×

NMB BANK
NIC ASIA

ओली सरकारलाई उपेन्द्रको ‘साथ’, राजपा पनि आन्तरिक छलफलमा

फागुन १०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, १० फागुन– संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । 

उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ । सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन । 

सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार भएको दुई पक्षीय छलफल निकै सकारात्मक भएपनि संविधान संशोधनको विषय राजनीतिक निर्णयकै रुपमा अगाडि आए अझ विश्वासको वातावरण बन्ने फोरमको बुझाइ छ । 

सरकारमा सहभागी हुनेबारे पछिल्लो चरणमा शृंखलाबद्ध छलफल भएको र ती छलफल सकारात्मकढंगले अघि बढेको समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राससलाई बताए । 

संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीको आधिकारिक धारणा सार्वजनिक भए सरकारमा आफूहरू पनि सामेल हुने उनको भनाइ छ । “सरकारमा सहभागिताबारे हिजोदेखि प्रारम्भिक छलफल शुरु भएको छ । हाम्रो मुख्य मुद्दा संविधान संशोधन नै हो यसमा राजनीतिक निर्णय र समझदारी भई कार्यान्वयन गर्ने अवस्था देखिए सरकारलाई सहयोग गर्छौं,”– अध्यक्ष यादवले भने । 

विगतमा भएका समझदारी कार्यान्वयन नहुने अवस्था रहने हो भने बेइमानीपूर्ण हुने र त्यस्तो सम्झौताको औचित्य नहुने समाजवादी फोरमको धारणा छ । 

संविधान संशोधनबारे राजनीतिक समझदारी भएको खण्डमा तपाईहरु सरकारमा जान सहमत हुनुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष यादवले आफूहरूले उठाएका मुद्दामा इमान्दारी भए सरकारमा जाने नत्र बाहिर बसेर पनि सरकारलाई समर्थन गर्ने उल्लेख गरे । 

Muktinath Bank


उनले भने, “विगतमा सत्तामा जानका लागि फोस्रो सहमति गरेर सत्ताको भ¥याङ बनेका थुप्रै उदाहरण छन् तर अबको सम्झौतामा इमान्दारी हुन जरुरी छ सरकारको अंशियार नभए पनि बाहिरबाट सरकारलाई सहयोग गर्नसक्छौँ सहभागिताका लागि संशोधनका मुद्दामा स्पष्ट हुनुपर्छ ।” 

समाजवादी फोरमले संविधान जारी भएदेखिनै केही मुद्दामा असन्तुष्टि व्यक्त गर्दै आएको छ । उक्त दलले संविधान संशोधनअन्तर्गत, प्रदेश संरचना, नागरिकताका सवालमा मधेशी जनताको भावना सम्बोधन हुनुपर्ने अडान लिएको छ । 

राजपा पनि सकारात्मक 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वाम गठबन्धनका तर्फबाट एक साताअघि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले सरकारमा मधेश केन्द्रित राजनीतिक दललाई सहभागिता गराउनेबारे विभिन्न पहल गरिरहेका छन् । कतिपय अनौपचारिक तवरबाट भएका छलफलमा समाजवादी फोरम मात्र हैन राष्ट्रिय जनता पार्टी (राजपा) का शीर्ष नेतासँग पनि छलफल भएको बताइएको छ । 

राजपाका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे अनौपचारिक छलफल भइरहेको बताए । “सरकारमा जाने नजाने सम्बन्धमा छलफल चलिरहेका छन् हाम्रो कुरा स्पष्ट छ –संविधान संशोधन हुनुपर्यो त्यसमा पछिल्लोपटक एमालेले लचकता देखाएको हुनाले हामी पनि सकारात्मक नै छाैं,'' उनले भने । 


Advertisment
Nabil box
Kumari

यता सत्ता नेतृत्वकर्ता दल नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य विष्णु रिमालले गठबन्धन सरकार विकास–निर्माण र समृद्धिको दिशामा अघि बढ्ने भएकाले यो प्रक्रियामा आउन चाहने सबै राजनीतिक दललाई सरकारमा सामेल गर्न ढोका खुल्ला रहेको बताए । 

Vianet communication
Laxmi Bank


निर्वाचनताका एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले संयुक्त घोषणापत्र जारी गरेको र त्यसलाई पाँच वर्षभित्र कार्यान्वयन गर्नुपर्ने अवस्था भएकाले उक्त घोषणपत्रमा सहमत भई देश विकासमा लाग्ने शक्तिलाई सँगै लैजाने चाहना आफूहरुको भएको उल्लेख गरे । 

उनले भने “पहिला संक्रमणकालमा सम्झौता बाध्यता हुन्थ्यो अहिले पाँच वर्षका लागि जनमत पाएको छ त्यसैले सरकार सञ्चालनमा कुनै समस्या भएन भरसक सबैलाई आउनुस् भनेर आह्वान गरिएकै छ ।” 

– सिबी अधिकारी / रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x