×

NMB BANK
NIC ASIA

को बन्ला नयाँ सभामुख ? यस्ता छन् सम्भावित नाम

फागुन ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ८ फागुन–पार्टी एकताका लागि सहमति गरिसकेका नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र राष्ट्रिय सभाको अध्यक्ष लगायत पदमा भागवण्डाको छलफल शुरु भएको छ । एमालेले राष्ट्रपति र प्रधानमन्त्री तथा माओवादी केन्द्रले सभामुख र उपराष्ट्रपति पाउने मोटामोटी सहमति भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

नयाँ राष्ट्रपति बन्नका लागि एमालेभित्र लविङ शुरु भएको छ भने सभामुखका लागि माओवादीमा अनौपचारिक छलफल शुरु भएको छ । राष्ट्रिय सभाको अध्यक्षमा भने माओवादीका रामबहादुर थापाको नाम चर्चामा छ ।
 
भावी सभामुखका लागि माओवादीका कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, पम्फा भुसाल र जयपुरी घर्तीको नाम चर्चामा छ । नयाँ संविधान जारी भएपछि रुपान्तरित संसदको सभामुखमा पनि महरा र पोखरेलको नाम चर्चामा थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यो बेला सभामुख पद अस्वीकार गरेका महरा त्यसपछि दुईपटक उपप्रधानमन्त्री बनिसकेका छन् । पोखरेलले पनि त्यो बेला सभामुख पद अस्वीकार गरेका थिए । 


Advertisment
Nabil box
Kumari

सभामुखका लागि यसपटक लम्जुङबाट चुनाव जितेका गुरुङ, ललितपुरबाट चुनाव जितेकी माओवादी प्रवक्ता भुसाल देखि जयपुरीसम्मको चर्चा छ । निवर्तमान सभामुख ओनसरी घर्तीपनि सभामुख बन्ने चर्चा माओवादी बृत्तमा छ । 

Vianet communication
Laxmi Bank

पहिलो संविधानसभामा उपसभामुख रहेकी पूर्णकुमारी सुवेदीको नाम पनि चर्चामा छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा माओवादीको नेतृत्व गर्दै बर्षमान पुन गएमा ओलसरीले त्यो मौका फेरि नपाउन सक्छिन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गतेका लागि संसदको अधिवेशन आह्वान गरिसकेकी छिन् । संसदको अधिवेशन आह्वान भएको १५ दिनभित्र सभामुखको चुनाव भइसक्नु पर्ने व्यबस्था छ । 

एकीकरण गर्ने सहमति भइसकेका माओवादी र एमालेबीचको भागवण्डामा राष्ट्रपति माओवादीको पोल्टामा गयो भने सभामुख एमालेले पाउने सम्भावना पनि छ । 


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x