×

NMB BANK
NIC ASIA

सुर्खेत, ९ फागुन– गत माघ १९ गते वीरेन्द्रनगर नगरपालिका सुर्खेतले पत्रकार सम्मेलन ग¥यो । उक्त पत्रकार सम्मेलनमा प्रदेश राजधानी वीरेनद्रनगरमा सडकको किनारामा अतिक्रमण गरी बसेका व्यापारीलाई हटाउने, सडकको जग्गा अतिक्रमण गरी ठूला घर बनाएकालाई पहिले सूचना दिने र पछि हटाउने भन्ने नगरप्रमुख देवकुमार सुवेदीले घोषणा गरे । 

Muktinath Bank

उनले त्यतिबेला भनेका थिए ‘फागुन ५ गतेभित्र सार्वजनिक क्षेत्र एवम् सडक फुटपाथ अतिक्रमण कार्यलाई नियन्त्रण गर्नका लागि हामीले अल्टिमेटम दिएका छौं तोकिएको समयभित्र नहटाइए कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाउँछौं ।’ नगरपालिकाले सार्वजनिक क्षेत्रहरुमा बनाईएका संरचनाहरु १५ दिन भित्रमा नहटाइए कानून वमोजिम जरिवाना र सामग्रीसमेत जफत गर्ने समेत बताएका थिए । तर फागुन ५ वितिसक्दा नगरले कसैलाई पनि हटाउन सकेको छैन । बरु फुटपाथ व्यापारीहरुको मागपत्र बुझ्दै जर्बजस्ती नहटाउने, सहमतिमै हटाउने बताएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्म नगरले आफूले गरेको निर्णय लागू गर्न सकेको छैन । व्यापारीहरुको दबाबका सामु नगरपालिका निरिह बनेको छ । नगरपालिकाले सबैलाई चिठ्टी समेत दिन नसकेको स्रोतको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

प्रदेशको राजधानी भएपछि हरेक सडकको फुटपाथमा व्यापारीहरु बसेका कारण दुर्घटना बढ्ने खतरा बढेको घण्टाघर नजिक व्यापार गर्ने सिता शाहीले बताईन । उनले नगरपालिकाले तत्काल अतिक्रमण हटाउनुपर्ने नभए भोलीका दिनमा अतिक्रमण गर्नेहरुलाई हटाउन नगरलाई गाह्रो पर्ने बताइन । ‘अहिले सयौं छन र त नगरले हटाउन सकेको छैन । भविष्यमा  हजारौं एकजुट भई आन्दोलनमा गए भने नगरले के गर्ला ?’ उनको प्रश्न थियो ।

Vianet communication
Laxmi Bank

वीरेन्द्रचोकमा पसल भाडामा लिई बसेका एक व्यापारीले आफूहरुलाई फुटपाथ व्यापारीका कारण व्यापार गर्न गाह्रो भएको बताए । ‘हामीले राज्यलाई कर तिर्छौं, भाडा तिर्छौं तर उनीहरुलाई न त भाडा तिर्नुपर्छ, न त कर नै । यसको सोझो मार हामीलाई परेको छ ।’ उनले शहर व्यवस्थापन गर्न नगरले तत्काल कदम चालनुपर्ने बताए ।

फुटपाथ व्यवसायी नरेन्द्र थापाले भने नगरपालिकाले आफूहरुको रोजीरोटी छिन्न नपाउने जिकीर गरे । ‘कि त हामीलाई विकल्प दिनुप¥यो, या त रोजगारी दिनुप¥यो ।’ त्यसो नगरे आफूहरु आन्दोलनमा उत्रिने उनको भनाई थियो । 

प्रदेशको राजधानी भएपछि अतिक्रमण हटाउनुपर्नेमा एमाले सांसदले जोड दिए । नाम नबताउने शर्तमा उनले भने, ‘नगरपालिकाको कार्य क्षेत्र भएकाले उसैले चाँडो भन्दा चाँडो अतिक्रमण हटाउला नि ।’ 

नगरप्रमुख देवकुमार सुवेदीले प्रादेशिक मेला भएका कारणले पनि सूचना दिन र कारवाही प्रक्रिया अघि बढाउन ढिलाई भएको बताए । ‘प्रादेशिक मेलाको कारण र फुटपाथ व्यवसायीहरुको मागका कारण हामी अहिले आन्तरिक छलफलमा नै छौं ।’ मेयर सुवेदीले व्यवसायीहरुसँग अलग्गै हाटबजार स्थापना गर्ने र उनिहरुले भाडा तिर्ने गरी छलफल अघि बढाइने बताए । ‘हामीले बजारमा एक हाटबजार स्थापना गर्ने र ती व्यापारीको व्यवस्थापन गर्ने योजना बनाएका छौ. ।’ उनले भने, ‘यदि त्यसो गर्न सकिएको खण्डमा उनीहरुबाट नगरपालिकाले भाडा पनि लिने र उनीहरुलाई पनि सुविधा हुनेछ ।’

नगरप्रमुख सुवेदीले फुटपाथमा कसैलाई पनि व्यापार व्यवसाय गर्ने छुट नहुने बताए । ‘हामी एक चरण उहाँह्रसँग कुराकानी गर्छौं यदि सहमति भएन भने कानुन अनुसार अघि बढछौं । यसमा दुइमत नै छेन ।’ उनले कर्मचारी व्ययवस्थापनलगायतका अन्य समस्याका कारण रातारात फूटपाथ खाली गराउन नसकिएको बताए । ‘तर अब हामी केहि दिनमै सुन्दर शहर बनाउने अभियानमा खटछौं । त्यो नगरपालिकाको मात्रै दायित्व होइन शहर सफा बनाउने ।’ उनले थपे, ‘यसका शहरका सबै नागरिकको सकारात्मक सहयोग चाहिन्छ । हाम्रो वीरेन्द्रनगर, राम्रो वीरेन्द्रनगरको रुपमा हामी चिनाउन चाहन्छौं ।’ मेयर सुवेदीले सुर्खेतमा आएका जति सबैलाई जग्गा दिन नसकिने समेत बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x