×

NMB BANK
NIC ASIA

ओली नेतृत्वको सरकारमा सहभागि होलान् उपेन्द्र ?

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० फागुन-  एमालेले मधेसी र मधेसवादी दलको संविधान संशोधनको माग सम्बोधन गर्न पहिलो पटक बुधबार संघीय फोरमका नेताहरूसँग सरकारमा सहभागी हुन आग्रह गरेको छ। एमालेले राजपाका नेताहरूसँग पनि सरकारमा सहभागी हुन अनौपचारिक आग्रह गर्दै आएको छ।

Sagarmatha Cement
Muktinath Bank

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा संघीय फोरमसँग भएको बैठकमा एमालेले सरकारमा सहभागी हुन प्रस्ताव राखेको र आफूहरूले संविधान संशोधन नभइ सरकारमा सहभागी हुन सम्भव नभएको बताएको जानकारी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले दिए। उनले भने, ‘संविधान संशोधनसम्बन्धमा एमाले खुला हुन खोजेको पायौं।’ संविधान जारी भएपछिका २९ महिनाको अभ्यासमा तपार्इंहरू असफल भएको स्वीकार्दै संशोधनका लागि अघि बढ्ने हिम्मत गर्नुहोस् भनेर फोरमले एमालेसँग आग्रह गरेको थियो। एमालेले ‘संशोधनको आवश्यकता र औचित्य हेरेर अघि बढ्ने भएकाले सरकारमा तपार्इंहरूको सहभागिता आवश्यक ठान्छौं’ भन्ने धारणा राखेको स्रोतले बतायो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाम गठबन्धनबीच पार्टी एकताका लागि सातबुँदे सहमति हुँदै गर्दा सोमबार राति प्रधानमन्त्री निवास पुगेका संघीय फोरमका अध्यक्ष उपेन्द्र यादवसँग प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केहीबेर गोप्य मन्त्रणा गरेका थिए। नेतात्रयबीच भएको गोप्य मन्त्रणा पनि फोरम र राजपालाई सत्तामा आउने वातावरण तयार पार्नका लागि भएको दाबी स्रोतले गरेको छ।


Advertisment
Nabil box
Kumari

यसैबीच महन्थ ठाकुरसँग प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालले सम्पर्क गरिरहेका छन् भने केही दिनअघि राजपाका नेताद्वय वृषेशचन्द्र लाल र सर्वेन्द्रनाथ शुक्लासँग एमालेका नेताद्वय सुवास नेम्वाङ र अग्नी खरेलले प्रारम्भिक छलफल गरेका थिए। एमाले नेताहरू वाम गठबन्धनलाई मधेसवादी दलको समेत सहयोग रहेको प्रमाणित गर्न सरकारमा सामेल हुन प्रस्ताव राखेको राजनीतिक विश्लेषक बताउँछन्। मधेसवादी दल भने स्थानीय तह, प्रदेशसभा र संघीय संसद्मा पाएको मतको सम्मानका लागि संविधान संशोधनबिना सरकारमा सामेल हुन सक्ने परिस्थिति नभएको धारणा राख्छन्, अन्नपूर्णमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x