माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
अन्तर्राष्ट्रिय परोपकारी संस्था अक्सफ्याममा एउटा पुरानो विवादले अहिले संस्थाको विश्वव्यापी बेइज्जती गराइरहेको छ । हाइटीमा अक्सफ्यामका वरिष्ठ कर्मचारीहरूले सन् २०११ मा यौनकर्मी प्रयोग गरेको र स्थानीयहरूको यौन शोषण गरेको कुरा खुलेपछि संस्थाको विश्वसनीयतामा प्रश्न उठेको हो ।
दुःखको कुरा त, अक्सफ्यामले यो प्रकरणमा गराएको आन्तरिक अनुसन्धानलाई अहिलेसम्म दबाएर राखेको पाइयो । तर यही महीना बेलायतबाट निस्कने द टाइम्स पत्रिकाले यसको बारेमा खुलासा गरेपछि अक्सफ्यामकी उपकार्यकारी प्रमुख पेनी लरेन्सले आफू लज्जान्वित भएको भन्दै राजीनामा दिएकी छन् ।
सन् २०११ को यौनशोषण काण्डमा आन्तरिक छानबिनपछि अक्सफ्यामले चुपचाप चार पुरुष कर्मचारीलाई जागिरबाट निकाल्यो भने तीनजनालाई चाहिँ राजीनामा दिने अवसर दियो । द टाइम्स पत्रिकाको खुलासामा ती व्यक्तिहरूले भूकम्पपछिको विनाशको केही समयमा स्थानीय यौनकर्मीहरू प्रयोग गरेको खुलासा ग–यो । आन्तरिक प्रतिवेदनमा त अझ नाबालकलाई यौन शोषण गरिएको समेत उल्लेख छ ।
राजीनामाको सुविधा दिइएका रोलाँ भ्यान हावरमेइरनले अक्सफ्यामले भाडामा लिएको भव्य महलमा यौनकर्मी प्रयोग गरेको स्वीकारेको खुलासा भएको छ । उनलाई एक महीनाको सूचना दिएर राजीनामा दिन लगाइयो र उनले पछि बंगलादेशमा एक्सन अगेन्स्ट हंगर नामक संस्थामा जागिर खाए ।
यो प्रकरण किन पनि लज्जास्पद र निन्दनीय छ भने सन् २०१० मा हाइटीमा गएको भूकम्पले महाविनाश गरेलगत्तै यी घटनाक्रमहरू भएका थिए । उक्त भूकम्पमा दुई लाख २० हजार मानिस मरेका थिए भने तीन लाख घाइते भएका थिए । अनि १५ लाख मानिस घरबारविहीन भएका थिए ।
त्यसरी विनाशको चपेटामा परेका अनि भोक मेटाउनका लागि जे गर्न पनि तयार रहेका व्यक्तिहरूलाई खानेकुरा दिने प्रलोभनमा अक्सफ्यामका अधिकारीहरूले यौनशोषण गरेको पाइयो । अमानवीयताको यो दुर्दान्त उदाहरण हो ।
मानवीय कार्यमा खटिएका व्यक्तिहरूको यस्तो व्यवहारले धेरैजना स्तब्ध भएका छन् । तर कुरा नचपाइकन भन्नुपर्दा अक्सफ्यामजस्ता दातृसंस्थाहरूले तेस्रो विश्वका मुलुकसँग गर्ने व्यवहार सराहनीय हुने गरेको छैन । दातृसंस्थाहरू अधिकांश पश्चिमी मुलुककै हुन्छन् र त्यहाँ कार्यरत गोरा कर्मचारीहरूले आफूलाई गरीब मुलुकका असहाय मानिसको उद्धारक ठान्छन् । यस्तो स्थितिमा कर्मचारी पवित्र भावना भएको मानिस रहेछ भने त ठीकै हो तर दुष्ट चित्त भएको मानिसले निजी लाभका लागि सुविधा दुरुपयोग गर्ने सम्भावना पनि प्रबल रहन्छ ।
अक्सफ्याम आफैंले हाइटी जस्ता गरीब मुलुकलाई पश्चिमका परोपकारी चित्त भएका मानिसले सहयोग गर्नुपर्छ भन्ने सन्देश जतिखेर पनि प्रवाहित गरिरहेको हुन्छ । अन्य दातृसंस्थाको पनि यस्तै रवैया रहन्छ । अफ्रिका र एसियाजस्ता तेस्रो विश्वका मानिस पश्चिमी गोरा उद्धारकहरूको आशामा रहने गरेको भ्रम यी संस्थाहरूले फैलाउने गरेका छन् ।
त्यसैले मानवीय सहायता गर्ने नाममा आजकल अमानवीय क्रियाकलापहरू हुने गरेका छन् । गोरा जातिवादका घृणित नमूनाहरू आजकल धेरै देख्न पाइन्छन् । अक्सफ्यामकै कुरा गर्दा केही समयअघि उसले ‘मेकिङ फर लिभिङ’ परियोजना चलाएको थियो । उक्त परियोजनाले पश्चिमीहरूलाई ‘दिसाको पोको’ पठाएर गरीब कालाजातिका मानिसलाई तरकारी फलाउन मद्दत गर्न प्रोत्साहन गरेको थियो । धनी गोराहरूले अफ्रिकनहरूलाई यसरी दिसाको पोको पठाउनु जातिवादी अहंकारको नमूना हो भन्ने अक्सफ्यामलाई लागेन ।
दातृसंस्थाहरूको अमानवीय क्रियाकलापका बारेमा बेलायतबाट निस्कने द गार्डियन पत्रिकामा स्तम्भकार आफुआ हर्शले थुप्रै उदाहरण दिएकी छन् । संयुक्त राष्ट्रसंघको शान्तिसेनामा खटिएका सैनिकहरूले सेन्ट्रल अफ्रिकन रिपब्लिकमा किशोरीहरूलाई नग्न बनाएर कुकुरसँग यौनसम्पर्क गर्न लगाएको प्रकरणदेखि अफ्रिका, एसिया तथा क्यारिबीयनमा बूढा गोरा कर्मचारीले किशोरी तथा बालिकाहरूलाई होटेलको कोठामा लग्ने गरेको उनले उल्लेख गरेकी छन् ।
उनी भन्छिन्, ‘हाइटी जस्ता देशप्रति (पश्चिमको) अज्ञानता र पूर्वाग्रह खुल्लमखुल्ला देखिन्छ । दातृनिकायहरूले काम गर्ने तरिकाबाट उनीहरूले आफूलाई गोरा उद्धारकका रूपमा प्रस्तुत गर्ने गरेका छन् ।’
महाभूकम्पले ल्याएको विनाशबाट गुज्रिएको नेपालमा पनि अनेकथरीका दातृसंस्थाहरू सहायता गर्ने भन्दै आएका थिए । त्यस्ता संस्थाका कर्मचारीले हाइटीमा जस्तो यौन शोषण नै गरेको खबर त आएनन् (यस विषयमा अनुसन्धान भएका छैनन्) तर खानेकुराको पोकामा बाइबल हालेर बाँडेको अनि खुल्लमखुल्ला धर्मप्रचार गरेका खबरहरू चाहिँ प्रशस्तै आए । अनि भूकम्पले प्रभावित कुनाकाप्चामा पुग्नुको साटो सुगम ठाउँमा मात्रै सबै दातृसंस्था थुप्रिने समस्या पनि यहाँ देखियो ।
अक्सफ्याम जस्ता संस्थाहरूले कथित तेस्रो विश्वका मानिसहरू भोका अनि सहायताको खोजीमा रहेका सन्देश फैलाएर नवसाम्राज्यवादलाई पृष्ठपोषण गर्ने गरेका छन् । त्यसैले त्यस्ता संस्थाका मानिसले यस्ता निन्दनीय विचारधारालाई एक कदम अघि बढाएर विपतमा परेका महिलालाई उद्धार गर्ने नाममा उनीहरूको शोषण गर्न पुगेका हुन् । त्यसैले यस प्रकरणलाई दातृसंस्थाहरूको (अझ यसलाई दातृउद्योग पो भन्ने हो कि ?) दुर्लभ भुल भन्दा पनि नवसाम्राज्यवादी अहंकारको निरन्तरता भन्नु उचित हुन्छ जस्तो लाग्छ ।
यति भन्दाभन्दै अक्सफ्यामको कामलाई यो प्रकरणका आधारमा अवमूल्यन गर्न भने मिल्दैन । अक्सफ्यामले आवधिक रूपमा असमानताका कारणहरूलाई खोतल्दै सीमित पूँजीपतिहरूको हातमा अकूत सम्पत्ति रहेको प्रतिवेदन सार्वजनिक गर्ने गरेको छ । सन् २०१८ को जनवरीमा संसारका सम्भ्रान्त व्यापारी तथा राजनीतिक नेताहरू स्विट्जरल्यान्डको दाभोसमा विश्व आर्थिक मञ्च सम्मेलनमा भेला हुनुभन्दा ठीक अघि अक्सफ्यामले एक प्रतिवेदन प्रकाशित गरेर विश्वव्यापी असमानताको कडा आलोचना गरेको थियो । अनि उसले यो असमानताका लागि जिम्मेवार नवउदारवादी अर्थतन्त्र तथा सरकारहरूमा सम्भ्रान्त व्यापारीको अस्वीकार्य प्रभावलाई दुत्कानुपर्ने सिफारिश समेत गरेको थियो ।
अक्सफ्यामले असमानताको दोषी पूँजीवाद नै हो भनेर औंल्याएपछि विकृत पूँजीवादी तथा नवउदारवादी शक्तिहरू उससँग चिढिएका थिए । अक्सफ्यामलाई आर्थिक सहायता गरिरहेका त्यस्ता नवउदारवादी सरकार तथा व्यापारिक प्रतिष्ठानहरूले उसलाई सहायता रोक्ने धम्की समेत दिएका थिए । अनि अन्यले अक्सफ्याम राजनीतिक रंगमा रंगिँदै गएको र दातृसंस्थाको मर्मविपरीत हुँदै गएकाले उसको सहायता रोकिनुपर्ने समेत टिप्पणी गरे ।
तर अक्सफ्यामले आफ्नो आधिकारिक ट्विटर ह्यान्डलबाट यस्तो प्रतिक्रिया दियो, ‘अहिले प्रचलनमा रहेको उग्रपूँजीवादले शीर्ष तहका मानिसलाई मात्र फाइदा पु–याउँछ । त्यसैले हामीहरू सरकारहरूलाई अर्थतन्त्र व्यवस्थापन गर्न आह्वान गर्छौं जसबाट केही भाग्यमानी मात्र नभई सबैले लाभ उठाउन सकून् ।’
हुन पनि सन् २०१७ मा विश्वको ८२ प्रतिशत सम्पत्तिमा एक प्रतिशत महाधनीहरूको कब्जा रह्यो अनि संसारका महागरीब ५० प्रतिशतको सम्पत्तिमा एक रुपैयाँ पनि वृद्धि भएन । यस्तो अन्यायी अवस्थामा अक्सफ्याम जस्ता प्रभावशाली संस्थाहरूले आवाज उठाउँदा त्यसको थोरबहुत असर पर्छ नै । तर बेलायत सरकारबाट फन्डिङ पाउने अक्सफ्यामले बेलायतको नवउदारवादी सरकार लगायतलाई आलोचना गर्दा त्यसको कठोर प्रतिक्रिया आउनु स्वाभाविक हो । हुन पनि हाइटी यौन प्रकरण सार्वजनिक भएपछि बेलायती सरकारले अक्सफ्यामको फन्डिङ काटिदिने धम्की दिएको छ ।
त्यसैले पनि अक्सफ्यामले आगामी कदमहरू विचारपूर्वक चाल्नु जरूरी छ । संसारमा जरो गाडेको पूँजीवादलाई आलोचना गर्न सक्ने क्षमता भएको संस्थाले बदनामी हुने कुनै पनि क्रियाकलाप गर्नुहुँदैन । अक्सफ्यामले यस विषयमा व्यापक तथा पारदर्शी अनुसन्धान गर्ने प्रतिबद्धता जनाएको छ । मुख्य कुरा त अक्सफ्याम जस्ता संस्थाले दातृउद्योग मानसिकतालाई पनि तत्कालै त्यागेर तेस्रो विश्वका मुलुक तथा त्यहाँका जनतालाई सम्मान गर्नुपर्छ ।
एजेन्सीहरूको सहयोगमा
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...