×

NMB BANK
NIC ASIA

भीमदत्त नगरपालिकाले निर्माण गर्यो १५ कानून

फागुन ८, २०७४

NTC
Sarbottam
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट
Premier Steels
Marvel

महेन्द्रनगर, ८ फागुन– कञ्चनपुरकाे भीमदत्त नगरपालिकामा एक दर्जन भन्दा बढी कानून निर्माण गरिएका छन् । आधा दर्जन कानून निर्माण प्रक्रियामा छन् । संवैधानिक व्यवस्थाअनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा नगर कार्यपालिकाले कानून बनाएको हो ।

Muktinath Bank

नगरसभा र नगर कार्यपालिकाबाट १५ कानून पारित गरिएका छन् । ती सबै कानून स्थानीय राजपत्रमा प्रकाशित गरेपछि कार्यान्वयनको चरणमा प्रवेश हुने छन् । ती कानुनलाई राजपत्रमा प्रकाशित गर्ने तयारी थालिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भीमदत्तका मेयर सुरेन्द्र विष्टले स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगर कार्य पालिका सञ्चालनका लागि आवश्यक कानून निर्माण गरिएको बताए । ‘संविधानमा स्थानीय सरकारको व्यवस्था छ, त्यस अनुसार स्थानीय सरकार सञ्चालन ऐन बनेको छ, त्यसमा टेकेर नगर कार्यपालिका सञ्चालनका लागि आवश्यक कानून बनाई रहेका छौ,' मेयर बिष्टले भने, 'केही कानून बनि सकेका छन्, केही निर्माण हुने प्रक्रियामा छन् ।’


Advertisment
Nabil box
Kumari

भीमदत्तमा हालसम्म ऐन, नियमावली, निर्देशिका, कार्यविधि, आचारसंहिता गरी १५ कानून निर्माण गरिएका छन् । ती कानूनमा आर्थिक ऐन, विनियोजन ऐन, बैठक सञ्चालन कार्यविधि, नगर कार्यपालिका कार्य विभाजन नियमावली, नगर कार्यपालिका कार्यसम्पादन नियमावली, पदाधिकारीहरुका लागि आचारसंहिता, छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका, टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि, 'घ' वर्गका निर्माण व्यवसायीको नयाँ इजाजत पत्र जारी, नविकरण, नामसारी तथा खारेज गर्ने सम्बन्धी कार्यविधि लगायतका छन् ।

Vianet communication
Laxmi Bank

यसैगरी उपभोक्ता समिति गठन, सञ्चालन र व्यवस्थापन कार्यविधि, मदिरा बिक्री वितरण व्यवस्थापन तथा नियमन कार्यविधि, ज्येष्ठ नागरिक परिचयपत्र वितरण कार्यविधि, अल्पकालीन नगर सेवा सञ्चालन कार्यविधि, आधारभूत तहको परीक्षा सञ्चालन कार्यविधि निर्माण गरिएको छ ।

नगरपालिकामा शिक्षा सेवा सञ्चालन कार्यविधि, बजार अनुगमन निर्देशिका, एफएम रेडियो सञचालन तथा कार्यविधि, स्थानीय तहका सहकारी ऐन, घर बहाल लिने तिर्ने कार्यविधि, नगर प्रहरी सम्बन्धी विनियमावली निर्माण हुने क्रममा छन् । स्थानीय सरकार सञ्चाल ऐन २०७४ मा कार्यविधि, नियमावली, निर्देशिका नगर कार्य पालिकाबाट र ऐनहरु नगर सभाबाट पारित गराउन सकिने प्रावधान छ ।

फागुन २६ गते हुने दोस्रो नगर सभाबाट स्थानीय तहका सहकारी सञ्चालन लगायतका ऐन पारित गर्ने तयारी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा २०७४ को १०२ को उप दफा ३ मा स्थानीय तहलाई कानुन बनाउने अधिकार दिएको छ । ती कानुन नगर प्रमुख (मेयर)ले प्रमाणकीरण गरेपछि राजत्रपत्रमा प्रकाशित गर्नु पर्ने व्यवस्था छ । भीमदत्त नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले नगरपालिकाको विधेयक समितिले कार्य पालिका बैठकमा पेश गरेपछि पारित हुने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x