×

NMB BANK
NIC ASIA

विकासको पाँचवर्षे महत्वाकांक्षी रणनीतिक योजना तयार

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं, १० फागुन– सरकारले समृद्ध नेपालका लागि सडक, रेल तथा यातायात विकासको पाँचवर्षे महत्वाकांक्षी रणनीतिक योजना तयार पारेको छ । यो रणनीतिक योजनालाई सफल बनाउन नियमित वार्षिक आर्थिक विनियोजन बाहेक करिब आठ खर्ब १३ अर्ब रुपियाँ आवश्यक पर्ने देखिएको छ । 

Muktinath Bank

भौतिक पूर्वाधार तथा यातायात मन्त्रायलका प्रवक्ता राजेन्द्रराज शर्माले नेपाललाई सन् २०२२ सम्म अति कम विकसित मुलुकबाट विकासशील मुलुकको स्तरमा पुर्याउने राष्ट्रिय अठोटलाई सार्थक बनाउन योजना अगाडि सारिएको बताउनुभयो । उहाँले आम नागरिकलाई सुरक्षित, सर्वसुलभ र प्रदूषणयुक्त यातायात सेवा प्रदान गर्ने उद्देश्यसहित मन्त्रालयले पाँचवर्षे रणनीतिक योजना तयार पारेको बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रवक्ता शर्माले मुलुक सङ्घीय संरचनामा प्रवेश गरिसकेको वर्तमान अवस्थामा सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच र छिमेकी मुलुकसँग सर्वसुलभ यातायात सम्पर्कका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सडक सञ्जालको विकास, सुदृढीकरण र प्रभावकारी यातायात व्यवस्थापन गरी समृद्ध नेपाल निर्माणमा सहयोग पुर्याउनु नै यस रणनीतिक योजनाको मुख्य उद्देश्य रहेको बताउनुभयो । 


Advertisment
Nabil box
Kumari

मुलुकको राष्ट्रिय एकता, अखण्डता, क्षेत्रीय सन्तुलन र मुलुकको विभिन्न भागका नागरिकबीच आपसी सम्बन्ध कायम गरी समृद्ध नेपाल निर्माणको आधार तयार गर्ने तथा मुलुकको राजधानी र प्रत्येक प्रदेशको राजधानीलाई राष्ट्रिय राजमार्गसँग कम्तीमा एकवटा चार लेन सडकसँग जोडिने नीति यस महत्वकांक्षी रणनीतिक योजनाअन्तर्गत लिइएको उहाँले बताउनुभयो । 

Vianet communication
Laxmi Bank

त्यसैगरी, स्थानीय जनतामा सडक यातायातको पहुँचलाई प्रदेश र केन्द्रसम्म बाह्रै महिना सहज र भरपर्दो रूपमा विकास गरिने नीति यस योजनाको छ । विद्यमान यातायात व्यवस्थापन प्रणालीमा सुधार गरी सर्वसाधारणको आवागमन र वस्तुहरूको ओसारपसार सुरक्षित, भरपर्दो तथा कम खर्चिलो बनाइने नीति योजनाको रहेको छ । 

मुलुकको चौतर्फी विकास लागि यो महìवकांक्षी रणनीतिक योजनाको सफल कार्यान्वयन आवश्यक रहेको बताउँदै प्रवक्ता शर्माले यस योजनालाई सफल बनाउन सरकारको आन्तरिक स्रोत, दातृ निकाय, विकास साझेदार र दातृ राष्ट्रबाट सहयोग लिनुपर्ने बताउनुभयो । मुलुकको समृद्धिका लागि यो योजना आवश्यक रहेकाले आन्तरिक ऋण उठाएर भए पनि यसलाई सम्पन्न गर्नुपर्ने उहाँको धारणा छ । 

यो रणनीतिक योजनालाई सफल बनाउन नियमित वार्षिक आर्थिक विनियोजन बाहेक करिब आठ खर्ब १३ अर्ब रुपियाँ आवश्यक पर्ने देखिएको छ । भौतिक पूर्वाधार मन्त्रालयको सक्रियताले मात्र यो महत्वकांक्षी योजनाको कार्यान्वयन सम्भव नरहेको बताउँदै प्रवक्ता शर्माले यो योजनाको लक्ष्य प्राप्त गर्न राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयको निरन्तर सहयोग र समर्थनको आवश्यकता रहेको बताउनुभयो, गाेरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x