×

NMB BANK
NIC ASIA

आँखा हेरेर मुटुको रोग बताइदिन्छ यो गूगल एआईले

फागुन ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ८ फागुन — कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का विषयमा विज्ञहरूको फरक फरक धारणा छ । एकथरीले यसलाई मानवताका लागि आशीर्वाद मान्छन् भने अर्काथरीले यसलाई खतरा मान्छन् । 
वर्तमान समयमा एआई तीव्रताका साथ विकसित हुँदैछ र प्रविधि कम्पनीहरू स्मार्टफोनदेखि लिएर अन्य उत्पादनमा पनि एआई राख्न थालेका छन् । 

गूगलको स्वास्थ्य प्रविधिका केही वैज्ञानिकहरूले मुटुरोग तथा जोखिमहरू थाहा पाउने नयाँ तरिका खोजेका छन् । मशिन लर्निङमार्फत कुन व्यक्तिलाई कस्तो मुटुरोग लागेको छ भनी यसले पत्ता लगाइदिन्छ । 

यसअन्तर्गत सफ्टवेयरमार्फत रोगीको आँखालाई स्क्यान गरिन्छ र त्यहाँबाट तथ्यांक जुटाइन्छ । तथ्यांकमा व्यक्तिको उमेर, रक्तचापसँगसँगै उसले चुरोट पिउँछ कि पिउँदैन समेत हेरिन्छ । यस्ता तथ्यांकलाई यन्त्रले अध्ययन गरेर
व्यक्तिलाई हृदयघातको सम्भावना कति छ भन्ने देखाउँछ । अन्य तरिकाले मुटुरोग पत्ता लगाएजत्तिकै सटीक छ यो । 

गूगलका वैज्ञानिकहरूले विकसित गरेको यो एल्गोरिदममार्फत चिकित्सकहरूका लागि रोगीको कार्डियोभास्कुलर जोखिमलाई छिट्टो र सहज तरिकाले विश्लेषण गर्न सहायता गर्छ । यसका लागि रगत परीक्षण पनि गरिरहनुपर्दैन । 

अहिले यो परीक्षणकै चरणमा छ र पछि यसको प्रयोग गरिनेछ । 

गूगल आर्टिफिसियल इन्टेलिजेन्स ब्लगमा गूगल एआईका प्रोडक्ट म्यानेजर ली पेङ लेख्छन्, ‘दुई लाख ८४ हजार रोगीहरूबाट जुटाइएको तथ्यांकमा डीप लर्निङ एल्गोरिदम प्रयोग गरिएको छ र यसो गरेर हामीहरू रेटिनल
इमेजमार्फत हृदयघातको जोखिमलाई पूर्वानुमान गर्न सफल भयौं । यो सटीक पनि छ ।’

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x