अगाडि संगठित अपराध, हातहतियार खर खजना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीले जनाउदै आएको छ ।

गत वर्ष २०७३ पुस ४ गते भएको एमालेको युवा संगठन युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको निष्कर्षमा प्रहरी पुगेको थियो । त्यसअघि ०७२ चैत ६ गते पनि दुर्गालाई २ वटा गोलि प्रहार गरिएकोमा उनी बचेका थिए ।  त्यतिबेला पनि मनोजकै संलग्नतामा घट्ना घटेको थियो र त्यसको करिब एक वर्ष पछि उसैको संलग्नतामा हत्या भयो । 

रूपन्देहीको देवदह नगरपालिका वडा नं।–८ स्थित खैरेनी चोकदेखि १ सय मिटर दक्षिणतर्फ  बाटोमा अपरान्ह गोली प्रहारबाट घाइते भएका तिवारीको पनि उपचारको क्रममा मृत्यु भएको थियो । पुनको समूहले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको समेत जिम्मा लिएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x