मुख्यमन्त्रीको आवास निजी घरमा, मन्त्रीहरु गेस्ट हाउसमा

कैलाली, ९ फागुन– प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टका लागि धनगढी उपमहानगरपालिका वडा नं ४ स्थित उत्तरबेहडीमा रहेको निजी घरमा आवास राख्ने निर्णय भएको छ । 

उत्तरवेहडीस्थित कैलाली मोडल स्कूल नजिक पूर्वप्रहरी नायब उपरीक्षक योगेन्द्र थापाको घरमा मुख्यमन्त्रीको आवास राख्ने निर्णय गरिएको प्रदेश कार्यालय व्यवस्थापन समितिका सदस्य सचिव रवीन्द्र बोहराले बताए । 

मुख्यमन्त्री भट्टको आवासको टुङ्गो लागिसकेकाले अन्य मन्त्रीका लागि पनि आवासको खोजी भइरहेको बताइएको छ । प्रदेश नम्बर ७ का अधिकांश मन्त्रीहरु अहिले निजी गेस्ट हाउस र होटेलहरुमा बसिरहेका छन् । 

फागुन ९, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस