×

NMB BANK
NIC ASIA

ठेकेदार र धन्दावालहरू हाबी भएपछि राजीनामा दिएँ : चन्द्रबहादुर शाही [अन्तर्वार्ता]

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मुगुबाट प्रदेशसभामा निर्वाचित नेकपा एमालेका सांसद चन्द्रबहादुर शाही यतिबेला चर्चामा छन् । मन्त्रिमण्डल विस्तारमा आर्थिक चलखेल भएको भन्दै उनले हुलाक मार्फत राजीनामा पत्र पठाएको बताएका छन् । शपथ गरेको एक महिना नपुग्दै राजीनामा गरेका सांसद शाहीसँग लोकान्तरका लागि प्रदेश नम्बर ६ का प्रतिनिधि शेरबहादुर थापाले कुराकानी गरेका थिए । प्रस्तुत छ कुराकानीको सार :

Muktinath Bank

तपाईले संसद सदस्य र पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुभयो भन्ने कुरा साँचो हो ?
हो, मैले हुलाकमार्फत एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीलाई राजनीनामा पठाएको साँचो हो । मुख्य कुरा पार्टी चलाउने विधि के हो भनेर मैले राजीनामा दिएको छु । धुम्बाराहीमा पठाएको उक्त राजीनामा पत्रमा प्रदेश सभामुखलाई पनि सम्बोधन गरेको छु ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री पद नपाँएको झोंकमा राजीनामा दिनुभयो हैन ?
म पदको लागि मरिहत्ते गर्ने, लड्ने व्यक्ति होईन । म हिजो पनि पदको लागि लडेको थिएन । म जनताको र देशको रुपान्तरणका लागि लड्दै आएको व्यक्ति हो । मलाई मन्त्री पद नदिनु भन्दा पनि पार्टी विधि बमोजिम नचलेका कारण मैले देश भरिका इमान्दार कार्यकर्ताको भावनालाई समेटेर यो निर्णय गरेको हुँ । 


Advertisment
Nabil box
Kumari

खासमा यस्तो निर्णय गर्नुपर्ने कारण के थियो ? 
नेकपा एमाले पार्टीमा विधि रहेन । अनुभवी कार्यकर्ता, सिनियर कार्यकर्ता, जुनिएर कार्यकर्ताको केही पनि हिसाब-किताब भएन । न त मन्त्रिपरिषद्लाई समावेशी नै बनाए । पार्टीमा कोही पनि सिनियर, जुनियर नहुने, अनि कुनै दुलाबाट छिराएर मन्त्री बनाउने पद्धति शुरु भयो । यसरी दुलाबाट अरुलाई छिराएर, मेहनत गरेका, पार्टीमा लामो समयसम्म संघर्ष गरेकालाई पाखा लगाएर पार्टी त बन्दैन होला नि ? त्यसैले मलाई टिकट दिने पनि केन्द्र पार्टी भएकाले मैले केन्द्रलाई नै राजीनामा पठाएको हुँ । 

Vianet communication
Laxmi Bank


आवेशमा आएर निर्णय गर्नुभयो भन्ने टिप्पणी छ, तपाईको राजीनामा पार्टीले स्वीकृत गर्ला र ? 
मलाई के लाग्छ भने कि त पार्टीले विधि अनुरुप चल्नुपर्यो नभए मेरो गल्ति देखाएर मेरो राजीनामा स्वीकृत गर्नुपर्यो । मैले पार्टीमा यस्तो किन भइरहेछ भनेर नै त्यसको विरोध स्वरुप राजीनामा दिएको हो । अब मलाई मन्त्री पद दिएपनि म लिन्न । २०५६ मा म सांसद भएर जनताको काम गरें । मलाई मेरो जिल्लाका जनताले कति माया गर्छन कसैलाई सोध्न सक्नुहुन्छ । 

पार्टी गुटबन्दीमा चल्यो भन्ने गुनासो हो ? 
होईन मैले एउटै गुटलाई पनि भन्न खोजेको छैन । अहिले पनि इमान्दार कार्यकर्ताले जिम्मेवारी पाईरहेका छैनन । इमान्दार कार्यकर्ताले हिजोदेखि आजसम्म जनतासँग घुलमिल भएर काम गरेका छन् । जिल्लामा पार्टीको नेतृत्व पनि तीनैले सम्हालेका हुन्छन् । तर जब अवसर आँउछ, नयाँले पाँउछन । पार्टी बनाउने एक, लाभ लिने अर्को भनेपछि यो विधिसम्मत नै भएन ।  

अर्को कुरा महाधिबेशनका बेला कोही कसैतर्फ ढल्किएला तर त्यो आधारमा मात्रै गुटमा कार्यकर्तालाई राख्नु हुँदैन भन्ने मेरो मान्यता हो । केही हाम्रा नेताहरु छन् जो सधैं गुट चलाएर बसिरहेका छन्। उदाहरणका लागि  हाम्रा नेता प्रकाश ज्वालालाई नै हेरौं । उहाँलाई सांसदका लागि  जिल्ला कमिटी सल्यानले सिफारिस नै गरेको होइन ।

चरम गुटबन्दीका कारण उहाँलाई झ्यालबाट छिराएर सांसद पदको टिकट दिइएको हो । अहिले आएर त्यसैगरी मन्त्री बनाएर पठाईएको छ । अनि त्यो पनि माथिल्लो तहका नेताहरुको ठाडो आदेशमा, ईशारामा । अब त्यसरी मन्त्री पनि, सांसद पनि चयन गरिने हो भने इमान्दार कार्यकर्ताले कहिले अवसर पाउने ?

आफू मन्त्री बन्न नपाएको झोंकमा अन्य मन्त्रीलाई आरोप लगाउँदै हिड्नु भएको आरोप छ नि ?
मैले कसैलाई आरोप लगाएको होइन । त्यस्तै क्रियाकलाप भएको छ । अन्य पार्टीबाट एमालेमा ल्याएकाहरुलाई मन्त्री बनाइएको छ, त्यो किन भयो ? नन्दसिंह बुढालाई मैले नै राप्रपाबाट एमालेमा प्रवेश गराएको हुँ ।
कोही ठेकेदारलाई मन्त्री बनाइएको छ, कोही एनजिओकर्मीलाई मन्त्री बनाइएको छ । जसले देशका लागि, परिवर्तनका लागि लडें ती गुमनाम हुने र आयातितले अवसर पाउने हो भने हामीले किन त्यहाँ बसिरहनुपर्ने ? मेरो भनाई नै यही हो । 

अब तपाईलाई कुन पद दिए राजीनामा फिर्ता लिनुहुन्छ ?
मलाई केही पनि चाहिँदैन । मेरो माग भनेको पार्टी विधि विधान अनुरुप चल्नुपर्यो । विभिन्न चलखेल गरी इमान्दार कार्यकर्ताको मनोबल घटाउन भएन । मैले भनिहाले यदि म संसदमा कुनैपनि पद नपाए पनि काम गर्न सक्छु । म नयाँ साधारण सदस्यता लिएर पनि पार्टीमा बस्न सक्छु । 

तर, अहिले ठेका पट्टा गर्नेहरु, अन्य पार्टीबाट आएकाहरु, एनजीओ चलाएर बसेकाहरु र चरम गुटको खेति गर्नेहरुलाई थप हौसला दिदै पुरस्कृत गर्ने जो परम्पराको पार्टीमा विकास भएको छ यस्ले पार्टीलाई ठूलो क्षति पुर्याउने पक्का छ ।

यदि त्यसरी नै पार्टी चलाउने हो भने देशैभरका इमान्दार कार्यकर्ताहरुको मन कति दुखेको होला ? नेतृत्वले यसबारेमा सोच्ने कि नसोच्ने ? म अहिले केन्द्रीय सल्लाहकारको रुपमा काम गरिरहेको छु । हाम्रा सल्लाह सुझाव पार्टीले मान्ने कि नमान्ने कुरा यो हो । यक्ष प्रश्न यो हो । 

आफू मन्त्री बन्न पाइन भनेर प्रदेश सरकार समावेशी भएन भन्न मिल्छ ? 
हो, प्रदेशमा उपयुक्त ढंगले महिलालाई सरकारमा प्रतिनिधित्व गराइएन । दलित समुदायबाट कसैको पनि प्रतिनिधित्व नगराउनु भनेको आपत्तिजनक हो । बहस समावेशीको गर्ने तर व्यवहार पुरानै ढर्राको हुने यो त भएन नी ।

अब के गरेको खण्डमा यहाँले राजीनामा फिर्ता लिनुहुन्छ ?
म देशभरिकै आम इमान्दार कार्यकर्ताको प्रतिनिधित्वको रुपमा राजीनामा दिने व्यक्ति हुँ । मलाई हजारौं साथीहरुले कडा कदम चालेको भन्दै धन्यवाद समेत दिएका छन् । मेरो चाहना भनेको वर्षौंदेखि पार्टीमा योगदान दिएका, देश र जनताकालागि काम गरेका स्वच्छ छवि भएका नेताहरुले पार्टीमा अवसर पाउनुपर्छ भन्ने मेरो माग हो ।

कोही ठुला नेताको नजिक भएर मात्रै अवसर पाउने, कोही गुटको खेति गरेर अवसर पाउने तर भुगोलमा दुःख गरेका नेता कार्यकर्ताहरुले अवसरै नपाउने प्रणालीको अन्त्य हुनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

फागुन ३, २०८०

नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ ।  माओवादीको विधा...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x