मिस्टर ओमुक टोलाउँदै टोलाउँदै झुल्किए (भिडियोसहित)

फागुन ७, २०७४

म टोलाई....बोलको गीतबाट काठमाडौंका मिस्टर ओ.(ओमुक) सांगितिक दुनियाँमा भित्रिएका छन्।

उनले आफ्नो पहिलो गीत फागुन ५ गतेदेखि युट्युवमार्फत् सार्वजनिक गरेका हुन्। म टोलाई.....म टोलाई...बोलको गीत लोक पप शैलीमा छ।

गीतमा आदेश गुर्माछान एरेञ्जरको रूपमा रहेका छन् भने शब्द रचना र स्वर पनि गायक स्वयंको हो।

मेघावी शाक्य र मनिष श्रेष्ठले मोडलहरू सिद्धान्त कपाली, निशु शर्मा र विकास बर्तौलालाई दृश्यमा उतारेका छन्। भिडियो निर्देशनमा क्षमता प्रदर्शन गर्दै गरेका गायक मिस्टर ओ.(ओमुक)ले अगाडिको बाटो संगीत क्षेत्र नै रहेको संकेत गरेका छन्।

फागुन ७, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस