×

NMB BANK
NIC ASIA

के नेपाल राष्ट्रमण्डलको सदस्य हुन सक्छ ?

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले अध्यक्षता गर्दै आएको ५३ वटा देशहरूको संगठन ‘राष्ट्रमण्डल’ (कमनवेल्थ) को सदस्यता विस्तार गर्नेबारे आउँदो अप्रिल (बैशाख) मा अनुकूल निर्णय भएमा नेपालले पनि सदस्यताको लागि आवेदन गर्न सक्ने भएको छ ।

Muktinath Bank

राष्ट्रमण्डलको आगामी शिखर सम्मेलन अप्रिलको अन्त्यतिर लण्डनमा हुँदैछ । हाल विचाराधीन रहेको यससम्बन्धी निर्णय भएमा त्यसको घोषणा त्यसै बेला हुने अपेक्षा गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिले बेलायतले शासन गरेका (उपनिवेश रहेका) र पछि स्वतन्त्र भएका देशहरूलाई मात्र सामेल गरिएकोमा अब त्यो पूर्वशर्त हटाएर राष्ट्रमण्डलको बडापत्रमा प्रतिबध्दता जनाउने अन्य मुलकलाई पनि सदस्यता दिनेबारे लण्डनमा गम्भीर परामर्श भैरहेको बुझिएको छ ।


Advertisment
Nabil box
Kumari

हाल राष्ट्रमण्डलमा दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलङ्का र बंगलादेश समेत सदस्य छन् । मलेसिया, सिङ्गापुर र ब्रुनाई एसियाका अन्य सदस्य राष्ट्रमा पर्दछन् । अफ्रिकी महादेशमा दक्षिण अफ्रिका राष्ट्रमण्डलको एक प्रमुख मुलुक हो ।

Vianet communication
Laxmi Bank

राष्ट्रमण्डलका सदस्यमध्ये अष्ट्रेलिया, क्यानाडा, न्यूजिल्याण्ड र फिजी लगायतका १६ देशहरूले त राजतन्त्र कायम राख्दै महारानी एलिजाबेथलाई नै राष्ट्रप्रमुख मान्दै आएका छन् ।

शुरूमा राजतन्त्रात्मक मुलुकलाई मात्र सदस्यता दिने नीति भएकोमा पछि त्यसलाई खुकुलो गरी भारत, पाकिस्तान, दक्षिण अफ्रिकाजस्ता गणतन्त्रात्मक देशलाई यसमा समावेश गरिँदै आएको हो ।

हाल बेलायत युरोपेली संघ (इयु) बाट बाहिरिने सन्दर्भ आएपछि प्रधानमन्त्री टिरेसा मे विकल्पको रूपमा राष्ट्रमण्डललाई सबल र प्रभावकारी बनाउन इच्छुक रहेको सङ्केत बृटिश प्रेसका केही रिपोर्टमा देखिएको छ ।

यसैबीच, ९२ वर्षीय महारानी एलिजाबेथले आफ्नो कार्यभार हलुका गर्दै जाने ध्येयले युवराज चार्ल्सलाई राष्ट्रमण्डलको प्रमुखको जिम्मेवारी सुम्पिन चाहेको कुरा चर्चामा आएको छ । र, महारानीलाई राष्ट्रप्रमुख मान्ने अष्ट्रेलिया समेतका देशले यसमा सहमति जनाएका छन् । 

राष्ट्रमण्डलवृत्तमा भने ‘राष्ट्रमण्डल प्रमुख’ बेलायतको राजगद्दीसरह उत्तराधिकारमा प्राप्त हुने पद नभएको हुँदा चुनावको विधि अपनाइनुपर्छ भन्ने आवाज  पनि फाट्टफुट्ट सुनिएको कुरा अष्ट्रेलियाका वरिष्ठ पत्रकार डेनिस श्यानाहानले लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x