×

NMB BANK
NIC ASIA

मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री ?

फागुन ८, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं ८ फागुन– प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा मन्त्री बन्न नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले दौडधुप तीब्र पारेका छन् । प्रधानमन्त्री ओलीले बुधवार मन्त्रिमण्डल विस्तारको तयारी गरेका एमाले नेताहरुले बताएका छन् । 

Muktinath Bank

गएको बिहीवार शथप लिएका प्रधानमन्त्री ओलीले पहिलो चरणमा लालाबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । मन्त्रीका लागि आकाक्षी धेरै भएपछि एमालेमा भागवण्डा मिलाउन कठिन परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थमन्त्रीका लागि धेरै आकांक्षी देखिएका छन् । महासचिव इश्वर पोखरेलदेखि उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवालीले अर्थमन्त्रालयमा रुची देखाएका छन् । यसअतिरिक्त पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले पनि अर्थमन्त्री बन्न रुची देखाएका एमाले स्रोत बताउँछ । मंगलवार राष्ट्रिय सभाको सदस्य मनोनित युवराज खतिवडाको पनि मन्त्री बन्ने चर्चा छ ।


Advertisment
Nabil box
Kumari

ओली पहिलो पटक प्रधानमन्त्री बनेको समयमा पौडेल अर्थमन्त्री थिए । मन्त्रीका लागि प्रदेश नम्बर १ बाट सचिव योगेश भट्टराइको चर्चा छ । उनी ताप्लेजुङबाट विजयी भएका थिए । मन्त्री बनेका लालबाबु पनि प्रदेश नम्बर १ का हुन्, उनी मधेसी समुदायका नेता पनि हुन् । 

Vianet communication
Laxmi Bank

प्रदेश नम्बर २ बाट रघुवीर महासेठको मन्त्री बन्ने चर्चा छ । प्रदेश नम्बर ३ बाट महासचिव इश्वर पोखरेल मन्त्री बन्ने लगभग निश्चित रहेको एमाले स्रोत बताउँछ । भक्तपुरबाट निर्वाचित महेश बस्नेत, काभ्रेका गोकुल बास्कोटा र सिंन्धुपाल्चोकका शेरबहादुर तामाङको पनि चर्चा छ । तामाङ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेरलाई पराजीत गरेर दोस्रो पटक सांसद बनेका हुन् । 

प्रदेश नम्बर ४ बाट युवा नेता रवीन्द्र अधिकारीलाई मन्त्री बनाउने चर्चा एमाले भित्र छ । उनी २०६४, ०७० र ०७४ का तीनवटै चुनावमा प्रत्यक्ष निर्वाचित सांसद हुन् । एमाले नेतृत्वले अधिकारीलाई मन्त्री बनाउने आश्वासन दिएको स्रोतको दावी छ । प्रदेश ४ बाटै कांग्रेसका रामचन्द्र पौडेललाई पराजित गर्ने किशान श्रेष्ठ, पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्ने पद्मा अर्यालको नाम पनि चर्चा छ । 

प्रदेश नम्बर ५ बाट उपमहासचिव विष्णु पौडेल र सचिव प्रदीप ज्ञवाली मन्त्री बन्ने पक्का जस्तै छ । पौडेल र ज्ञवालीमध्ये एकले अर्थमन्त्रालयको जिम्मा पाउने सम्भावना छ । यस्तै प्रदेश ५ बाटै शान्ता चौधरीको नाम पनि चर्चामा छ । 

प्रदेश नम्बर ७ बाट उपाध्यक्ष भीम रावल र कांग्रेस नेत्री डा आरजु राणा देउवालाई पराजीत गर्ने नारदमुनी रानाको चर्चा छ  । थारु समुदायको प्रतिनिधित्व गराउन नारदमुनी या शान्ताको नाम चर्चामा छ । 

माओवादी केन्द्रमा पनि मन्त्री बन्ने आकांक्षी धेरै देखिएका छन् । राष्ट्रिय सभाको अध्यक्षको रुपमा चर्चा गरिएका रामबहादुर थापा ‘बादल’देखि बर्षमान पुनको नेतृत्वमा सरकारमा जाने चर्चा छ । थापा २०६५ सालमा बनेको माओवादी सरकारमा रक्षा मन्त्री थिए ।

माओवादीका तर्फबाट मात्रिका यादव, पम्फा भुसाल र देवेन्द्र पौडेल सरकारमा सहभागी हुने पक्का जस्तै भएको छ । केही समय नयाँ शक्ति पार्टीमा गएका पौडेल अहिलेसम्म लाभको पदमा पुगेका छैनन् । माओवादीले पाउने मन्त्रालयको संख्याका आधारमा चन्द्र प्रकाश खनाल, शक्ति बस्नेत, लेखराज भट्ट सम्मको चर्चा छ । खनाल यसअघि प्रचण्ड प्रधानमन्त्री रहँदा राजनीतिक सल्लाहकार थिए ।

प्रदेश नम्बर १ बाट कांग्रेस नेता महेश आचार्यलाई पराजित गरेका अमनलाल मोदी, प्रदेश २ बाट मात्रिका, प्रदेश ३ बाट पम्फा, प्रदेश ४ बाट देवेन्द्र, प्रदेश ५ बाट चन्द्रप्रकाश, ६ बाट शक्ति र ७ बाट लेखराजको नाम चर्चामा छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलवार चितवनको भरतपुरमा पत्रकारहरुसंग कुरागर्दै बुधवार नै मन्त्रिमण्डल विस्तार हुने बताएका थिए । 

काठमाडौंमा भएको कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवालीले पनि बुधवार मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x