×

NMB BANK
NIC ASIA

पञ्जाब नेसनल बैंक घोटाला : को हुन् पक्राउ परेका अम्बानी ?

फागुन ९, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, ९ फागुन — पञ्जाब नेसनल बैंकमा भएको ११ हजार करोड रुपैयाँको घोटालाको अनुसन्धान तीव्र गतिमा अघि बढिरहेको छ । यसक्रममा ठूला नामहरू आइरहेका छन् । 

यस विषयमा अनुसन्धान गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले नीरव मोदी र मेहुल चोकसीका कम्पनीहरूमा आबद्ध पाँच ठूला अधिकारीलाई पक्राउ गरिएको छ । 

फायरस्टार इन्टरनेसनलकी कविता मनकिकर र नक्षत्र–गीताञ्जली समूहका प्रमुख आर्थिक अधिकारी पनि यसमा संलग्न छन् । 

तर सबभन्दा धेरै चर्चा फायरस्टार इन्टरनेसनलका आर्थिक अध्यक्ष विपुल अम्बानीको छ । उनको थरकै कारण मानिसमा उनीप्रति चासो छ । 

विपुल खासमा मुकेश अम्बानीका काकाका छोरा हुन् । उनी धीरुभाइ अम्बानीका भाइ नट्टूभाइ अम्बानीका छोरा हुन् । 

उनी सन् २०१४ देखि फायरस्टारको आर्थिक कामकाज हेरिरहेका छन् । 

नीरव मोदीको कम्पनीमा यति ठूलो पदमा रहेका कारण अम्बानीलाई यस विषयमा धेरै जानकारी रहेको हुनसक्ने आशंका गरिएको छ । 

पक्राउ गरिएका अन्य व्यक्तिमा फायरस्टारका वरिष्ठ कार्यकारी अर्जुन पाटिल र गीताञ्जली समूहका व्यवस्थापक नितेन शाही छन् । 

यी पाँच व्यक्तिलाई सीबीआईले मंगलवार लामो केरकारपछि हिरासतमा लिएको थियो । 

ब्लूमबर्गका अनुसार, विपुल अम्बानीले रिलायन्स इन्डस्ट्रिजबाट आफ्नो करीयर शुरू गरेका थिए । 

उनले केमिकल इन्जिनियरिङमा डिग्री गरेका छन् । 

सन् २०१४ मा उनले नीरव मोदीसँग हात मिलाएर फायरस्टारको कामकारवाही हेर्न थाले । 

फायरस्टारको वेबसाइटका अनुसार, यो कम्पनीले अमेरिका, युरोप, पश्चिम एसिया, सुदूर पूर्वी एसिया र भारतमा व्यापार गर्छ । कम्पनीमा १२ सयभन्दा बढी प्रशिक्षित व्यावसायिकक कर्मचारी छन् । 

बीबीसी हिन्दीबाट
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x