×

NMB BANK
NIC ASIA

मुख्य समाचार : फोरमसहित सरकारमा दुईतिहाइ पुर्‍याउने कसरत, क्रिकेट खेलाडी लाखौंमा बिक्री

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० फागुन– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेको एकसाता भएको छ । तर ओलीले एक सातासम्म मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।  प्रधानमन्त्री नियुक्त भएकै दिन गठित तीन सदस्यीय मन्त्रिमण्डललाई विस्तार गर्ने योजना बनाए पनि माओवादी केन्द्रसँगको भागवन्डा र पार्टीमा आकांक्षी धरै हुँदा विस्तारमा सकस परिरहेको छ । 
प्रधानमन्त्री ओली सकभर उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई समेत सहभागी गराई दुईतिहाइको सरकार सञ्चालनको कसरतमा छन् । त्यसका लागि उनले निर्वाचन परिणाम आएदेखि नै यादवलाई प्राथमिकता दिइरहेका छन् ।
सोमबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै यादवलाई बोलाई सरकारमा आउन संयुक्त आग्रह मात्रै गरेनन्, बुधबार दुई पार्टीका प्रतिनिधिबीच औपचारिक छलफल नै गराएर सरकारमा आउन प्रस्ताव राखेका छन् ।
संविधान संंशोधनमा एमाले सकारात्मक बने सरकारमा जान सकिने संकेत फोरमले दिएको छ । त्यसका लागि उसले एमालेसँग संविधान संशोधनको ठोस प्रतिबद्धता मागेको छ । जवाफमा एमाले नेताहरुले एमालेले संशोधनको विरोध कहिल्यै नगरेको दाबी गर्दै  नियोजित ढंगबाट विरोधी देखाइएको बताए ।

Muktinath Bank

सांसदहरुको शपथ २० गते– संघीय सांसदहरुको शपथ ग्रहण कार्यक्रम यही फागुन २० गते हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वान गरेकाले त्यसको अघिल्लो दिन बपथ ग्रहण गराउन लागिएको हो । 
संघीय संसदको बैठक बस्ने ठाँउ संसद भवन नयाँ बानेश्वरमा बपथ ग्रहण कार्यक्रम गर्न लागिएको संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरुलाई फरक फरक समयमा बपथ ग्रहण गराउने सचिवालयको तयारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरी इन्काउन्टरमा मारिए पुन र आले– प्रहरी इन्काउन्टरमा गुण्डा नाइके मनोज पुन मारिएका छन् ।  बुधवार बिहान  रुपन्देहीको देवदहमा प्रहरीसँग भएको मुडभेडमा उनी मारिएका हुन् । 
प्रहरीसँगको मुठभेडमा घाइते भएका उनलाई लुम्बीनी अञ्चल अस्पताल लगिएकामा त्यही मृत्यु भएको  संघीय  ईकाई प्रहरी भैरहवाका  एसएसपी दीपक थापाले  बताए ।  प्रहरीले मुठभेडमा उनका सहयोगी सोम आले पनि मारिएको प्रहरीले जनाएको छ  । जिल्ला प्रहरी प्रमुख श्यमलाल ज्ञवालीका अनुसार मनोज पुन र उनको समुहले देवदहमा अपराधीक घटना गर्दै छ भन्ने सुचनाका आधारमा त्यस क्षेत्रमा सर्च गर्न पुगेको केन्द्रिय अनुसन्धान ब्युरोको बिशेष टोली माथी गोली प्रहार गरेपछि जवाफी कारवाहीमा २ जनालाई गोली लागेको  थियो । 


Advertisment
Nabil box
Kumari

डा. केसीको जन्ममिति– प्रा.डा. गोविन्द केसीले मानवीय त्रुटीका कारण आफ्नो जन्ममिति फरक परेको स्वीकारेका छन् । त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा बुधबार पत्रकार सम्मेलनमा डा.केसीले नागरिकता र प्रवेशिका (एसएसली)को चारित्रिक प्रमाण पत्र सार्वजनिक गर्दै आफ्नो जन्ममितिबारे जानकारी गराएका हुन् । 
प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानबिनको माग गर्दै आएका डा.केसीमाथि नै विभिन्न तहको बढुवाको क्रममा बुझाएको प्रमाण पत्रबारे प्रश्न उब्जिएको छ । केसीले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको नागरिकताअनुसार उनको जन्म २०१३ असोज २७ छ भने एसएलसीको चारित्रिक प्रमाण पत्रमा २०१३ माघ २४ गते उल्लेख छ । 

Vianet communication
Laxmi Bank

कालु पाँडेको समाधिस्थललाई ऐतिहासिक ठाउँ बनाइनेः प्रम ओली– प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताएका छन् । बुधबार इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह पर्यटन उत्सव’को उद्घाटनमा प्रधानमन्त्रलिे कालु पाँडेले नेपालको एकीकरण गर्न सहयोग पु¥याएकाले उनको समाधिस्थललाई पर्यटकीय र ऐतिहासिकस्थल बनाउने बताए । 
‘‘नेपालको राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहलाई सहयोग गरेकाले कालु पाँडेको पनि उत्तिकै योगदान रहेको छ”–उनले भने, ‘‘वास्तवमा राष्ट्रिय एकताका प्रवर्तकका रुपमा कालु पाँडे भएकाले उनको समाधिस्थललाई संरक्षण गरी प्रवद्र्धन गर्न जरुरी रहेको छ ।” उनले समाधि रहेको स्थान दहचोकमा कालु पाँडेको शालिक बनाउने समेत घोषणा गरे ।
 

काँग्रेस बैठक– नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरूको बैठक यही फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
बिहीबारका लागि बोलाइएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगन गरी त्यसअघि सांसदहरूको बैठक बोलाईएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । 

नयाँ महान्यायाधिवक्ताले शपथ लिए– राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा प्रधानन्यायाधीश गोपाल पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता अग्निप्रसाद खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश पराजुलीले नवनियुक्त महान्यायाधिवक्ता खरेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 
सरकारको मुख्य कानूनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले खरेललाई मंगलबार नियुुक्त गरेकी थिइन् ।
 

खेलाडी बिक्री– दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् । चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । 
केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो । 
त्यसैगरी, पृथु बाँस्कोटा विराटनगरमा आबद्व भए । उनलाई विराटनगरले रु एक लाख २० हजारमा अनुबन्ध गरेको हो । सोही रकममा नरेश बुढाऐरलाई काठमाडौँ गोल्डेन्सले खरिद गर्यो । त्यस्तै, विराटनगरले रु एक लाखमा रामनरेश गिरी, पवन सर्राफ, सौरभ खनाल, दिलीप नाथ र अनिल कुमार शाहलाई अनुबन्धन गर्यो । 
सिवाइसी अत्तरियाले कुशल भुर्तेल र कृष्ण कार्कीलाई पनि जनही रु एक लाखमा नै अनुबन्धन गर्यो भने काठमाडौँ गोल्डेन्सले अमित श्रेष्ठ, किशोर महतो, ललित राजवंशीे र साहव आलमलाई रु एक/एक लाखमा किन्यो । 
यता महेन्द्रनगरले रोहितकुमार पौडेल र भुवन कार्कीलाई अनुबन्धन गर्यो । उनीहरूलाई जनही रु एक लाखमा किनेको हो । रुपन्देही च्यालेन्जर्सले बिक्रम कुमार भुषाल, सुशन भारी र सिद्धान्त लोहनीलाई जनही रु एक लाखमा अनुबन्धन ग¥यो । 
टिम चौराहा, धनगढीले ललित भण्डारी, योगेन्द्रसिंह कार्की, सोनु तामाङ र सुनिल धमलाका लागि जनही रु एक लाख खर्च गर्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x