मंसिर १७, २०८०
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं, ९ फागुन — बच्चालाई ज्वरो आउँदा थर्मामिटरलाई काखीमा वा मुखमा राखेर तापक्रम थाहा पाइन्छ । तर बच्चाहरू त्यहाँ थर्मामिटर राख्न हिचकिचाउँछन् ।
यसैलाई ध्यानमा राख्दै तापक्रम सुविधाजनक रूपमा जाँच्नका लागि स्मार्ट डिभाइस बनाइएको छ । यसलाई बच्चाको ढाडमा राखे मात्र स्मार्टफोन एपमा ज्वरोको सटीक जानकारी उपलब्ध हुन्छ ।
यो डिभाइसले समय समयमा तारिखका साथ ज्वरोसँग जोडिएको जानकारी एपमा सेभ गर्छ र आवश्यकता परेमा पारिवारिक चिकित्सकका साथ शेयर गर्छ ।
यसो हुँदा चिकित्सकलाई बच्चाको स्वास्थ्यसँग जोडिएका अतिरिक्त जानकारी प्राप्त हुन्छ र उपचारमा सहजता आउँछ ।
यो स्टेथोमी डिभाइसलाई गहन अनुसन्धानपछि पोल्यान्डको एडम मिकिवियस विश्वविद्यालयले विकसित गरेको हो । अनुसन्धानकर्ताहरूले यसबाट बच्चालाई कुनै समस्या नहुने र सजिलै बच्चालाई कति डिग्री ज्वरो छ थाहा लाग्ने दाबी गरेका छन् ।
अनुसन्धानकर्ताहरूका अनुसार, यो पहिलो त्यस्तो डायग्नोस्टिक डिभाइसले बच्चाको श्वासप्रश्वास प्रणालीलाई जाँच्न सहायता गर्नेछ । यो डिभाइसले मशिन लर्निङमा आधारित एल्गोरिदममा काम गर्छ र रेकर्डिङबाट हजारौं
प्याटर्नहरूलाई जाँचेर एपमा जानकारी दिन्छ जसबाट तपाईंले बच्चालाई औषधि आवश्यक छ कि छैन थाहा पाउनुहुन्छ ।
बच्चाको ढाडमा यो डिभाइस राखेपछि यसले काम शुरू गर्छ र स्मार्टफोन एपमा बच्चाको मुटुको धडकन, शरीरको तापक्रम र सास फेर्दा फोक्सोको आवाजसँग जोडिएको जानकारी ग्राफमार्फत देखाउँछ र आवश्यक टिप्स दिन्छ ।
यसको उत्पादन भइरहेको र यसलाई छिट्टै उपलब्ध गराइने बताइएको छ । डिभाइसको मूल्यका बारेमा कुनै जानकारी सार्वजनिक भएको छैन ।
एजेन्सी
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...