×

NMB BANK
NIC ASIA

चीनसँग सम्बन्ध गहिरो बनाएर भारतसँग अधिक फाइदा लिन्छौं : ओली

फागुन ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ फागुन — नेपालका नयाँ प्रधानमन्त्री केपी ओलीले चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउने अवसर खोज्ने र भारतसँगको सम्झौताबाट अधिक फाइदा लिने बताएका छन् । चीनतर्फ झुकाव राख्ने ओलीले बदलिँदो समयसँगै भारतसँगको सम्बन्धमा पनि आफूले परिवर्तन चाहेको बताएका छन् । 

ओली नेपाल र भारतबीचको सम्बन्धका सबै आयाममा समीक्षा गर्ने पक्षमा छन् । भारतीय सेनामा नेपाली जवानहरूले सेवा दिने गरेको लामो परम्परालाई पनि उनी समीक्षा गर्न चाहन्छन् । 

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट पत्रिकालाई दिएको अन्तर्वार्तामा नेकपा–एमाले अध्यक्ष ओलीले भने, ‘भारतसँग हाम्रो गजबको सम्पर्क छ, खुला सिमाना छ । हामी थप कनेक्टिभिटी बढाउँछौं । तर हाम्रा दुई
छिमेकी छन् भन्ने हामीहरूले बिर्सनु हुँदैन । हामी कुनै एक देशमा निर्भर रहन चाहँदैनौं । एकमात्र विकल्पमा हामी अडिँदैनौं ।’

भारतसँगको सम्बन्ध कसरी अगाडि बढाउन चाहनुुहुन्छ भन्ने प्रश्नमा ओलीले भने, ‘भारतसँग हाम्रो सम्बन्ध पहिलेदेखि नै बलियो छ । भारतमा केही तत्त्वले भ्रम छरेको भएपनि भारतीय नेताहरूले भविष्यमा कुनै हस्तक्षेप नगरिने र
सार्वभौम मुलुकको अधिकारलाई सम्मान गरिने आश्वासन दिएका छन् ।’

भारतीय सेनामा नेपालीहरूलाई सेवा दिने मुद्दामा ओलीले भने, ‘आवश्यकता भयो भने यस विषयमा आन्तरिक रूपमा चर्चा गरिनेछ र सुधार हुनेछ । संसार अहिले बदलिसकेको छ र नेपाल नयाँ यात्राको शुरूवात गर्दैछ । पुराना
परम्परामा हिँड्नुभन्दा परिवर्तन गर्नमा हाम्रो जोड हुनेछ ।’

ओलीले देउवा सरकारद्वारा रद्द गरिएको चीन सरकारसँगको जलविद्युत् परियोजनालाई पुनरुत्थान गर्ने पनि बताए । 

नवभारत टाइम्सबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x